पत्रकार देवानलाई आक्रमण गर्ने एक जना पक्राउ

 न्यूज विराट
पत्रकार देवानलाई आक्रमण गर्ने एक जना पक्राउ

विराटनगर । पत्रकार प्रेम देवानमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने मोरङ धनपालथान गाउँपालिका ६ का ३७ वर्षीय रमेश राय रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । राय आक्रमण गर्ने मुख्य व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शुक्रबार दिउँसो मोरङको धनपालथानबाट पक्राउ हो ।

बिहीबार दिउँसो समाचर संकलन गर्न गएका देवानलाई विराटनगर महानगरपालिकामा बाहिर आक्रमण गरेका थिए । विराटनगर–७, सातघुम्तीमा बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकारको भूमिका कमजोर भएको भन्दै पीडित पक्षले गरेको आन्दोलनमा समाचार सङ्कलनका लागि उनी विराटनगर महानगरपालिका पुगेका थिए । आन्दोलन गर्दै आएका समूह मध्ये रायले पत्रकार देवानलाई आक्रमण गरेका थिए । आक्रमणबाट उनको बाँया हातमा चोटपटक लागेको छ ।

देवानले मोरङ प्रहरीमा अभद्र्र व्यवहारको मुद्दामा रायसहित दुई जना विरुद्ध उजुरी दिएका छन् । उजुरी परेको मध्ये राय पक्राउ परेका छन् । अर्का ए कजना पक्राउ पर्न बाँकी रहेको छ । उनको पनि खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई अभद्र्र व्यवहारको मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने मोरङ प्रहरीका प्रवक्ता डिएसी दहालले बताए । रायलाई प्रहरीले आइतबार म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ ।

सम्बन्धित समाचार

तराईमा होली आज, हराउँदैछ मौलिकता

तराई क्षेत्रमा फागु पर्व अर्थात् होली आज हर्षोल्लासका साथ मनाइँदैछ । आइतबार देशका पहाडी क्षेत्रहरूमा फागु पूर्णिमा मनाइएको थियो । आज तराईका जिल्लाहरूमा मनाइँदै छ । पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने...

धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेसका मण्डल निर्वाचित

धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेसका बालेश्वर मण्डल निर्वाचित भएका छन् । एमालेका योगकुमार यादवलाई पराजित गर्दै कांग्रेसका बालेश्वर मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित कांग्रेका बालेश्वरले ४ हजार ७१८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका यादवले...

स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासँगको सम्बन्धलाई बलियो बनाउनु पर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकांबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरुले जनतासंगको सम्बन्धलाई वलियो बनाउने पर्ने बताउनु भयो । नेपाल डेमोक्रेटिक लयर्स एशोसियशन मोरङद्वरा आज यहाँ आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानूनी तथा वित्तिय सुशनासन सम्वन्धी अन्तरक्रिया...

टी–१० क्रिकेट प्रतियोगिता सुरु, पहिलो खेलमा विराटनगर प्यान्थर्सको विजयी सुरूवात

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर प्यान्थर्स क्रिकेट क्लब विजयी भएको छ । विराटनगर महानगरपालिका–६ को आयोजनामा सोमबारदेखि विराटनगरमा सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको वाइआरसीसी क्रिकेट क्लबलाई ६ रनले...

बढी मूल्यमा नुन बेच्दा २ लाख जरिमाना

काठमाडौं, १२ वैशाख-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई २ लाख रुपैयाँ जरिमाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा...

विराटनगरमा ७ सहित प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

विराटनगर, १७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । १८८ जनाको पीसीआर परीक्षण गर्दा १२ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण भएको सामाजिक...

जेटियुसीसीको सुनसरी – मोरङका औद्योगिक करिडोरमा निरीक्षण : अधिकांश प्रतिष्ठानमा कार्यान्वयन भएन न्यूनतम पारिश्रमिक

विराटनगर । सुनसरी – मोरङका औद्योगिक करिडोर भित्र रहेका उद्योग प्रतिष्ठानहरूले सरकारले तोकेको न्युनतम पारिश्रमिक र श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष लागू नगरिएको पाइएको छ ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) सुनसरी – मोरङका...

विराटनगर महानगरको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सुरु

विराटनगर, २७ असार । विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ । शनिबार सम्पन्न १० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो । नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्