महानगरले आगलागीमा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने, मृतक परिवारलाई जनही १ लाख

 न्यूज विराट
महानगरले आगलागीमा ज्यान गुमाएका परिवारलाई राहत उपलब्ध गराउने, मृतक परिवारलाई जनही १ लाख

विराटनगर । विराटनगर–७ सातघुम्तीस्थित कवाडी पसलमा आगलागी हुँदा ज्यान गुमाएका पीडित परिवार र घाइतेलाई विराटनगर महानगरपालिकाले राहत उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट खर्च हुनेगरी ज्यान गुमाएका परिवारलाई जनही एक–एक लाख रुपैयाँ राहत उपलब्ध गराउने महानगरका मेयर नागेश कोइरालाले जानकारी दिनुभयो । त्यसैगरी महानगरले घाइतेको उपचारका लागि जनही ५०–५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ ।

विराटनगर–७ सातघुम्तीस्थित दुखा मण्डलले सञ्चालन गरेको कवाडी पसलमा बुधबार दिउँसो आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको थियो । सुशीलाको घटनास्थलमै मृत्यु भएको थियो भने मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । घटनामा घाइते भएका विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान, ६० वर्षीया रीता सरदार, ६५ वर्षीया सुनिता कामत र कटहरी–६ की ३० वर्षीया पिंकी कामतलाई थप उपचारका लागि नेपाली सेनाको जहाजबाट बुधबार साँझ काठमाडौं लगिएकोमा सुनिता कामतको उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौंबाट सुनिताको शव ल्याउने व्यवस्थापन महानगरले मिलाएको छ । काठमाडौं लानका लागि आवश्यक अक्सिजनको व्यवस्थापन पनि महानगरले मिलाएको मेयर कोइरालाले बताउनुभयो । घटनास्थलमा समयमै दमकल पुगेको उहाँले दाबी गर्नुभयो । यसैबीच, महानगरले कवाडी व्यवसाय र गोदामसहित संवेदनशील व्यवसायलाई व्यवस्थित गर्ने भएको छ । “भविष्यमा यस्ता विपद नआओस् भनेर महानगरपालिका गम्भीर छ । त्यसका लागि महानगरपालिकाले निश्चित स्थान तोकेर मात्रै कवाडी, गोदामलगायत अन्य संवेदनशील व्यवसाय सञ्चालन गर्न अनुमति दिनेछ,” महानगरका मेयर नागेश कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “यसअघि पनि कवाडी व्यवसाय व्यवस्थापनका लागि महानगरले पटक–पटक सरोकारवालासँग छलफल गरेर सुरक्षा मापदण्ड पूरा गर्न अनुरोध गरेको स्मरण गराउन चाहन्छु ।” आगामी दिनमा यस प्रकारका संवेदनशील व्यवसायजन्य सुरक्षाको मापदण्डलाई कडाइका साथ अनिवार्य लागू गरिने कोइरालाले बताउनुभयो ।

सम्बन्धित समाचार

एकैदिन ८८४८ जना भए कोरोना संक्रमणमुक्त

काठमाडौं, ८ जेठ । नेपालमा एकै दिन ८ हजार ८४८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै निको हुनेको संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । आज २०...

कुखुरा फर्म संचालकको हत्या आरोपमा दम्पत्ती धरानबाट पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैंचा – ९ का ४९ वर्षीय सहदेव बजगाइँको हत्या आरोपमा प्रहरीले दुई जना काम गर्ने कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ४ हाटखोला घर भई बजगाइँकै कुखुरा फर्ममा काम...

कोरोना नियन्त्रणका काममा भ्रष्टाचार भएको कांग्रेस सांसदको आरोप

विराटनगर, जेठ १८–प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानबिनको माग गरेको छ । आज प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका तर्फबाट संसदको विशेष सममा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना...

विराट महेन्द्र रात्री माविमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर, २८ माघ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराट महेन्द्र रात्रि माविमा स्वच्छता सम्वन्धी सचेतनामुलकम कार्यक्रम आयोजना गरेको छ । शनिहाटस्थित विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि क्लबले सरसफाई सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।...

कोबासमा नयाँ भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगर –१० निलसदनस्थित कोबास कलेजले नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको...

संस्कृति संरक्षणमा तेली समाजको जोड

विराटनगर । जातिय पहिचान र संस्कृतिको संरक्षण गर्न संगठित हुनुपर्ने एक कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । तेली कल्याण समाज नेपाल विराटनगर १२ ले आउँदै गरेको दशै, तिहार, छठ पर्वलाई लक्षित गरेर शनिबार शुभकामना तथा...

पीसीआर परिक्षणपछि सेनिटाइज गरेर आरती स्ट्रिप्स सञ्चालनमा

विराटनगर, ६ भदौ–मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । भारतीय मजदुरका कारण कोरोना संक्रमण फैलिएपछि बन्द भएको सो उद्योग शनिबारबाट पुनः सञ्चालनमा आएको हो । उद्योगमा कार्यरत ६०० बढि मजदुर...

साफ महिला च्याम्पियनसिपमा भारतको सानदार जित

विराटनगर । साफ महिला च्याम्पियनसिपमा भारतले उत्कृष्ट जित निकालेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट सुरू भएको प्रतियोगिताको उद्‌घाटन समूह ‘ए’ को खेलमा ५–२ गोलले हराउँदै भारतले सानदार जित हात पारेको हो । खेलमा भारतले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्