हात्तीले पूर्वी तराईमा लिँदैछ ज्यान, १३ दिनमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु

 न्यूज विराट
हात्तीले पूर्वी तराईमा लिँदैछ ज्यान, १३ दिनमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको चुरे फेदीमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १३ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधरणको मृत्यु भइसकेको छ ।

गत मंसिर ५ गते हात्तीले आक्रमण गर्दा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भयो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्लमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

यस्तै मंसिर १३ गते राती सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट इटहरी–२ का रविन खड्काको मृत्यु भयो । चारकोशे झाडीबाट वस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई मारेको हो । प्रहरीका अनुसार इटहरीको १९, २०, २ र ३ नम्बर वडामा हरेक रात हात्तीको बथानले भौतिक क्षति पनि गर्दै आएको छ ।

मंसिर १५ गते फेरि झापाको हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो । जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो ।

मंसिर १८ अर्थात् सोमबार बिहान मात्रै मोरङको बेलबारीमा एक जनालाई हात्तीले मारेको छ । लेटाङ ३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१० भाउन्नेमा जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समययता जंगली हात्ती हुलका हुल पसिरहेका छन् । लस्करै हिंड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ । सर्वसाधरणको ज्यान लिइरहेको छ । घर भत्काइ रहेको छ । बालीनाली सखाप पारेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डिएसपी रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूह २०–२१ वटाको छ । दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् ।

भारतहुँदै झापाको बाहुनडाँगीबाट प्रवेश गरेर हुम्सेदुम्से, शान्तिनगर, बुधबारे हुँदै मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ, बेलबारी, कानेपोखरी, केराबारी, पथरी क्षेत्रका जङ्गल क्षेत्रमा हात्तीहरु आउने गरेका छन् । ‘प्रत्येक वर्ष हात्तीहरु आउँछन् । गत वर्ष पनि हात्तीको आक्रमणबाट बेलबारी क्षेत्रमा दुई जना सर्वसाधरण मारिएका थिए,’ दाहालले भने ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मंगलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालन छ ।

साउनदेखि अहिलेसम्म जंगली हात्तीले मिक्लाजुङमा मात्रै ११ जनाको घर भत्काएर पाँच सय बिघा भन्दा बढी क्षेत्रफलको धानवाली नष्ट गरेको सो गाउँपालिकाको तथ्यांक छ । पालिकाले तीन महिनामा स्थानीयलाई ८ लाख बराबरको क्षतिपूर्ति तिरिसकेको छ ।

मिक्लाजुङ ६ को कसेनी, खामेझोडा, कतले र बेतनी, वडा ७ को मावाडाँगी र वडा ८ को मावा तोरीबारीका स्थानीयका लागि तीन महिनायता हरेक रात जंगली हात्ती लखेट्नु दैनिकी बनेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका वार्डेन रमेशकुमार यादवका अनुसार हात्ती वर्षेनी दुईवटा मौसम ९कात्तिक–मंसिर र जेठ–असार०मा आउँछ । हात्तीबाट मानिसको मृत्यु हुनुमा मावनीय कमजोरी नै प्रमुख रहेको उनको भनाइ छ । ‘मानिसको मृत्यु हुनुको मुख्य कारण नै हाम्रो लापरबाही हो । हामी जानीजानी हात्तीलाई आक्रमण गर्न जान्छौं,’ उनले भने, ‘अनि नजिक आएपछि सेल्फी हान्न जान्छौं । अनि हात्तीलाई ढुंगा मुढा गर्छौं । त्यसो हुँदा हात्ती रिसाएर आक्रमण गर्छ । हात्तीलाई लखेट्नु हुँदैन ।’

हात्तीले जनधनको क्षति गरेको अवस्थामा राज्यले क्षतिपूर्ति दिने उनी बताउँछन् । गत वर्ष सुनसरीमा हात्ती पनि मारिएको थियो । भारतबाट आएका यि हात्तीहरु उदयपुरसम्म पुग्ने गरेका छन् । ‘हात्तीको लागि अहिलेको सिजनमा घाँस हुँदैन । त्यसपछि मान्छेले लगाएको उखुबारी र केराबारी खान जान्छ,’ यादवले भने, ‘यिनीहरु माघसम्म यतै बस्न सक्छन् । त्यसबेलासम्म हामीले होसियारी अपनाउनु पर्छ ।’

अहिले झापा, मोरङ र सुनसरीमा विभिन्न समूहमा हात्ती छन् । पूर्वी नेपालमा ५० भन्दा बढीका तीनवटासम्म समूहमा हात्ती रहेको उनको अनुमान छ । यद्यपि यसको प्रमाणिक विवरण छैन । सुनसरीको कोशी खण्डमा मात्रै ५ वटा हात्ती निरन्तर हिंडिरहेको छ । सुनसरी तालतलैयाको ग्रुप अर्को हो ।

सम्बन्धित समाचार

सर्वोच्च अगाडि प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा बार एसोसिएसनले आन्दोलन जारी राख्दा उनका समर्थकहरुले पनि प्रदर्शन गरेका छन् । सर्वोच्च परिसरमा प्रधानन्यायाधीस पक्षधरले प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ । बारको आन्दोलनका कारण न्यायमा अवरोध भएको भन्दै...

काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना

विराटनगर । काठमाण्डौं विश्व विद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना भएको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगर १४ स्थित एस्पायर कलेज परिसर भित्र स्थापना गरिएको हो । सम्र्पक कार्यालयको उद्घाटन...

बन्दाबन्दीमै जहदामा ३२ सुकुम्बासीको घर निर्माण सुरु, जसको घर उसैलाई रोजगारी

विराटनगर, बैशाख २९–बन्दाबन्दीकै बिच मोरङको जहदा गाउँपालिका–१ स्थित धुनीमा अति विपन्न सुकुम्बासी परिवारका लागि घर निर्माण प्रकृया सुरु भएको छ । पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको पहलमा स्थानीय ३२ विपन्न...

बालकसहित थप २ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १८ पुग्यो

काठमाडौं, ३१ जेठ-नेपालमा थप दुई जनाको कोरोना भाइरस संक्रमणका मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा १ बालकसहित २ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । पर्साको...

बेलायतले नेपाललाई २० लाख डोज कोरोना खोप पठाउदै

काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...

कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कारबाट बुढाथोकी पुरस्कृत

विराटनगर, फागुन १८–कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिएकोे छ । प्रेस संगठन नेपाल, मोरङले आयोजना गरेको सपथ ग्रहण एवं पुरस्कार वितरण कार्यक्रममा आज पत्रकार बुढाथोकीलाई पुरस्कार प्रदान गरिएको हो । अन्नपूर्ण...

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

विराटनगर, ९ मंसिर–सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने दावी गरेका छन् । विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीहरुसँग कुुरागर्दै उनले नेपाली जनताले पाँचवर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो...

शान्ति सुरक्षामा कटिबद्ध : प्रजिअ यादव

विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले शान्ति सुरक्षा कायम गर्दै विकास निमार्णमा सहजिकरण गरेर अगाडी बढने बताएका छन् । मोरङ सरुवा भएर आएपछि बिहीबार संचारकर्मीहरू परिचयत्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यादवले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्