सुनवर्षी महराजथान आस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल
सोमबार, १८ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । मोरङ क्षेत्र नम्बर २ का संघीय सांसद ऋषिकेश पोखरेलले सुनवर्षी महाराजथान अस्थाको धरोहर भएकाले यसको चौतर्फी विकासमा लागि पर्ने बताएका छन् । रतुवामाई–५ स्थित सुनवर्षी महाराजथान पोखरी परिसरमा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान माहायज्ञको उद्घाटन कार्यक्रममा बोल्दै सांसद पोखरेलले यस्तो बताएका हुन् ।
उनले कोशी नदी पूर्वका विभिन्न २१ जातीहरुको आस्था र धरोहरको केन्द्र सुनवर्षी महाराजथान भएकाले आफ्नै पहलमा सो स्थानमा जातीय संग्रालय निर्माण कार्य सुरु गरिएको बताए ।
सांसद पोखरेलले सुनवर्षी थान सांस्कृतीक, धार्मिक तथा पर्यटकीय केन्द्र रहेकाले सोही बमोजिम आफ्नै अग्रसरतामा पर्यटकीय क्षेत्रमा रुपमा पर्यटन बोर्डमा दर्ता भएको बताए । ‘यहाँ २१ भन्दा बढी जातजातीको बसोबास छ । जसको आगनमा थान हुन्छ, विभिन्न गाउँको थान–थान मिलेर ग्रामथान र ग्रामथान–ग्रामथान मिलेर यो सुनवर्षी महाराजथान बनेको हो । यहाँको धार्मिक ऐतिहाँसिकता निकै पुरानो छ ।’ उनले भने,‘यसको विद्वानहरुबाट सम्पूर्ण अध्ययन गराएर पर्यटन बोर्डमा दर्ता गराएका छौँ ।’
प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति समेत रहेको पोखरेलले आफु संविधानसभा सदस्य रहँदा सो स्थानमा विभिन्न जातीको जातीय संग्रालय स्थापना गर्ने कामको सुरुवात गरिएपनि बिचमा सो काम त्यसै अड्कीएकाले अब पुनः त्यसका लागि पहल पर्ने बताए । उनले स्थानीयतहलाई सो स्थान कस्तो बनाउने भनेर डिपिआर तयार गर्न आग्रह गर्दै सुनवर्षी महाराजथानलाई राष्ट्रियस्तरमै स्थापित गराउने काममा आफु लागि पर्ने बताए ।
कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयले सुनवर्षी महाराजथानलाई रंगेलीको संसारीमाइस्थान जस्तै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरि रोजगारी अवस्थासमेत सृजना गर्न सकिने बताए । उनले त्यसका लागि सुनवर्षी र रतुवामाई नगरपालिका लागि पर्नुपर्ने बताए ।
सो अवसरमा सुनवर्षी नगरपालिकाका मेयर श्याम राजवंशीले सुनवर्षी महाराजथान भौगोलिक हिसाबले रतुवामाई नगरपालिकामा परेपनि यसको विकास र प्रवद्र्धनमा आफु लागि पर्ने बताए ।
कार्यक्रममा रतुवामाई नगरपालिकाका मेयर नागेश्वर प्रसाद सिंह गन्गाईले रतुवामाई नगरपालिका अगाडीको दायीत्वबाट मुक्त हुने क्रममा रहेको बताउँदै अब सुनवर्षी महाराजथानमा लगानी गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा सुनवर्षी नगरपालिका–३ का वडाध्यक्ष एवम् सुनवर्षी महाराजथान संरक्षण समितिका अध्यक्ष अतनकुमार बुढाथोकीले विगतमा लथालिङ्ग अवस्थामा रहेपनि सांसद पोखरेलकै पहलकदमीमा सो स्थानमा केही संरचना र घेराबार गरि संरक्षण गरिएको बताए । उनले सुनवर्षी र रतुवामाई दुवै नगरपालिकाको विशेष ध्यान सुनवर्षी महाराजथानमा पुग्नुपर्ने बताए ।
कार्यक्रममा श्रीमद् भागवत सप्ताह ज्ञान माहायज्ञ आयोजक बाला चतुदर्शी व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर बरालले सात दिनसम्म चल्ने पुराण शिवालय मन्दिर निर्माणका लागि आयोजना गरिएको जानकारी दिए ।
उद्घाटन कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, सुनवर्षी नगरपालिकार्की उपमेयर मिरादेवी दास, रतुवामाई र सुनवर्षी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन अघि कलशयात्रा निकालिएको थियो । आजबाट सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान माहायज्ञ सात दिनसम्म चल्नेछ ।
विराटनगर । नेकपा माओवादी केन्द्र कानेपोखरीको अध्यक्षमा दुर्गाबहादुर कार्की सर्वसम्मत चयन भएका छन् । गत वर्ष सम्पन्न गाउँ सम्मेलनबाट निर्वाचित मनोजकुमार राजवंशी स्थानीय निर्वाचन पछि वैदेशिक रोजगारीमा गएपछि उक्त पद खाली थियो । गाउँपालिकाको शनिबार...
विराटनगर, साउन ९–प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष...
संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध सभामुख अग्नि सापकाेटाले दिएकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलासले संवैधानिक आयोगको नियुक्तिबारे परेको मुद्दामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयसहित विपक्षीका...
बुटवल, २९ वैशाख-परीक्षणको दायरा बढाएसँगै प्रदेश ५ मा काेराेना संक्रमितको संख्या थपिँदै गएका छन् । ७ वटा प्रदेशमा १ सय ३४ संक्रमित मध्ये प्रदेश-५ मा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो...
सरकारले एक दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरिदिएकाे छ । विश्वभर फैलिएकाे काेविड-१९ काे प्रकाेप नेपालमा फैलिन नदिन भन्दै सरकारले पूर्वसन्ध्यामा एसईई स्थगित गर्नुपरेकाे बताएकाे छ । तर, सराेकारवालाले भने सरकारकाे यस्ताे निर्णयप्रति असन्तुष्टि जनाएका छन्...
विराटनगर, १८ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण भएको छ । ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको सामाजिक विकास...
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् । शुक्रबार कोसी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोसी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री...
विराटनगर, १ भदौ । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि दोस्रो चरणमा पनि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथ क्लबले...