विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व विभागको छापा, भन्सार छली गरेको आशंका

 न्यूज विराट
विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व विभागको छापा, भन्सार छली गरेको आशंका

विराटनगर । विराटनगर ११ जनपथटोलमा रहेको कपडाको हलसेल पसल गर्ने स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजस्व अनुसधान विभागको टोलीले छापा मारेको छ । आइतबार विभागको टोलीले छापा मानेर सप्लायर्सको कागजपत्र बरामद गरेको छ । विभागले भन्सारबाट आयात भएको परिमाणअनुसार मालवस्तुको गणना सुरु गरेको छ । टोलीले आयत र विक्री वितरण गरेको बिलबिजक बरामद गरि अनुसन्धान सुरु गरेको छ । विभागको टोलीले एकवर्ष अवधिमा यो सप्लायर्समा छापा मारेको दोस्रो पटक हो ।
यसअघि स्थानीय प्रशासन र आन्तरिक रजश्व कार्यालयले पनि छापा मारेर स्टक परिमाणको अध्ययन गरेको थियो । यसअघि गरिएको छापामा आन्तरिक राजश्व कार्यालय र विभागको टोली रित्तो हात फर्केको सप्लायर्सका संचालक सञ्जीव भगतको दाबी छ ।
सुती र पप्लिन कपडाको कारोबार गर्ने यो सप्लायर्समा हाल १४ करोडको सुती र पप्लिन कपडा स्टक रहेको भगतले बताए । सबै सामान भन्सार तिरेर आयात गरिएको उनको दाबी छ ।
भन्सार छलेर आयात गरिएका सामान स्टक हुने गरेको सूचनाका आधारमा विभागको टोली आफैं आएर आयात परिमाण, खरिद–विक्री खाता र स्टक परिमाणको अनुसन्धानसँगै कागजातका आधारमा स्टक गणना गरेको राजश्व विभाग स्रोतले बतायो । अहिले राजस्व अनुसन्धान विभागबाट आएको टोली आएर अनुसन्धान सुरु गरेको राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यले बताए । विभागबाट आएको टोलीले शुक्रबार पनि विराटनगरको भन्सार एजेन्टका सहयोगीले संचालन गरेको फर्ममा छापा मारेको छ । भन्सार छली गरि चोरी तस्करी मार्फत कपडा ल्याएको सूचनाको आधारमा विभागले छापा मारेर अनुसन्धान गरेको बुझिएको छ ।
राजस्व अनुस्न्धान विभागका तीन सदस्य टोली अहिले कोशी प्रदेशमा आइपुगेको छ । अनुसन्धान अधिकृतसहितको टोली भन्सार छली गरेको प्रयाप्त सूचनाको आधारमा अहिले मोरङ र सुनसरीको विभिन्न फर्महरुमा छापा मार्दै कागजपत्र जफत गरी अनुसन्धान गर्दै आएको हो ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट पञ्जाब प्रहरीका एसीपीको निधन

एजन्सी, बैशाख ७-कोरोना भाइरसका कारण भारतको पञ्जाब प्रहरीका एसीपीप अनिल कोहलीको मृत्यु भएको छ । लुधियानाका एसीपी कोहलीको अपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई लुधियानानको एससीएस अस्पतालमा प्लाज्मा थेरापी गर्नु पर्ने थियो...

कोरोना बीमा मापदण्ड संशोधन गर्न कार्यदल गठन

काठमाडौं, २१ भदौ-बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ का केही विषय सच्याउन बीमा समितिले कार्यदल बनाएको छ । समितिले अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक संघ, सरोकारवाला निकायअन्तर्गतका उद्योग वाणिज्य महासंघका पदाधिकारीसहित संयुक्त रूपमा...

लकडाउनलाई कडाइ गर्न सीमामा ६ हजार सशस्त्र प्रहरी, नयाँ सीम लिने २० हजारको खोजी हुँदै

काठमाडौं, १ वैशाख-सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा...

एनपीसी बैठक सुरु, चीनले आर्थिक वृद्धिको लक्ष्य नतोक्ने

एजेन्सी, जेठ ९-चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य नतोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको वार्षिक संसदीय बैठक नेशनल पिपुल्स कंग्रेसमा करिब ३ हजार प्रतिनिधि सामेल रहेका छन् । एनपीसीको बैठकले बजेट स्वीकृत गर्छ भने...

घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा धर्नामा

कास्की, १५ वैशाख-पोखरा महानगरपालिका–९, बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्बासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर...

महिलालाई आत्मनिर्भर बनाउन विराटनगरमा ब्यूटिसियन तालिम सुरू

विराटनगर । विराटनगर महानगरपालिका ४ मा ४५ दिने ब्यूटिपार्लर सम्बन्धी तालिम सुरू भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोग र गंगा ब्युटी पार्लर जामुनगाछीको सहयोगमा विराटनगरमा मंगलबारबाट तालिम सुरु भएको हो । महिलाहरुलाई सिप सिकाएर...

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले दुवै कमिटी घोषणा गरेको हो । सो समूहले एमालेका पूर्वउपाध्यक्ष...

तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय दोलखाको आग्रह

काठमाडौं, ४ असार । जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी बहाव थुनिएको भन्दै सतर्क रहन सूचित गरेको छ। शुक्रबार राति विज्ञप्ति जारी गर्दै प्रशासनले नेपाल-चीन सीमा क्षेत्रमा रहेको तिग्री कन्ट्रीको रोङ्चा सहर र त्यसको आसपास भारी वर्षासँगै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्