श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित पक्राउ

 न्यूज विराट
श्रीमतीलाई ज्यान मार्ने धम्की दिएका पुरूष पेस्तोलसहित पक्राउ

विराटनगर । धनुषामा कटुवा पेस्तोसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सबैला नगरपालिका(८ ठिल्लाका ५१ वर्षीय रामइश्वर ठाकुर छन्।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार शुक्रबार साँझ ठाकुरले उनकी ५० वर्षीया श्रीमती रामकाशी देवीमाथि कुटपिट गरी पेस्तोल देखाएर ज्यान मार्ने धम्की दिएका थिए।

ठाकुरले श्रीमतीमाथि पेस्तोल तेर्स्याएर ज्यान मार्ने धम्की दिएको सूचना छिमेकीले प्रहरीलाई दिएका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई उनको घरबाट पेस्तोलसहित पक्राउ गरेको हो।
ठाकुरको शरीर तथा घर खानतलासी गर्दा ९ ईन्च लम्बाई भएको कटुवा पेस्तोल बरामद भएको डिएसपी अवाले बताए। उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

मोरङमा पनि नेपाल समूहले गठन गर्‍यो समानान्तर कमिटी

नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा शुक्रबार समानान्तर कमिटी गठन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा सो समूहले दुवै कमिटी घोषणा गरेको हो । सो समूहले एमालेका पूर्वउपाध्यक्ष...

सार्थक र आरवी भए मिस्टर एण्ड मिस लिटल कोशी

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन् । आरवीले मिस लिटल कोशी र सार्थकले मिस्टर लिटल कोशीको उपाधि जितेका हुन् । जय मिडिया...

एकैदिन ११ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, २१ पुस-मंगलबार सुनको मूल्य १ हजार १ सय रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला...

तस्करीको कपडासहित विराटनगरको उखुबारीबाट दुई जना पक्राउ

विराटनगर । तस्करीको कपडासहित इलका प्रहरी कार्यालय रानी विराटनगरले दुई जना पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १६ मुसरी बस्ती छेउ उखु बारीमा भारत बाट नेपाल तर्फ भन्सार छली गरेर ल्याएको कपडासहित दुई जनालाई प्रहरीले...

स्थानीय तहका कर्मचारी आन्दोलित

विराटनगर । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीले संघर्ष जारी राखेका छन् । सरकारले संघीय संसद्मा निजामती विधेयक दर्ता गर्ने तयारी गरिरहेका बेला स्थानीय तहका कर्मचारीले विरोध कार्यक्रम सुरु गरेका हुन्...

अनुमतिबिना सञ्चालन विराटनगरको १५ शैय्याको बिग हस्पिटल सिल

विराटनगर । विराटनगर महानगरपालिकाबाट अनुमतिबिना सञ्चालन भएको विराटनगर स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल आज सिलबन्दी गरेको हो । विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५...

यु १९ राष्ट्रिय क्रिकेटमा सूदुरपश्चिम र मधेश प्रदेशलाई सपलता

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सूदुरपश्चिम र मधेश प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा सूदुरपश्चिमले कर्णाली प्रदेशलाई...

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन सभा छलेर उपसभामुख दनुवार लागिन् काठमाण्डौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएर उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्