कोशी प्रदेशका मुख्यमन्त्री कार्की विरुद्ध विराटनगरको कार्यक्रममा किन लाग्यो मुर्दावादको नारा ?

 न्यूज विराट
कोशी प्रदेशका मुख्यमन्त्री कार्की विरुद्ध विराटनगरको कार्यक्रममा किन लाग्यो मुर्दावादको नारा ?

विराटनगर । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले बिहीबार विराटनगरमा दुध उत्पादक, संकलन र उद्योगीहरु तथा सरकारी निकाय सम्मिलित एक कार्यक्रम गर्यो । केन्द्रको कृषि विभाग, कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अधिकारीहरु सहभागी कार्यक्रममा दूधको निर्यात कसरी गर्ने र बजार व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भयो ।
छलफलका क्रममा व्यवसायीहरुले भारतबाट अझै पनि अवैध तरिकाले पाउडर दूध आउँदा स्वदेशी दूधको खपत नभएकोले दूधको लागत खर्च घटाउनु पर्नेमा जोड दिए । नेपालमा अन्तराष्ट्रिय मूल्यभन्दा महँगो भएकोले भारतबाट दूध आयात भएको उद्योगीको दाबी थियो । उनीहरुले डेरी उद्योगलाई विद्युत् महसुलमा छुट दिनुपर्ने, दानाको मूल्य नियन्त्रण गर्नुपर्ने, दुग्धजन्य वस्तु आयातमा कर लगाउनु पर्ने र यहाँ उत्पादित दूधजन्य वस्तुमा लगाएको १३ प्रतिशत कर घटाउनु पर्ने विषय उठाएका छन् ।

विराटनगरको कञ्जनगञ्जामा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की प्रमुख अतिथि थिए । कृषि मन्त्रालयको सहयोगमा आयोजित उक्त कार्यक्रमको समय ११ः३० बजेलाई राखिएपनि मुख्यमन्त्री ढिला आएपछि करिब डेढ घण्टापछि पुगेका थिए । त्यसपछि कार्यक्रम उद्घाटन गरेर एउटा कार्यपत्र प्रस्तुत भयो । आयोजकले मुख्यमन्त्रीको कार्यव्यवस्तता रहेको बताउँदै मन्तव्यका लागि बोलाए ।
त्यसपछि ३–४ जना दुग्ध व्यवसायीले मुख्यमन्त्रीले हाम्रो कुरा सुन्नुपर्छ भन्दै हो–हल्ला गरे । मुख्यमन्त्री कार्कीले आफू व्यस्त रहेको र मुख्य समस्या के हो एक दुई जनालाई समस्या सिधै राख्न आग्रह गरे । त्यसबेला मुख्यमन्त्री कार्की आफैं पोडिएममा गएका थिए । ३ जना व्यवसायीले कुरा राखिसकेपछि मुख्यमन्त्रीले मैले कुरा बुझें भनेर रोक्न खोजेपछि होहल्ला बढ्यो । मुख्यमन्त्रीले सबैको कुरा सुन्न पाउने भन्दै नाराबाजी सुरु भयो । त्यसबीचमा मुख्यमन्त्री कार्की र गठबन्धनविरुद्ध मुर्दावादको नारासमेत लाग्यो । त्यसपछि मुख्यमन्त्री कार्यक्रमलाई सम्बोधन नै नगरी बाहिरिएका थिए ।

सम्बन्धित समाचार

पहिचान स्थापित गराउन राजवंशी समाजको विराटनगरमा वृहत भेला

विराटनगर । राजवंशी समाज उत्थान समिति (विराट)ले आफ्नो समुदायको पहिचान स्थापित गराउन विराटनगरमा वृहत विराट राजवंशी भेलाको आयोजना गर्ने भएको छ ।समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी भेलाको बारेमा जानकारी गराएको हो ।विराट राजवंशीको पहिरन,...

चार प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

देशका अधिकांश भूभागमा सोमबार सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिम...

आज थपिए १२५५ संक्रमित, थप २५ जनाको मृत्यु

काठमाडौं, १४ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

कोरोना संक्रमणबाट विराटनगरमा थप तीन जनाको मृत्यु

विराटनगर, १८ जेठ । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई र नोबेल शिक्षण अस्पतालमा एक संक्रमितको मृत्यु भएको हो । कोसी अस्पताल कोभिड–१९...

प्रहरी निरिक्षक ‘नायक’ भए सर्वोउत्कृष्ट प्रहरी

विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई पौष महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको...

मौद्रिक नीतिको लागि वाणिज्य महासंघ कोशी प्रदेशको १५ बुद्धे सुझाब

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिकाका १५ बुद्धे राय सुझावहरु दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बुधबार १५ बुद्धे सुझाब दिएका...

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा पदबाट राजीनामा

काठमाडौं, २८ जेठ-रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।कार्यकारी निर्देशक कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा दिएका हुन्...

एमाले एकजुट बनाउन अध्यक्ष ओलीको बोल्ड निर्णय : माधवसहित चार नेतामाथिको कार्वाही फुकुवा

काठमाडौं, बैशाख ३० । नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएका चारै जना नेताको कार्वाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुमोदन गर्दै नेता नेपालसहित भीम रावल,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्