विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो ’ हुने, १५ करोडको कारोबार हुने अपेक्षा

 न्यूज विराट
विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो ’ हुने, १५ करोडको कारोबार हुने अपेक्षा

विराटनगर । विगतका वर्षहरु झैं यस वर्ष पनि मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगर – २ शंकरपुरमा रहेको खाली मैदानमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ अन्तर्राष्ट्रिस्तरको कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै संघले आफ्नै नाममा एक्स्पो आयोजना गर्ने तयारी गरेको जानकारी गराएको छ । एक्स्पोमा २५० स्टल राखिने एक्स्पो संयोजक अनिल शाहले जानकारी दिए । एक्स्पोमा घरेलु साना तथा ठूला उद्योगका सामाग्रीसँगै भारत, बंगलादेश र पाकिस्तानका पनि स्टल रहने उनले बताए । एक्स्पोमा ४ लाख दर्शक आउने अपेक्षा राखिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।

तीन करोड रुपैयाँ खर्च गरेर आयोजना गरिने एक्स्पोमा १५ करोड रुपैयाँ कारोबार हुने अपेक्षा गरिएको रिजालले बताए । ‘यसअघि पनि विराटनगरमा विराट एक्स्पो लाग्दै आएको थियो । त्यसैलाई निरन्तरता दिन लागिएको हो,’ अध्यक्ष रिजालले भने, ‘यस पटक हुने एक्स्पो भव्य र सभ्य हुनेछ ।’ एक्स्पो भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष अनिल साहलाई संयोजक, संघका सचिव संजय श्रेष्ठ र कार्यकारिणी सदस्य अमित सारडालाई सह–संयोजकको जिम्मेवारी दिएको छ ।

सम्बन्धित समाचार

विराटनगर आएर डा. शेखर कोइरालाले भने–देउवा पक्ष गलत मानसिकताबाट अघि बढीरहेको छ

विराटनगर, ६ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्। सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्...

अर्किड कलेजमा विद्यार्थीको आकर्षण, नयाँ विद्यार्थीलाई अभिुमखिकरण

विराटनगर । विराटनगर– १० सनसारीमाइस्थान स्थित अर्किड कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।कक्षा ११...

प्रदेश १ सरकारको जनसुरक्षा कोषमा ११ करोड ८५ लाख जम्मा

विराटनगर, चैत्र २५–प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा मंगलबार थप २० रुपैयाँ लाख जम्मा भएको छ । अब कोषमा रकम दाखिला भएको परिमाण ११ करोड ८५ लाख ७४ हजार ५ सय ५० जम्मा भएको हो...

चट्याङ लागेर दुई र एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु

विराटनगर, असार ११–प्रदेश–१ मा आज चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । आज बिहानदेखि परेको पानी तथा चट्याङले मोरङको सुनबर्षी नगरपालिकाका एक जना र उदयपुरको त्रियुगा नगरपालिकामा १ जना गरी दुईजनाको मृत्यु भएको प्रहरीले...

क्यानाडाको राजधानीमा संकटकाल घोषणा

ओटावा । क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा...

दिगो समाधानमका लागि सन्दकपुरको पानी इलाम बजारमा

इलाम — खानेपानीको चरम अभाव रहेको इलाम बजारमा दिगो समाधानका लागि तेस्रो साना सहरी खानेपानी योजनाको काम सुरु भएको छ । सन्दकपुर गाउँपालिका क्षेत्रमा रहेका मुहानको पानी ल्याउने गरी खानेपानी योजनाको निर्माणले तीव्रता पाएको हो । एसियाली...

नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं, २७ जेठ-नेपालमा थप  ३ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबारको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना भाइरस...

नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ । आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो । नाट्टा कोशी प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्