भारत तस्करी हुन लागेको १९६ केजी गाँजा विराटनगरबाट बरामद

 न्यूज विराट
भारत तस्करी हुन लागेको १९६ केजी गाँजा विराटनगरबाट बरामद

विराटनगर । भारततर्फ तस्करी हुन लागेको ठूलो परिमाणको गाँजा इलाका प्रहरी कार्यालय रानी विराटनगरले बरामद गरेको छ । विराटनगर १८ फोरलाइन स्थितमा खेतमा राखेको परालमा बेबारिसे अवस्थामा पलाष्टिकको झोलामा प्रहरीले १९६ किलो गाँजा बरामद गरेको हो ।

बिहीबार बिहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट गाँजा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । कारोबारी भने नभेटिएको प्रहरीले बताएको छ ।

प्लाष्टिकको झोलामा पोको पारेर खेतमा परालभित्र लुकाएको अवस्थामा गाँजा बरामद भएको थियो । कारोबारीको खोजी भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दाहालले बताए । भारत लैजानका लागि खेतमा लुकाएर राखेको हुनसक्ने प्रहरीको आकलन छ ।

कोशी प्रदेशको पहाडी जिल्लामा गाँजा खेती हुन्छ । उत्पादित गाँजा कारोबारीले भरिया प्रयोग गरेर मोरङ र सुनसरीको भित्री बाटो हुँदै भारत लाने गरेका छन् । तस्करी गरेर भारत पु¥याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा मोरङको दक्षिणी नाका प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । सीमावर्ती क्षेत्र नजिक भण्डारण गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नासाथ सीमानाका हुँदै भारत कटाउने गरिएको हो ।

सम्बन्धित समाचार

राजपा सांसदले १५ दिनको तलब कोषमा जम्मा गर्ने

राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना सांसदको १५ दिन बराबरको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।पार्टीका प्रवक्ता केशव झाका अनुसार राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारद्वारा स्थापित केन्द्रीय कोषमा पार्टी सांसदका...

विराटनगरको जनता माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, १४ असार । विराटनगर २ स्थित जनता माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका छन् । स्वं मनोहर रोक्का क्षेत्रीको ४५ दिनको स्मृति दिवसको अवसर पारेर विद्यालयमा एस.एल.सी.समूह २०३१ ले ६३...

३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाइने

काठमाडौं, जेठ २-सरकारले ३ सय शय्याको अत्याधुनिक सरुवा रोग अस्पताल बनाउने याेजना अघि सारेकाे छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी...

पूर्वसचिव उपाध्यायलाई ३ र शाहीलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति

काठमाडौं, ११ वैशाख-साइबर अपराधको अभियोगमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला अदालत काठमाडौंले उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति पाएको साइबर ब्यूरो निमित्त...

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, कालो चिया खुवाइयो

काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका छन् ।...

बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुरा, १३ असार-बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक  जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन् । मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरूलाई...

कोरोना संक्रमणबाट बीपीमा एक महिलाको मृत्यु

विराटनगर, १७ असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत सुनसरीको इनरुवा–४ कि २८ वर्षिया महिलाको शनिबार बिहान ४.३० बजे मृत्यु भएको...

माधव नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १० पुस-चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् । कोटेश्वस्थित निवास पुगेर राजदूत यान्छीले भेट गरेको नेता विष्णु रिजालले बताए । भेटमा नेकपा विभाजनपछिको घटनाक्रमका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्