इलाम बस दुर्घटनामा ३६ जना घाइते, १२ वर्षीय बालकको मृत्यु

 न्यूज विराट
इलाम बस दुर्घटनामा ३६ जना घाइते, १२ वर्षीय बालकको मृत्यु

विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामाको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेका यात्रुको पहिचान खुलेको छ । धनुषदेखि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना ६ ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको निधन भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

दुर्घटनामा ३६ जना घाइते भएको र उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आइतबार साँझ साढे ५ बजे भएको दुर्घटनाका घाइतेलाई सडकजाम हुँदा उद्धार गर्न कठिनाइ भएको इलामका प्रहरी नायव उपरिक्षक प्रकाश जवेगूले जानकारी दिए ।

दुर्घटनामा परेका सबै धनुषाधाम–९ का तामाङ र लामा समुदायका सदस्य छन् । एकजना प्रहरी जवान पनि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेहरु सबैलाई उपचारार्थ झापाका विभिन्न अस्पतालमा पठाइएको छ । अधिकांशलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार

मुक्ति कृषि सहकारीको अध्यक्षमा पुनः आचार्य सर्वसम्मत

विराटनगर । मोरङको कानेपोखरी २ को मुक्ति कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः अर्जुन आचार्य सर्वसम्मत चयन भएका छन् । आचार्य स्थापना कालदेखि निरन्तर अध्यक्ष हुँदै आएका छन् । शुक्रबार सम्पन्न आठौं साधरणसभाको अवसरमा भएको निर्वाचन...

आज साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौं, १ साउन-सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रूपमा मनाइँदै छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । १...

अगानिस्तानमा तालिबान विरुद्धको कारबाहीमा २७ जनाको मृत्यु

एजेन्सी, साउन २-अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार भएको सैनिक कारबाहीमा परी कम्तीमा २७ आतंककारी मारिएका छन् । अफगान सरकारी सुरक्षाकर्मीहरुले सो कुराको जानकारी दिएका हुन् । उक्त कारबाही त्यहाँको सरकारी सुरक्षा फौजले गरेको बताइएको छ ।...

नेकपा स्थायी कमिटीको बैठक पर्सिसम्मलाई स्थगित

काठमाडौं, १८ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा केशव बडाल र अमिक शेरचनले आफ्नो धारणा राखेका थिए । तर, त्यसलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३११ डिस्चार्ज, २१४ संक्रमित थपिए

विराटनगर, ७ मंसिर–पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ३ सय ११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ९४, जिल्ला अस्पताल धनकुटाबाट नौ र विराट मेडिकल कलेजबाट आठ जना डिस्चार्ज भएका हुन ।...

सुडान घोटालाका दोषी पूर्व आईजीपी ठकुरी आज जेल मुक्त हुँदै 

काठमाडौं, २९ जेठ-पूर्व प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज रिहा हुने भएका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका ठकुरी एक वर्ष कैद सजाय भुक्तानी गरी डील्लीबजार कारागारबाट छुट्न लागेका...

प्रतीक्षा र सावित्रीले जिते गल्स अन ह्विल’ प्रतियोगिताको उपाधि

विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न...

विराट राजाको दरबार उत्खनन्

विराटनगर, ८ माघ । मोरङको बुधनगर भेडियारीस्थितका विराट राजाको दरबार भनिएको स्थानमा अहिले उत्खनन् भइरहेको छ । पुरातत्त्व विभागबाट गरिएको उत्खननअनुसार विराट राजाको दरबार भनिएअनुसारको उत्खननबाट ऐतिहासिक वस्तु वा भाग्नावशेष पाइएको बताइएको छ । विराट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्