विधिवत् रुपमा सुरु भयो छठ पर्व, विराटनगरको गुद्रीमा किनमेल गर्नेको घुइँचो
शनिबार, ०२ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । तराई मधेसमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ। निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले विराटनगरको गुद्री बजारमा पूजाको सामग्री किनमेल गर्नेको घुइँचो लागेको छ।
आर्थिक मन्दीले व्यपार बन्द भइरहेको बेला तिहार र छठ पर्वमा भइरहेको व्यापारले आशाको दियो बलेको यहाँका स्थानीय ब्यापारीले बताए । श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि पूजाका सामग्रीमा ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ वर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्री किन्न बजारमा घुइँचो लागेको हो।
तराई मधेसमा उल्लासका साथ मनाइने यो पर्वमा परिवारका सबै सदस्यलाई नयाँ कपडा लाउने र मीठो परिकार खाने गरिन्छ। सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेसमा धुमधामसँग मनाइने छठ पर्व पछिल्ला दिनहरुमा देशैभरि मनाउन थालिएको छ। छठ मनाउन यतिबेला विराटनगरको सिंघिया, केसलीया र यहाँको नहर तथा जस्ता जलाशयको सरसफाइ गर्ने, सिङ्गार्ने, क्रम सुरु भइसकेको छ।
छठको पहिलो दिनलाई अरबा–अरबाइन भनिन्छ। व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजदेखि सात्विक भोजन गरी व्रत बस्ने परम्परा छ।
यो पर्व आज खरना खिर खाने र आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिई विधिवत् रूपमा सम्पन्न हुनेछ।
काठमाडाैं, २५ जेठ-नेपालमा आज एकै दिन १ सय २ कोभिड–१९ का सङ्क्रमित उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४ सय ६७ जनाले कोभिड–१९ लाई जितेका छन् । कोभिड–१९ का सङ्क्रमित दिनहुँ बढिरहे पनि निको...
विराटनगर । विभागीय टिम नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा विजय सुरूवात गरेको छ । पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले स्तब्ध बनाउँदै पुलिस विजय भइ २ अंक जोड्न...
काठमाडौँ, मंसिर ६ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली भइरहेको छ भने दिउँसो प्रदेश १ लगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ ।प्रदेश...
काठमाडौं, १८ पुस-नेकपाकाे आधिकारिकता र चुनाव चिन्ह विवादमा निर्वाचन आयाेगले दुवै पक्षसँग थप कागजात मागेकाे छ । शुक्रबार आयाेगले नेकपाका दुवै अध्यक्षलाई पत्राचार गरी थप कागजात पेस गर्न भनेकाे हाे । केपी ओली र प्रचण्डलाई...
विराटनगर, २५ साउन । मोरङको बेलबारीमा जारी निषेधाज्ञा (लकडाउन) एक हप्तासम्म लम्बिएको छ । कोरोनाको संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जानथालेपछि नियन्त्रणका लागि जारी गरिएको लकडाउन एक हप्ताका लागि थप्ने कोरोना रोकथाम नगरस्तरीय समन्वय समितिको बैठकले...
विराटनगर, ९ वैशाख-एकसाथ १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँका थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । उदयपुरबाट गत शनिबार संकलन गरी विराटनगर ल्याएको ६९ जनाको...
विराटनगर, २४ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना संक्रमण भएको छ । ६३७जनाको पीसीआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको...
विराटनगर, २४ भदौ । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङको संगठन सुदृढिकरण अभियान अन्तर्गत रतुवामाई नगरपालिका वडा नं. २ मा २५ सदस्यीय वडा सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।...