इप्रका रामपुरले एकै दिन १३ फरार अभियुक्त पक्राउ, प्रहरी निरीक्षक ढकाल आएपछि फरार अभियुक्त धमाधम पक्राउ

 न्यूज विराट
इप्रका रामपुरले एकै दिन १३ फरार अभियुक्त पक्राउ, प्रहरी निरीक्षक ढकाल आएपछि फरार अभियुक्त धमाधम पक्राउ

विराटनगर । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले एकै दिन विभिन्न अपराध गरी फरार १३ जना प्रतिवादीहरु पक्राउ गरेको छ । प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका हुन् ।

फरार पक्राउ पर्ने अभियुक्तहरु वन, सार्वजनिक अपराध, गाली बैजतीलगायतका मुद्दाका फरार १३ जना प्रतिवादी एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी हरीनन्दन चौधरी ले जानकारी दिए ।
पक्राउ परेका अभियुक्त घटना घटाएर लामो समयसम्म फरार भएका प्रतिवादीलाई इप्रका रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले पक्राउ गरेको उनले बताए । फरार प्रतिवादी प्रहरीले पक्राउ गरी १३ जना पक्राउ गरि अदालत बुझाएको छ ।

प्रहरीले बन मुद्दामा २ महिना २० दिन कैद र ४५ हजार ९६ जरिवाना तोकिएको उदयपुर बेलका नगरपालिका १ का गोबिन्द ठाकुर पक्राउ परेका छन् । यस्तै बन मुद्दा बेलका नगरपालिका १ का महिन्द्र राई, सोही मुद्दामा चन्द्र बहादुर रोक्का कार्की, बुद्दिमान तामाङ, चन्द्र तामाङ, जय प्रकाश चौधरी पक्राउ परेका छन् । यसैगरी गाली बेइज्जती मुद्दामा फरार रहेकासहदेव चौधरी, संगिता चौधरी, सरिता चौधरी, मानती चौधरी पक्राउ परेका छन् । यसैगरी सार्वजनिक अपराध मुद्दामा फरार रहेका बेलका नगरपालिका ४ बस्ने बर्ष ४५ का गोरे भन्ने पुर्ण ब. तामाङ, घनश्याम चौधरी र गोबर्धन तामाङ पक्राउ परेको ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं,’ प्रहरी निरीक्षक ढकालले भने, ‘अदालतको फैसला कार्यान्वायनलाई प्राथमिकतामा राखी फरारी पक्राउ अभियान सुरु गरिएको हो ।’ अभियानका माध्यमवाट अपराध गरेर जतिदिन लुकिछिपि वसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैनन भन्ने सन्देश पनि दिएको उनले बताए । ‘अपराध गरेपछी सजाय भुक्तान नगरी वचेर वस्न सकिदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमवाट समाजमा अपराधको न्यूनिकरण पनि गर्नका लागि सचेतना फैलने आसा गरिएको छ,’ प्रहरी निरीक्षक ढकालले भने ।

जिल्लाको समग्र शान्ति सुरक्षा कायम राखेर अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानमा प्रहरी परिचालन हुदै कानून प्रतिको आडभरोसा कायम राख्न र पीडितलाई न्यायको अनुभुति दिलाउन लागि परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी रमेश थापाले बताए । ‘पीडक पक्षलाई कानूनवाट भाग्न वा वच्न सकिदैन भन्ने डर पैदा गर्न संचालित फरार अभियुक्त पक्राउ अभियानलाई उदयपुर प्रहरीले प्राथमिकतामा राखी काम गर्दै आईरहेको छ,’ एसपी थापाले भने ।

सम्बन्धित समाचार

रातारात एकता गर्ने तयारीमा समाजवादी र राजपा

काठमाडाैं, १० वैशाख-सम्भावित विभाजनलाई रोक्न समाजवादी पार्टीले राजपा नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ । समाजवादी पार्टीबाट सांसदहरूको एउटा समूहले भोलि अर्को पार्टी बनाउने चर्चा चलिरहेको बेला उपेन्द्र यादव र राजपा नेताबीच एकता प्रकृया सम्बन्धमा...

काठमाडौंमा वायु प्रदुषणको मात्रा अत्याधिक बढ्यो

विराटनगर, २१ पुस-विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बर स्थानमा देखिएको छ । मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा आज बिहान एअर क्वालिटी...

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्याङ्जाका १ जनाको मृत्यु

पोखरा, १९ जेठ-पोखरामा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका खड्कबहादुर कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतबाट आएर फेदीखोला गाउँपालिकाले बनाएको...

कोभिड- १९ व्यवस्थापनका लागि विश्व बैंकले १० करोड डलर दिने 

काठमाडौं, १० असार-विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड- १९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...

विराटनगरमा चारसहित प्रदेश १ मा ५७ जनामा कोरोना संक्रमण

विराटनगर, ७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास...

विराटनगरको फर्निचर उद्योगमा लागेको आगो साढे दुई घण्टामा नियन्त्रण, ५० लाख बढीको क्षति

विराटनगर । विराटनगर ९ मनिष राजवंशीले सञ्चालन गरेको माता धनवन्ती फर्निचर उद्योगमा आज बिहीबार राती लागेको आगो साढे दुई घण्टामा नियन्त्रणमा आएको छ । बिहीबार ८ : १५ बजे विद्युत् सट भएर लागेको आगो राती...

सरकारले भन्यो- कोरोना जोखिम बढ्यो, सभा-सम्मेलन नगर्नू

भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल सरकारले सभा-सम्मेलन नगर्न सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा-सम्मेलन नगर्न आग्रह गरेको हो । ‘नेपालमा समेत संक्रमण बढ्न...

काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन आफ्नो सबै क्षमता लगाउँछु

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले अबको पाँच वर्ष महानगरपालिकाबाहेक अन्यत्र समय नखर्चिने बताएका छन् । काठमाडौंलाई विश्वकै उत्कृष्ट र विकसित सहर बनाउन आफ्नो ज्ञान र सीपको पूर्ण प्रयोग गर्ने उनले प्रतिबद्धता जनाए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्