विराटनगरका दिलिप सुवेदी ५१ दिनदेखि वेपत्ता, खोजी कार्यमा सहयोग गरिदिन परिवारको माग
सोमबार, २० कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर–४ राजबंशी चौक घर भई झापाको सुरुङ्गास्थित नेपाल टेलिकममा कार्यरत दिलिप सुवेदी गत भदौ ३० गते शनिबारदेखि बेपत्ता छन् ।
टेलिकम शाखाका निमित्त कार्यालय प्रमुख रहेका छैंटौं तहका लेखा अधिकृत ३१ वर्षीय सुवेदी बेपत्ता भएको दुई महिना हुनलाग्दा पनि कुनै पत्तो नलागेको भन्दै परिवारले खोजी कार्यमा सहयोग मागेको छ ।
गत भदौ ३० गते बिहान ८ः४७ सम्म आफ्नी श्रीमतीसँग फोनमा कुराकानी गरेका सुवेदीसँग त्यसपछि परिवारको सम्पर्क भएको छैन । सुवेदीका बुबा नेत्रप्रसाद सुवेदीले आइतबार विराटनगर पत्रकार सम्मेलन गरि छोराको खोजी कार्यमा सहयोगको अपिल गरेका छन् ।
परिवारका अनुसार श्रीमतीसँग अन्तिम पटक कुराकानी गरेका सुवेदीलाई सोहि दिन दिउँसो १२ बजे पुनः फोन गर्दा मोवाईल अफ रहेको थियो । सुरुमा मोवाईलको चार्ज सकिएर अफ भएको ठानेको भएपनि बेलुकी ५ बजेसम्मपनि सम्पर्क नभएपछि भने उनी बेपत्ता भएको खुलेको थियो । त्यसयता उनको कुनै सम्पर्क भएको छैन ।
छोराको खोजीमा सुरक्षा संयन्त्रको सहयोग नपाएको परिवारले गुनासो गरेको छ । प्रहरीले खोजतलासमा चासो नदिएको र नेपाल टेलिकमले आफ्नो कर्मचारी हराउँदा पनि कुनै वास्ता नगरेको उनीहरुको भनाइ छ ।
हराएको दिन बिहान दिलिपले कार्यालयका सुरक्षा गार्डसँगै पसलमा आएर चिया पिएको देखिएको छ । त्यसपछि उनीहरु कार्यालयमा एकसाथ फर्किएका थिए । कार्यालय फर्किएपछि सुवेदी आफ्नो निवासमा छिरेको भएपनि त्यहिंबाट उनी वेपत्ता भएका थिए ।
उनी कार्यालय परिसरबाट बाहिर निस्केको नदेखेको गार्डले बताउँदै आएको परिवारले जनाएको छ । सुवेदीको खोजीको लागि परिवारले प्रहरीमा निवेदन दिएको भएपनि प्रहरीले खास धेरै चासोका साथ खोजतलास नगरेको बुबा नेत्रप्रसादको गुनासो छ । जिल्ला प्रहरी कार्यालय झापाले चासो दिए छोराको अवस्था पत्ता लाग्नसक्ने परिवारको बुझाई छ ।
सुवेदी सामान्य कपडामा चप्पल लगाएर वेपत्ता भएको परिवारले जनाएको छ । परिवारले संभावित क्षेत्रमा अनुसन्धानका लागि प्रहरीसँग आग्रह गर्दै आएको छ । प्रहरीले घरपरिवारसँगको कनेक्सन, बाँकी बाहिरी क्षेत्रको कनेक्सन, कार्यालयका सुरक्षा गार्डसँगको कनेक्सनलगायतका विषयमा कल डिटेल हेरेको बताए पनि कुनै जानकारी नभएको परिवारको भनाइ छ ।
सुवेदीले गत फागुनमा ब्रजुना भट्टराईसँग विवाह गरेका थिए । टेलिकम कार्यालयदेखि ५०० मिटरको दुरीमा रहेको क्वाटरमा चाबी लगाएको र पिएको पानीको ग्लाससमेत ओछ्यानमै रहेको अवस्थामा मोवाईल बोकेर बेपत्ता भएका सुवेदीको स्कुटीको चाबी, मोवाइलको चार्जर र पर्स कोठामै पाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले दिलिप सुवेदीको विषयमा खोजी र अनुसन्धान भईरहेको बताएका छन् ।
विराटनगर, २१ असोज-सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय थप दुई दिन बन्द हुने भएको छ । वडा कार्यालयसहित उपमहानगरपालिकाको कार्यालय बन्द हुने भएको हो । कार्यालयका कर्मचारीमा कोरोना पोजिटिभ देखिएपछि १६ असोजदेखि ५ दिन कार्यालय बन्द गरिएको...
एजेन्सी, मंसिर १-मोडेर्नाले आफूले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप ९४.५ प्रतिशत प्रभावकारी भएको घोषणा गरेको छ । सोमबार सो कम्पनीले तत्काल प्राप्त तथ्यांकको विश्लेषणबाट खोप प्रभावकारी रहेको पाइएको जनाएको छ । फाइजर कम्पनीले बनाएको खोप...
विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रवार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो । गोयललाई पूर्व राष्ट्रपति डा।रामवरण यादवले कदर पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको छ...
काठमाडौं, १६ भदौ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य...
जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेकी २ महिलालाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको दुई तिहाइको बेलुन फुटिसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सच्चिने छाँट नदेखाएको बताए ।अहिलेसम्म राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसकेको...
विराटनगर, १९ साउन-मोरङको कटहरी गाउँपालिकामा २ जना युवालाई ३ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको...
काठमाडौं, माघ २७ । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।ेबिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा. शशांक...