भन्सार नाप जाँच भएको ट्याक्टर प्रहरीको नियन्त्रणमा, भन्सार छलीको आशङ्का
बिहिबार, १६ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट नाप जाँच भएर निस्किएको एउटा ट्याक्टर सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरिएको आशङ्कामा सशस्त्र प्रहरी बल मोरङले विराटनगर १७ आई सिपी रोडबाट एउटा ट्याक्टरमा लोड भएको सामान आज नियन्त्रणमा लिएको हो ।
बीआर ३८ ए ६८४४ नम्बरको ट्याक्टरमा लोड भएको मिलको सामानहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ थापाले जानकारी दिए । उक्त ट्याक्टरमा लोड भएको समानको भन्सार मुल्याकंन कम गरी राजस्व छली गरेको हुनसक्ने भएकोले प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिएको ट्याक्टर र सामान सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान गरी कारबाहीको लागि इटहरी राजस्व कार्यालयमा बुझाएको छ । राजस्व कार्यालयले अनुसन्धान पछि मात्र भन्सार छली भए नभएको पत्ता लाग्नेछ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरको सामान कसको भन्ने खुलिसकेको छैन । उक्त समानको भन्सार सहजीकरण एजेन्ट किशोर शाहीले गरेका छन् ।
एजेन्सी, १२ असोज-अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । अमेरिकाको द न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकरका रुपमा जम्मा ७ सय ५० डलर मात्रै तिरेको समाचार प्रकाशित गरेपछि ट्रम्पमाथि...
विराटनगर, १२ पुस । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरको अनुगमन गर्नुभएको छ । कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले...
टोकियोमा आयोजित ओलम्पिक खेलकुदको पहिलो स्वर्ण चीनको पोल्टामा परेको छ । महिला १० मिटर राइफल सुटिङ स्पर्धामा चीनकी याङ कियानले स्वर्ण जितेकी हुन् । सो प्रतियोगितामा रुसकी सुटर अनास्टासिया गालासिनाले रजत तथा स्वीट्जरल्यान्डकी निना क्रिस्टेनले...
काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले विराटनगरस्थित लाइफगार्ड अस्पतालको ‘स्वास्थ्य बीमा कार्यक्रम’ स्थगन गरेको छ । ३२ जेठ शुक्रबारदेखि लागू हुने गरी तीन महिनासम्मको लागि स्वास्थ्य बीमा कार्यक्रम सेवा स्थगन गरेको हो । लाइफगार्ड अस्पतालका चिकित्सकले...
विराटनगर । कोशी प्रदेशक ामुख्यमन्त्री उद्धव थापाले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । राज्यमन्त्रीमा नियुक्त भएका मण्डलले...
विराटनगर, ११ पुस-प्रदेश १ को तीन जिल्लाबाट २ सय ५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उद्धार गरिएको हो । पुस...
काठमाडौं, ४ मंसिर-शेयरबजारमा लगानीकर्ताको आर्कषण बढ्दै गएपछि कारोबार रकमले नयाँ रेकर्ड कायम गर्न थालेको छ । साताको अन्तिम दिन बिहीबार आज पनि सेयर खरिदबिक्री गर्ने लगानीकर्ताको चाप बढ्दा कारोबार रकमले नयाँँ रेकर्ड कायम गरेको छ...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको दोस्रो अधिवेशन विराटनगरमा सुरु भएको छ । विराटनगरस्थित इस्टन स्टार होटलमा आइतबार दिउँसो चार बजेटबाट अधिवेशन सुरु भएको हो ।संघको अध्यक्ष कुमार खतिवडाको अध्यक्षमा अधिवेशन सुरु...