विराटनगरको पशुपति ज्वलर्समा छापा, तस्करीको ४० केजी चाँदी बरामद

 न्यूज विराट
विराटनगरको पशुपति ज्वलर्समा छापा, तस्करीको ४० केजी चाँदी बरामद

विराटनगर । विराटनगर – ११ पिचरास्थित एउटा सुनचाँदी पसलमा छापा हानेर तस्करीको ठुलो परिमाणको चाँदी बरामद गरेको छ । आज दिउँसो पिचरास्थित पशुपति ज्वलर्समा छापा हानेर ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो ।

बरामद गरेको चाँदी करिब ४० केजी रहेको बुझिएको छ । विराटनगर भन्सार कार्यालयका सूचना पर्शुराम दाहालले बरामद गरेको चाँदीको गरगहना अहिले भन्सार कार्यालयमा राखिएको बताए ।

‘बरामद गरिएको चाँदी तौलिने काम हुन लागेको छ,’ उनले भने, ‘तौलिएपछि परिमाण थाहा हुनेछ ।’ सुनचाँदी व्यवसायी संघका प्रतिनिधि समेतलाई राखेर तौलिने काम हुन लागेको उनले बताए । विराटनगर भन्सार कार्यालय, मोरङ प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा छापा हानेर चाँदी बरामद गरिएको हो । बरामद गरिएको चाँदीको बिलबिजक छैन । बरामद गरिएको चाँदीको गरगहना पाँच वटा प्लास्टिकको बोरामा हालेर लगिएको छ ।
प्रहरीले पसलमा काम गर्ने एक जना भारतीय नागरिकलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेको छ ।

सम्बन्धित समाचार

युवा दिवसमा विराटनगरमा रक्तदान

विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विराटनगरमा आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदान कार्यक्रममा ५८ प्रिन्ट रगत संकलन भएको छ । विराट मेडिकल कलेजसँग सहकार्य गरी नेपाली युवा उद्यमी मञ्च विराटनगरले...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट

काठमाडाैं, १ भदौ-कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट हुँदैछ । नेपालका २ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन १...

प्रदेश १ को बजेट ४२ अर्ब २० करोडको (हेर्नोस् पूर्णपाठ )

  बिराटनगर । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले आइतबार प्रदेशसभा बैठकमा ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट पेश गरेका हुन् । चालु...

जुत्ता चप्पल व्यापार मेला : २० दिनमै डेढ करोडको कारोबार, अब पुस २९ गते सम्म मात्र

विराटनगर, पुस २१–विराटनगरमा जारी १ महिने जुत्ता चप्पल व्यापार मेलामा ग्राहाकको उल्लेख्य भिड बढेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित विराटनगर स्थित जैन भवनमा पुस १ गतेदेखी सुरु भएको सो मेलामा...

प्रदेश २ मा थप २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका ८ जनामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार ८ र ९ मार्चमा दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी...

प्रधानमन्त्री देउवा वैशाखमै स्थानीय निर्वाचन गर्न सकरात्मक

काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धन समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्यका सबै संयन्त्र असफल बनाउन प्रयत्न भइरहेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ ५ दलीय गठबन्धनको शीर्ष बैठकमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१९ संक्रमित थपिए

विराटनगर, २७ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा तीन सय ४४, मोरङमा ५६, झापामा सात, उदयपुरमा छ, संखुवासभामा तीन, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका...

दिल्लीका सबै विद्यालय बन्द

एजेन्सी, १६ मंसिर । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्