नेवारी भाषा, संस्कृति संरक्षणमा जोड

 न्यूज विराट
नेवारी भाषा, संस्कृति संरक्षणमा जोड

विराटनगर । नेवारी भाषाको धर्म संस्कृतिक संरक्षणमा जोड दिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । झी पुच : (नेपाल भाषा तथा सांस्कृतिक संघ) विराटनगरले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले भाषा, धर्म र संस्कृति सभ्यतासँग जोडिएकाले आफ्नो भाषा र लिपी संरक्षणको लागि सबै लाग्नुपर्नेमा जोड दिएका हुन् ।

भातृ भाषा, संस्कृतिहरू लोप हुदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूले यसको संरक्षणको लागि घरबाट अभियानको सुरू गरिनुपर्ने उनीहरूले बताए । झी पुचः विराटनगरका संरक्षक राजन श्रेष्ठले नेपालीहरुमा पश्चिमी संस्कृति भित्रिएको प्रति चिन्ता व्यक्त गर्दै उनले भातृभाषाको जर्गेना गर्न पठन संस्कृतिको विकास गरिनुपर्ने बताए ।‘भाषा हराउनु भनेको हाम्रो संस्कृति र पहिचानसँगै सभ्यता हराउनु हो,’ उनले भने, ‘तेही भएर भाषा संस्कृति र लिपिको संरक्षण गरिन भाषा प्रशिक्षण जरुरी रहेको छ ।’ झी पुच विराटनगले भाषा, धर्म संस्कृतिको संरक्षणमा एकताबद्ध भएर लागि परेको उनले बताए ।
कार्यक्रममा झी पुचः का निर्वतमान अध्यक्ष हरीबहादुर श्रेष्ठले भाषा र लिपीलाई पठन संस्कृतिको रूपमा विकास गरेर लैजानुपर्ने बताए । मातृभाषा सम्पती भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्नेमा उनले जोड दिए ।


कार्यक्रममा झी पुचः विराटनगरका अध्यक्ष भविष श्रेष्ठले आगमी योजना र कार्यदिशा बारेमा जानकारी गराए । सोही कार्यक्रममा झी पुचः का नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको काम, कर्तब्य र अधिकारको विषयमा पनि प्रशिक्षक सन्देशदास श्रेष्ठले जानकारी गराए ।

सम्बन्धित समाचार

रोटरी क्लबको साक्षरता अभियान

विराटनगर । सामाजिक कार्यमा सक्रिय रहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले साक्षरता अभियान सुरु गरेको छ । महिला एवम् युवतीहरुका लागि क्लबले साक्षरता अभियान सञ्चालन गरेको हो । क्लबले सेप्टेम्बर महिनाभरी आधारभूत शिक्षा र साक्षरता...

आज कोरोना पुष्टि भएका १० युवक चोरबाटाे भएर प्रवेश गरेका थिए नेपाल

कपिलवस्तुका आज कोरोना संक्रमण पुष्टि भएका १० जना लकडाउनमा लुकिछिपी भारतबाट प्रवेश गरेको खुलेको छ । उनीहरू लकडाउनमै भारतको महाराष्ट्रबाट खेतको बाटो भएर फर्किएको खुल्न आएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए। उनका अनुसार...

कोशी प्रदेशका मन्त्री राजभण्डारीलाई पाँच दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

विराटनगर । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्विकुमार राजभण्डारीलाई पाँच दिनभित्र उच्च अदालतमा आफँै उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।न्यायधीशद्वय सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार मन्त्री राजभण्डारी विरुद्ध...

स्याङ्जाका १ जनाको भारतीय क्वारेन्टाइनमा

बुटवल, १० जेठ-भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा बसेका १ नेपालीको क्वारेन्टाइनमै मृत्यु भएको छ । ५ जेठदेखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा रहेका स्याङ्जाका हरिनाथ नगरपालिका–२ चिसापानीका ३२ वर्षीय देवबहादुर थापाको भारतीय क्यारेन्टाइनमा मृत्यु भएको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

विराटनगर, १९ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा तीन, धनकुटा र इलाममा दुई÷दुई र प्रदेश...

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भदौ-उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् । शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी...

सर्लाहीमा भारतीय नागरिकद्वारा सशस्त्रको हतियार खोस्ने प्रयास

सर्लाही, १८ जेठ-सर्लाहीमा नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकको समूहले सशस्त्र प्रहरी बलको टोलीलाई हुलहुज्जत गरी हतियारसमेत खोस्ने प्रयास गरेको छ । जिल्लाको विष्णु गाउँपालिका-२ पकडीस्थित दशगजा इलाका बीओपी सिमराबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षकको...

इन्धनको मूल्य घट्दैन :आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो । निगमको मासिक घाटा तथा ईण्डियन आयललाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्