पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

 न्यूज विराट
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

विराटनगर, १९ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा तीन, धनकुटा र इलाममा दुई÷दुई र प्रदेश १ बाहिरका सात जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष रहेका छन् । मोरङको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा सात÷सात, उर्लाबारी र ग्रामथानमा तीन÷तीन, कटहरीमा दुई, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा एक÷एक, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा दुई, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका एक÷एक जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा १०, विर्तामोड र गौरादहमा चार÷चार, अर्जुनधारा, मेचीनगर र कनकाईमा एक÷एक र स्थानीय तह नखुलेका दुई , पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका एक÷एक, उदयपुरको बेलकामा एक र स्थानीय तह नखुलेका दुई, धनकुटाको धनकुटा नगरपालिकामा दुई, इलामको चुलाचुली र स्थानीय तह नखुलेका एक÷एक र प्रदेश १ बाहिरका सात जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४ सय १ पुगेको छ ।

प्रदेश १ मा बुधबार ४ सय २२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ३४, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७१, विराट मेडिकल कलेजबाट ४१, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कालि सदन आईसोलेसन, र बैजनाथपुर आईसोलेसनबाट सात÷सात, नोवेल अस्पताल र बेलबारी आईसोलेसनबाट छ÷छ, धाईजन आईसोलेसन केन्द्र र न्युरो अस्पतालबाट चार÷चार, जिल्ला अस्पताल संखुवासभा र मारवाडी सेवा सदन आईसोलेसनबाट तीन÷तीन, कोभिड १९ आईसोलेसन अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र रंगेली र मेची अस्पतालबाट दुई÷दुई, इलाम अस्पताल, कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी, जिल्ला अस्पताल धनकुटा र वि जेनरल अस्पताल हरिनगरबाट एक÷एक जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार १ सय १ पुगेको छ । प्रदेश १ मा आज १ हजार १ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय २३ महिला र १ सय ८१ पुरुषको रिपोर्ट पाजिटिभ आएको हो । हालसम्म १ लाख ६४ हजार ६४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

कोशी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका छन्। कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रलाई बुधबार विराटनगरमा सम्बोधनका क्रममा ओलीले यस्तो आरोप लगाएका हुन्।...

प्रदेश १ मा आज १२३ जना नयाँ संक्रमित थपिए

विराटनगर, ३ भदौ-प्रदेश १ मा बुधबार १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २...

लिग वानमा साविक विजेता पीएसजीको पहिलो जीत

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो जीत हात पारेको छ । पीएसजीले पहिलो जितका लागि तेस्रो खेल पर्खिनुपरेको हो । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जमाथि १–० को कठिन...

विराटनगरमा विविद्य कार्यक्रम गरी मनायो ६८ औँ प्रहरी दिवस

विराटनगर । ६८ औँ प्रहरी दिवसको अवसर पारेर कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यक्रम आयोजना गरेको छ । प्रहरीले शुक्रबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । आज विहान बिराटनगरको महेन्द्र चोकमा रक्तदान कार्यक्रम...

प्रदेश १ मा ५५७ संक्रमित थपिए, ४७६ डिस्चार्ज

विराटनगर, ९ कात्तिक–पछिल्लापे २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मोरङका ४ पुरुष, सुनसरीका २ महिला १ पुरुष, झापा र इलामका १÷१ पुरुषको मृत्यु भएको...

विराटनगरमा तीन अस्पतालका ११ जनामा कोरोना

विराटनगर, साउन २१-विराटनगरका तीन अस्पतालका चिकित्सकसहित ११ जना कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विराटनगरस्थित कोशी, विराट, न्युरो र म्याक्स अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएकोमा बिहीबार न्युरो अस्पताल, गोल्डेन अस्पताल र मोरङ...

देशभर थप ८९८० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५ लाख नाघ्यो

काठमाडौं, ८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार १०५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्...

छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार गरी हत्या

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलानजिक छुरा प्रहार गरेर एक किशोरको हत्या गरिएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको आइतबार राती छुरा प्रहार गरी हत्या गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्