पत्रकार महासङ मोरङको कार्यबहाक बिबाद टुङ्गियो, भट्टराईलाई जिम्मा

 न्यूज विराट
पत्रकार महासङ मोरङको कार्यबहाक बिबाद टुङ्गियो, भट्टराईलाई जिम्मा

विराटनगर । नेपाल पत्रकार महासंघको कार्यबहाक अध्यक्षको विवाद टुंगिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विधानको व्याख्या गर्दै जिल्ला शाखाको हकमा बरिष्ठ उपाध्यक्ष खुल्ला उपाध्यक्ष नै हुने व्याख्या गर्दै पत्र पठाएपछि विवाद सुल्झिएको हो ।

विधानमा जिल्लामा रहेका खुल्ला उपाध्यक्ष बरिष्ठ हुने कि महिला उपाध्यक्ष बरिष्ठ हुने भन्ने विवाद भएको थियो । उक्त विवादको व्याख्या गर्दै केन्द्रीय समितिले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) परिच्छेद ५ को दफा २२ को उपदफा १ मा उल्लेखित बरिष्ठ उपाध्यक्षको काम, कर्तव्य र अधिकारको विषय जिल्ला शाखाको हकमा खुल्ला उपाध्यक्षको हुने भएकोले सोही बमोजिम गर्न भन्दै प्रदेश समितिलाई पत्र पठाएको छ ।

विधानमा अध्यक्ष कुनै कारणले आफ्नो काम गर्न असमर्थ भएमा, काम विशेषले देशबाहिर रहेमा वा निजको पद रिक्त भएमा कार्यबहाक अध्यक्षको रुपमा निजको कर्तव्यको पालना र अधिकार प्रयोग गर्न जिम्मेवारी बरिष्ठ उपाध्यक्षको काम, कर्तव्य र अधिकारमा उल्लेख हुने उल्लेख छ ।

केन्द्रले गरेको विधानको व्याख्या अनुसार नेपाल पत्रकार महासंघ प्रदेश समितिले मंगलबार पत्रकार महासंघ मोरङ शाखालाई पत्र पठाउँदै केन्द्रीय समितिको पत्रमा उल्लेख भएको विधानको व्याख्या अनुसार कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ ।

प्रदेश समितिको तर्फबाट अध्यक्ष लिलाबल्लभ घिमिरे र महासचिव विवेक गौतमले हस्ताक्षर गरेर दिएको पत्रमा यस्तो उल्लेख भएको हो । उक्त पत्रको बोधार्थ मोरङ शाखाका खुल्ला उपाध्यक्ष मोहन भट्टराईलाई पनि पठाइएको छ ।

मोरङ शाखाका अध्यक्ष संजीव खनाल विदेश गएको पाँच दिनपछि उनले कार्यबहाक अध्यक्ष चलाउन भन्दै समावेशी उपाध्यक्ष तारा आचार्यलाई पत्र दिएका थिए । उक्त विषयमा असहमति जनाउँदै खुल्ला उपाध्यक्ष मोहन भट्टराईले आवश्यक निर्णय दिन पत्रकार महासंघ प्रदेश समितिलाई पत्र पठाएका थिए । प्रदेशले केन्द्रको व्याख्या अनुसार एक महिनापछि भट्टराईलाई पत्र दिएको हो ।
यस्तै प्रेस सेन्टर मोरङले अध्यक्ष खनालले विधानको व्यवस्था विपरीत कार्यबहाक अध्यक्ष तोकेको भन्दै पत्रकार महासंघ मोरङमा तालाबन्दीसमेत गरेको थियो । पत्रकार महासंघ केन्द्र समिति र प्रदेश समितिका पदाधिकारीले अध्यक्ष खनालको पत्र कार्यान्वयन नहुने आश्वासन दिएपछि प्रेस सेन्टरले तालाबन्दी खोलेको थियो । 

सम्बन्धित समाचार

तीन दिनसम्म विविद्य कार्यक्रम गरेर कान्तिपुर स्कुलले मनायो वार्षिकोत्सव

विराटनगर । विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ ।स्कुल परिसरमा तीनदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरेर आइतबार सम्पन्न गरेको हो । वार्षिकोत्सव तथा अभिभावक...

कोरोना प्रभाव सिराइचुली मेला यस वर्ष स्थगित

मुग्लिन, ३०-चैत-पर्यटकीयस्थल चितवनकै सबैभन्दा अग्लो स्थान सिराइचुलीडाँडामा हरेक नयाँ वर्षमा लाग्ने मेला यस वर्षको नयाँ वर्ष २०७७ मा आयोजना नहुने भएको छ । विश्वव्यापी माहामारीका रूपमा फैलिरहेको कोरोना सङ्क्रमणको प्रभावका कारण यस वर्ष मेला आयोजना...

विराटनगरमा दुई दिने रोटरी ट्रेड फेयर २०२२–२३ सुरु,

विराटनगर, ३१ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको ‘रोटरी ट्रेड फेयर २०२२–२३’ विराटनरमा सुरु भएको छ । महिला शसक्तिकरण र आर्थिक रुपमा महिलाहरुलाई सबल बनाउन प्रत्येक वर्ष आयोजना हुँदै आएको रोटरी ट्रेड...

प्रदेश १ मा आज एकैदिन ८३९ संक्रमित थपिए

विराटनगर, १ साउन । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र ते¥हथुममा ४–४, पाँचथरमा ३,...

प्रदेश १ को बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिक

विराटनगर, बैशाख ३–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । बुधबार प्रदेश नं....

मोरङमा कांग्रेसले सुरु गर्यो जिताऔँ अभियान

विराटनगर,२९ फागुन/ नेपाली कांग्रेस मोरंगले आइतबारदेखि जिल्लाभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका...

नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

काठमाडौं, २२ वैशाख-नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ । वर्षाका कारण माथिबाट पहिरो आएर सो सडकखण्ड पूर्णरुपमा अवरुद्ध  भएको थियो । अवरुद्ध भएको सो सडकखण्ड ४० मिनेटपछि एकतर्फी रुपमा सञ्चालनमा आएको र थप पहिरो...

साना किसान कृषि सहकारी अमरदहको सातौँ साधारणसभा सम्पन्न

विराटनगर, २३ पुस । मोरङको सुनवर्षी नगरपालिका–२ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड अमरदहको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सुनवर्षी नगरपालिकाका मेयर श्याम प्रसाद राजवंशीको प्रमुख आतिथ्यतामा सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्