विराटनगरमा २५ वर्षीया युवतिमाथि सामूहिक बलत्कार, ट्रक चालकसहित तीन जना पक्राउ

 न्यूज विराट
विराटनगरमा २५ वर्षीया युवतिमाथि सामूहिक बलत्कार, ट्रक चालकसहित तीन जना पक्राउ

विराटनगर । विराटनगरमा २५ वर्षीया एक जना किशोरीलाई सामूहिक बलत्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन् ।

तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको
मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जन कुमार दाहालले जानकारी दिए । तीनैजना मिलेर विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानका राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनका अनुसार घटनामा संलग्नहरू ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कको होटलमा पुगेका थिए । खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरु फर्किएर आएको दाहालले बताए ।
उनका अनुसार फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पार्किङ गरेर राखेको दुईवटा ट्रकको बीचमा रहेको खाली ठाउँमा पुर्‍याएर युवतीमाथि सामूहिक बलात्कार गरेको पाइयो,’दाहालले भने, ‘स्थानीयले खबर गरेपछि प्रहरीलाई घटनाको जानकारी भएको हो ।’

पीडित युवती चिच्याउन थालेपछि स्थानीय र पैदलयात्रीले घटना थाहा पाएको उनको भनाइ छ । युवती चिच्याएको सुनेपछि घटनास्थलमा पुगेकाहरूले प्रहरीलाई खबर गरेको डीएसपी दाहालले बताए । घटनास्थलमा मानिस भेला हुन थालेपछि तीनैजना दौडिएर ट्रकभित्र छिरेका थिए । लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको उनले बताए ।

आक्रोशित बनेकाहरूले ट्रकमा तोडफोडसमेत गरिदिएका छन् । तोडफोटबाट ट्रकको अगाडिको शिशा फुटेको छ । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने जानकारी दाहालले दिए ।

सम्बन्धित समाचार

विराटनगरको घरेलु मदिरा बनाउने भट्टीमा छापा, २ हजार लिटरबढी कच्चापदार्थ बरामद

विराटनगर । विराटनगर महानगरपालिका १२ नम्बर वडामा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर ठुलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपेन्द्र पन्जियारको नेतृत्वमा...

विराटनगरको बाटा रोडमा लागो आगो, एकघण्टापछि नियन्त्रणमा

विराटनगर । विराटनगर ९ बाटा रोडको मुख्य चोकको बिजुलीको पोलमा तार सर्ट भएर आगजनी भएको छ । आज झास अम्बिका वास्त्रालय अगाडी बिजुलीको पोलमा लागेको हो । पोलमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो...

टी–२० विश्वकप क्रिकेट खेल्ने खेलाडिलाई शुभकामना दिन हिरो कम्पनीको मोटरसाईकल र्याली

विराटनगर । हिरो मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोर्टसले आईसीसी टी–२० विश्वकपमा भाग लिइरहेको नेपाली क्रिकेट टिमलाई शुभकामना स्वरुप नेपालका विभिन्न स्थानमा मोटरसाईकल र्याली सम्पन्न गरेको छ । नेपाल र नेपालीको सानलाई टी–२० विश्वकप...

क्षतीपूर्तीको माग गर्दै विराटनगरका विमानस्थल पीडितले मन्त्री ढकाललाई लाई बुझाए ज्ञापनपत्र

विराटनगर, २० माघ । विराटनगर विमानस्थल बिस्तार गर्दा विस्थापित हुने पीडितहरुको ज्ञापनपत्र बुझ्दै संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले उचित क्षतिपूर्तिका लागि आफुले जिल्ला स्तरमा रहने क्षतिपूर्ति तथा मुआब्जा मूल्यांक तथा वितरण समितिलाई...

प्रचण्डले केपी ओलीलाई लगाए ठगीकाे आरोप

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई ठग भनेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई ओलीले एकपछि अर्को मुद्दामा ठगेको आरोप लगाए । 'केपी ओलीजस्तो ठग नेतालाई मैले...

२५ चैतसम्म सेयर बजार बन्द रहने

मंगलबारबाट खुलाउने भनिएको सेयर बजार कारोबार २५ चैतसम्म बन्द हुने भएको छ । सेयर लगानी कर्ता तथा ब्रोकरहरुले समेत लकडाउनको अवधि र कोरोनाको त्रास नहटेसम्मको लागि बन्द गर्न आह्वान गरेको समयमा नेपाल स्टक एक्सचेन्जले यस्तो...

उपत्यकामा कोरोना भेटिएपछि टेकु अस्पतालमा परीक्षण गराउनेको भीड

काठमाडौं, ३१ वैशाख-काठमाडौ र भक्तपुरमा कोरोना संक्रमित भेटिएसँगै टेकु अस्पतालमा परीक्षण गर्नेको भीड लागेको छ ।  परीक्षणका लागि आउने अधिकांश काठमाडौ बाहिरबाट आएका मानिस छन् । साना बच्चदेखि वृद्धवृद्धासम्म परीक्षण्का लागि यतिवेला लाईनमा वसेका छन्...

धरानबाट औषधी सहित १ जना पक्राउ

विराटनग, ९ असार । सुनसरी धरान ११ सयपत्री चौक स्थितबाट ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ९ बजे प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्