आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

 न्यूज विराट
आजदेखि बडादसैँ सुरु, घटस्थापनाको साइत ११ बजेर २९ मिनेटमा

विराटनगर । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ।

आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ। बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।

सम्बन्धित समाचार

काठमाडाैं महानगरभित्र कोरोना भाइरसको परीक्षणमा तीव्रता

काठमाडौं महानगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएर महानगरभित्र बसोबास गरिरहेका नागरिकहरुको कोरोना परीक्षणलाई तिव्रता दिएको छ । महानगरभित्र बसोबास गरिरहेका विदेशबाट आएका नेपाली नागरिक वा विदेशी नागरिकहरुको र्‍यापिड डाइग्नोष्टि (आरडिटी) विधिबाट परीक्षण थालिएको हो ।...

आजदेखि सिरहाको मिर्चैयामा लकडाउन

सिरहा, २२ साउन-सिरहाको मिर्चैया  नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि २२ साउनसम्म लकडाउनको घोषणा गरिएको हो । नगरपालिकामा...

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

काठमाडौं, २८ पुुस-कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । मंगलबार न्यायाधीश...

विराटनगरमा जसपाबाट उपमेयरको टिकट उपेन्द्र यादवका छोराले पाए

विराटनगर, ११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा लाई विराटनगरको उप मेयरमा उठाउने निर्णय गरेको छ । चुनावी तालमेलको क्रममा जसपाले अध्यक्ष यादवका छोरा अमरेन्द्रलाई आइतबार राती उप मेयरका...

विराटनगरमा साकेलाको रमझम (फोटो फिचर )

विराटनगर । मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत समुदायले मंगलबार उधौली पर्व देशभर हर्षोल्लासका साथ मनाएका छन् । यसैक्रममा विराटनगर ११ साकेला थानमा किरात राइ यायोख्खाले साकेला नाच र विराटनगर १५ किरात...

श्रोत नखुलेको ७ लाख ९ हजारसहित एक जना पक्राउ, हुण्डीको आशंका

विराटनगर । स्रोत नखुलेको ७ लाखभन्दा ९ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले स्रोत नखुलेको रकमसहित विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साहलाई पक्राउ गरेको हो...

अमेरिकाको कोलोराडोमा गोली चल्यो, १० जनाको मृत्यु

एजेन्सी, १० चैत । अमेरिकाको कोलोराडोमा गोली चलेको छ । हतियारधारी एक व्यक्तिले गोली चलाउँदा एक जना प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।बीबीसीका अनुसार कोलोराडोस्थित बोल्डर सहरमा भएको उक्त गोलीकाण्डमा हतियार बोकेका ती व्यक्तिले...

देशैभर पानी पर्ने संभावना, यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं, कात्तिक १ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर पानी पर्ने जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्