मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत शनिबार

 न्यूज विराट
मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत शनिबार

विराटनगर । कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको शनिबार सनाखत गरिने भएको छ । मुख्यमन्त्रीका लागि ४७र४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखत गर्न लागेका हुन् ।

दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ ।

मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् । अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, उनले विद्रोह गरेका कांग्रेसका आठ सांसदलाई पनि जोडेका छन् ।

कोसीमा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ ।

एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।

सम्बन्धित समाचार

ट्रम्पको निर्णयप्रति आलोचना तीब्र

एजेन्सी, बैशाख ४-अमेरिकाले कोभिड- १९ को सवालमा विश्‍व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले गरेको काममा असन्तुष्टि जनाउँदै आफूले दिँदै आएको सहयोग रोक्ने निर्णय लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस्तो सहयोग रोक्नका लागि आफ्नो प्रशासनलाई निर्देशन...

सरकारले कित्ता काट खोल्न गरेको पत्राचार स्वागतयोग्यः व्यवसायी

विराटनगर, २४ भदौ-मोरङका घर जग्गा कारोबार व्यवसायीहरुले सरकारले कित्ता काट खोल्न गरेको पत्राचारको स्वागत गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्मा अर्यालले गत भदौ २२ गते एक सूचना जारी गरी ४...

कतारले पठाएको सामान नेपाल आइपुग्याे

काठमाडौं, १७ वैशाख-कतारले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । कतारले सहयोगस्वरूप प्रदान गरेको सामग्री रिसिभ गर्न लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल पुगेका थिए । कतारले व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर...

काठमाडौं उपत्यकामा थपिए आज ४०४ कोरोना संक्रमित

बिहीबार काठमाडौं उपत्यकामा ४ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय ६० महिला र २ सय ४४ जना पुरुष रहेका छन् । आज काठमाडौंका ३ सय २८, भक्तपुरका...

विराटनगरमा आज एकैदिन २३३ जनामा कोरोना संक्रमण

विराटनगर, १२ माघ । प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा...

काश्मीरमा १३१ वर्षपछि उर्दुको एकछत्र राज समाप्त, ५ भाषालाई मान्यता

एजेन्सी, १८ भदौ-श्रीनगर केन्द्र सरकारले जम्मू काश्मीरमा पाँच भाषालाई आधिकारिक भाषाको मान्यता दिने घोषणा गरेको छ । यसका साथै त्यहाँ १३१ वर्षपछि उर्दु भाषाको एकछत्र राज समाप्त भएको छ । भौगोलिक र सामाजिक रुपमा विविधता...

ल्याबटेक्निसियन रहस्यम मृत्यु प्रकरण, प्रेमिकासहित दुई जना विरुद्ध ‘आत्महत्या दुरुसाहन’ मुद्दा दर्ता

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका – ६ घर भइ धनकुटा जिल्ला अस्पतालमा कार्यरत पाँचौ तहका ल्याबटेक्निसियन वर्ष २७ का अर्जुन कुमार मेहताको रहस्मय मृत्यु प्रकरणमा पक्राउ परेकी प्रेमिका सुशिला कुमारी मेहतासहित दुई जना विरुद्ध मुद्दा...

केरल विमान दुर्घटना : मृतकको १८ संख्या पुग्यो, २५ को अवस्था गम्भीर

एजेन्सी, साउन २४-भारतमा भएको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको संख्या १८ पुगेको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार दुर्घटनामा परेर अरू कैयौँ यात्रु घाइते पनि भएका छन् । एयर इन्डिया एक्सप्रेसको जहाज विमानस्थलमै दुर्घटनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्