विराटनरमा एसिसिएको नयाँ कक्षा सञ्चालन, शिक्षालय फाउन्डेशनमा विद्यार्थीको आकर्षण

 न्यूज विराट
विराटनरमा एसिसिएको नयाँ कक्षा सञ्चालन, शिक्षालय फाउन्डेशनमा विद्यार्थीको आकर्षण

विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षालय एजुकेशन फाउन्डेशनले विराटनगरमा नयाँ एसिसिएको कक्षा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम गरी एसिसिए कोर्ष संचालनमा आएको हो ।


यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड एकाउन्टेट बन्न सक्छन् र एसिसिए कोर्षको स्कोप विश्वव्यापी रुपमा रहेको एजुकेशनका डाइरेक्टर शैलेन्द्र सिवाकोटीले बताए । ‘उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि यो कोर्ष धेरै उपयोगी कोर्ष हो,’ उनले भने । यस कोर्षमा एसईई पछि नै विद्यार्थी आवद्ध हुन सक्छन् । प्लस टु, व्याचलर, मास्टर्स, सिए अध्ययनरत तथा अध्ययन सकेका विद्यार्थीले पनि यो कोर्ष अध्ययन गर्न पाउँछन् ।

साढे तीन वर्षको अवधिमा यो कोर्ष सकिने एसिसिएका कोअर्डिनेटर मनिस साहले बताए । प्लस टु सकेर अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले प्लस टुसँगै यो कोर्ष पनि पढ्न सक्छन् । पढ्दापढ्दै बाहिर गएपनि विश्वको जुनसुकै देशमा गएर पुरा गर्न सकिने र पास गरेका विषयहरुको आधारमा विश्वब्यापी रूपमा रोजगारको अवसर पाइने उनले बताए । ‘विद्यार्थीले जुन लेभल कटाएका छन् । सोही अनुसारको जागिर पनि पाउँछन्,’ उनले भने, ‘दक्ष तथा अनुभवी सिए र एसिसिएले पढाउने हुँदा विद्यार्थीलाई शिक्षालय एजुकेशन फाउन्डेशनमा नै गुणस्तर शिक्षा दिन सफल भएका छौं ।’

बिहान र दिउँसो एजुकेसनमा कक्षा संचालन हुनेछ । एसिसिए सर्टिफाइड भएपछि विश्वको जुनसुकै स्थानको काम घरमा नै बसेर पनि गर्न फाउन्डेसनका निर्देशक भरत सापकोटाले बताए । यस कोर्षमा हरेक क्षेत्र र तहका विद्यार्थीहरुले पढ्न पाउने अबसर प्राप्त हुने उनले बताए । उच्च शिक्षा अध्ययन तथा कामका लागि विदेश जान चाहने विद्यार्थीका लागि झनै बढी राम्रो अवसर हुने उनको भनाइ छ । ‘प्लस टु पछि उच्च शिक्षा अध्ययनको लागि बाहिर जाने प्रचलन बढ्दो छ । जसले गर्दा हरेक नेपाली विद्यार्थीले आफ्नो क्षेत्रमा सम्मानजनक काम पाउन कठिन छ तर एसिसिए गरेर जादा आफ्नो लेवलको काम पाउने हुदा विश्वमा यसको महत्व दैनिक रूपमा बढ्दो छ,’ उनले भने ।

अन्तर्राष्ट्रियस्तरको प्रोफेसनल कोर्ष भएको कारणले नेपालमा पनि अनलाइन तथा फिजिकल रोजगारको अबसर बढ्दो रहेको छ । जुन विषय फेल भयो त्यो मात्र दिदा हुने, हरेक ४–४ महिनामा जाँच दिन पाइने लगायत धेरै सुबिधाका कारणले युके बोर्डको चार्टर्ड एकाउन्टेन्ट कोर्ष नेपाल र ईन्डियन बोर्ड भन्दा धेरै सहज र महत्वपूर्ण रहेको छ । अब विद्यार्थीहरुलाई काठमाडौं जानु नपर्ने र आफ्नो शहर विराटनगरमानै गुणस्तर शिक्षा प्राप्त गर्न शिक्षालय एजुकेशन फाउन्डेशनलले सहज गराएको अर्का निर्देशक लक्ष्मण ढकालले बताए । एसिसिए कोर्समा भर्ना खुलिरहेको र इच्छुक विद्यार्थी र अभिभावकले सम्पर्क गर्न सक्ने उनले बताए । यो एसिसिए कोर्षले विद्यार्थीहरुलाई रोजगारी ग्यारेन्टेड शिक्षा दिने बताए ।

यस कोर्षको संसारका १८१ भन्दा बढि देशहरुमा मान्यता रहेको छ । यो कोर्षको ४- ४ महिनामा परीक्षा हुन्छ र एक वर्षमा ४ वटा हुन्छ । यो व्यवसाहिक शिक्षा भएकाले यसको माग दिनप्रतिदिन बढ्दो रहेको छ । काठमाडौँबाट आएका एसिसिएका प्रशिक्षक मनिस अग्रवालले विद्यार्थीहरुलाई एसिसिएबारे ओभरअल जानकारी दिए । उनले एसिसिएको माग दिनप्रतिदिन बढ्दै गएकोले पनि विद्यार्थीको आकर्षण बढेको बताए । नेपालबाट एसिसिए गरेका विद्यार्थी संसारका कुनै पनि ठाउमा गएर रोजगारी गर्ने सर्टिफिकेट प्राप्त गर्ने बताए । फाउन्डेसनमा २१ जना विद्यार्थी भर्ना भएको निर्देशक भुपाल मिश्राले जानकारी दिए । भर्ना भएका विद्यार्थीले सिए भर्ना भई दुई वर्ष पढेको र पास हुन नसकेकोले एसिसिए पास गर्न सजिलो भएको भर्ना भएक विद्यार्थीले बताए ।
असोज २८ गते आइतबारदेखि कक्षा सञ्चालन हुनेछ । उक्त कार्यक्रममा फाउन्डेशनका अन्य निर्देशकहरु भेषराज पोखरेल, ज्ञान बहादुर खड्का र प्रदीप कुमार भगतको पनि उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

नेपालमा थप १ हजार ३९ जनामा काेराेना पुष्टि

काठमाडाैं, २८ भदौ-नेपालमा थप १ हजार ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेम ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले २४ घण्टायताका सहित कुल संक्रमित संख्या ५४ हजार...

कृष्णबहादुर गिरि ‘सिद्धबाबा’ लाई पूपक्षका लागि झुम्का कारागार पठाइयो

विराटनगर, फागुन २०–एक महिलालाई बलात्कार गरेको अभियोग लागेका सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतको आदेश अनुसार प्रहरीले पुर्पक्षका लागि थुनामा राख्न झुम्का कारागार पठाइएको छ । उच्च अदालत विराटनगरले गत माघ ९ गते गिरीलाई...

हिसान स्पोर्ट्स मिट भोलीबट सुरु, एक हजार बढी विद्यार्थीको सहभागि

विराटनगर । १२ औं संस्करणको हिसान स्पोर्ट्स मिट बुधबारदेखि सुरु हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) ले विराटनगरको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।हिसानले मंगलबार विराटनगरमा पत्रकार...

केराबारीमा ट्रयाक्टर दुर्घट्ना हुदा सहचालकको मृत्यु

विराटनगर, १५ फागुन । सुनसरी ईटहरी–३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ । आज बिहान ०८ बजे मोरङ केराबारी–५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

विराटनगर, ४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ लसय ४०, मेची अस्पतालबाट सात, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच, कोसी अस्पताल कोभिड१९ उपचार...

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन् । सरकार गठनमा राप्रपाको साथ नपाएपछि गठबन्धनको बहुमत पु¥याउन सभामुख गौतमले आज राजीनामा दिएका हुन् । उनले उपसभामुख सिर्जना...

धिमाल मुक्ति मोर्चाको अध्यक्षमा तारीलाल, महासचिबमा प्रकाश

विराटनगर । धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा तारीलाल धिमाल चयन भएका छन् । मोरङको उर्लाबारी मंगलबरेमा आइतबार भएको धिमाल राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाबाट अध्यक्षमा तारीलाल सर्वसम्मत चयन भएका हुन् । मोर्चाको वरिष्ठ उपाध्यक्षमा...

शिक्षादिपका विद्यार्थी नर्थ बेङ्गालको साईन्स सेन्टरमा, नेपालमै विज्ञान केन्द्र खोल्न माग

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावको रोजाइमा परेको विराटनगरस्थित शिक्षादीप कलेजका विद्यार्थीहरुले भारतको सिलगुडीस्थित नर्थ बेङ्गालको साईन्स सेन्टर अवलोकन गरेका छन् । उनीहरुले पढाइमा सिकेको कुरा प्रत्यक्ष रुपमा व्यवहारमा उतार्न कक्षा ११...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्