विराटनगरसहित मोरङको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना, यात्रुसँग बढी भाडा लिनेलाई कारवाही
बुधबार, २४ असोज, २०८०,
न्यूज विराट
विराटनगर । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उद्देश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा गरी ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरू भएको हो । मोरङ ट्राफिक प्रहरीले बुधबार एक कार्यक्रमको आयोजना गरी यात्रा सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याएको छ । चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको हो । यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए ।
यात्रुको सहजताका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, सवारी चालक, मजदुरसँग सम्बन्धित संघ संगठन, बसपार्क व्यवस्थापन समितिलगायतका सरोकारवालासँग समन्वय गरिएको उनले बताए । उनका अनुसार चाडपर्वका बेला यात्रुसँग बढी भाडा लिने, यात्रुलाई जथाभावी तान्ने, यात्रुका सामानको सुरक्षा नगर्ने, आरक्षण सिटको कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी र कोचाकोच यात्रु राख्नेलगायतका समस्या सार्वजनिक सवारीसाधनमा देखिने गरेको छ ।
साथै, यात्रुलाई सम्मानजनक व्यवहार नगर्ने, गन्तव्यसम्म नपु¥याउने, एकभन्दा बढी यात्रुलाई एउटै सिटको टिकट काटिदिने, मापदण्डविपरीत सवारी सञ्चालन गर्ने, यात्रुलाई बिचल्ली बनाउने, अस्वस्थ्यकर खाना खान बाध्य पार्ने तथा बेचबिखन गर्ने, गैरकानुनी व्यवहार गरेर यात्रुलाई मर्कामा पार्ने गरिएको छ । यात्रुमैत्री व्यवहार गर्न सबैलाई आह्वान गरिएको बताउँदै पौडेलले यात्रुलाई असुविधा पु¥याउने खालका हर्कत गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने जानकारी दिए । कार्यक्रममा मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जन कुमार दाहाल, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बिजय श्रेष्ठ, विराटनगर ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपानेलगायतको उपस्थीति रहेको थियो ।
विराटनगर, २२ फागुन । मोरङ ग्रामथान गाऊपालिका -४ २५ बर्षीय धिरज माझी स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे कटहरी -७ तकिया चोक स्थितमा प्र१-०२-०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक...
विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका – २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको...
विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम...
विराटनगर, जेठ १–प्रदेश १ मा कोरोना भाईरसका शंकास्पद १० हजार बढीको परीक्षण गरिने भएको छ । १४ वटै जिल्लाका १० हजार बढीको परीक्षण गर्नका लागि मन्त्रालयले तयारी सुरु गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान...
विराटनगर । हुलाकी सडकबाट प्रभावित स्थानमै पुगेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयको गुनासो सुनेका छन् ।ठेकेदारको लापरबाहीका कारण विराटनगर–५ जामुनगाछी पश्चिम जाने सडक निर्माण हुन सकेको छैन । मेयर कोइरालाकै अग्रसरतामा पटक–पटक ठेकेदारसित छलफल...
गाईघाट, १२ वैशाख-उदयपुरको चौदण्डीगढी नगरपालिका-५, शिवाईमा बिहीबार ५८ स्थानीयवासीको कोरोनासम्बन्धी स्वाब नमुना सङ्कलन कार्य सम्पन्न भएको छ । त्रियुगा नगरपालिका–४, मोतिगडामा पनि २० जनाको स्वाब नमुना सङ्कलन गरिएको छ । प्रदेश नं १ का सामाजिक...
विराटनगर । विश्व अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले मनोरञ्जन गरेका छन् । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उनीहरुलाई रवि शंकर विद्या मन्दिरमा लगेर मनोरञ्जन गराएको हो । सो अवसरमा उनीहरुले उक्त विद्यालयमा...
विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटिद्धारा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको छ । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा रोहित यादव...