लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

 न्यूज विराट
लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

विराटनगर । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले धितोपत्र बजार सम्बन्धी विभिन्न विषयमा जिज्ञासा राखेका थिए । विषेश गरी हालै राष्ट्रबैंकले निर्णय गरेको व्यक्तिगत लगानीकर्तालाई १५ करोड र संस्थागतलाई २० करोडको शेयर धितो कर्जा सीमाबारे लगानीकर्ताले चासो देखाएका थिए । विगत दुई वर्ष देखि निरन्तर घटिरहेको शेयर बजार राष्ट्रबैंकको पछिल्लो निर्णय पछि सुधारहुनेमा लगानीकर्ता आशावादी देखिएका थिए । तर, यहि कारणले धितोपत्र बजारमा ठूलो उछाल आउने संभावना भने नदेखिएको लगानीकर्ता भवानी चुडालले बताए ।

पछिल्लो १५–२० करोडको क्याप देखाउने दाँत मात्रै भएको टिप्पणी गर्दै शेयर बजारमा राष्ट्रबैंकले लगाएको क्याप पूर्ण रुपमा हटाउन सुझाव दिए । अर्का लगानीकर्ता अनिल खड्काले शेयर बजारमा लगाइएको क्याप राष्ट्रबैंकले खुकुलो पार्दै जानु सकारात्मक भएको बताए । उनले शेयर बजारमा लगाईएको क्याप पूर्ण रुपमा हटाएर लगानीको वातावरण बनाउनु आबश्यक रहेको धारणा राखे । कार्यक्रममा लगानीकर्ताहरूले शेयर बजारमा एन्आर एन्को लगानी र नयाँ स्टक एक्सचेन्जका विषयमा पनि जिज्ञासा राखेका थिए । सुमेरु सेक्युरिटिज ब्रोकर नं ३९, श्रीहरि सेक्युरिटिज ब्रोकर नं ५६, नेपाल इन्भेष्टमेन्ट सेक्युरिटिज ब्रोकर नं १९, साउथ एशियन बुल्स ब्रोकर नं ४३ र सेकियोर्ड सेक्युरिटिज ब्रोकर नं ३६ ले व्यवस्थापन गरेको कार्यक्रमको सहजीकरण विपिन सापकोटाले गरेका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक पनि एमालेद्वारा बहिस्कार

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । स्थानीय चुनाव समयमै नगर्ने मनसायका साथ छलफल गर्न डाकिएको बैठकमा एमाले सहभागी नहुने उपमहासचिव...

सुनसरीको देवानगन्जमा गोली चलाउने दुई जना पक्राउ, तीन जना अझै फरार

विराटनगर । सुनसरीको देवानगन्जमा गोली चलाई तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगन्ज-१ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेका छन्।सुनसरी...

प्रदेश १ का मुख्यमन्त्री राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता

विराटनगर, १२ पुस-प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहेको बुझिएको छ । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण...

विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

विराटनगर, माघ २३–‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ भन्ने मूल नाराका साथ विराटनगरमा बिहीबारदेखि राष्ट्रिय वैज्ञानिक सम्मेलन सुुरु भएको छ । दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका ३ सयभन्दा बढी जीव वैज्ञानिक तथा...

म्याक्स अस्पतालमा आक्रमण गर्ने दुई जना पक्राउ

विराटनगर, असार १७–विराटनगर महेन्द्र चौक स्थित म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन । बुधबार बिहान करिब ५ बजे वियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा २ जना...

शिक्षादीप कलेजमा जलवायु सम्मेलन, फरक विषयहमा खोज अनुसन्धान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

एमालेको कोशी अधिवेशन : मतदानको समय ५ बजे तोकियो, ३५ स्थानबाट मत हाल्ने व्यवस्था

विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा अपरान्ह ५ बजेदेखि मतदान हुने भएको छ । यसअघि दिउँसो १ बजेदेखि सुरु गर्ने भनिए पनि तयारी नपुगेकाले समय सारिएको प्रमुख निर्वाचन अधिकृत चुडामणि आचार्यले जानकारी दिए ।...

प्याब्सन स्पोर्टस मिटको उपाधि पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको ग्यालेक्सी पब्लिक हाइस्कुल ( कोशी मोडल) स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्