‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा, तीब्र गतिमा सवारी हाक्नेलाइ अन द स्पट कारबाही
शुक्रबार, १९ असोज, २०८०,
न्यूज विराट
विराटनगर । मोरङमा सावारी साधानको गति मापनगर्ने यन्त्र (राडार गन) प्रयोगमा ल्याइएको छ । तीब्र गतिमा गाडी चलाउँदा गाडी दुर्घटना बढेको निश्कर्ष निकाल्दै ट्राफिक प्रहरीले जिल्लामा पहिलो पटक गाडीको गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले पहिलो पटक उक्त यन्त्रको परिक्षणमा ल्याएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । यसअघि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउादा दुर्घटना बढको भन्दै प्रहरीले मापसे चेकजााच गर्न ब्रेथलाइजर मेसिनमा प्रयोगमा ल्याएको थियो ।
दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले बिहीबारदेखी विराटनगरका मुख्य सडक तथा सहयाक सडकमा रडार गन प्रयोग गरी तिव्र गतिमा कुदाइएको सवारी साधानलाई कारबाही गर्न थालेको ट्राफिक प्रहरी निरीक्षक न्यौपानेले बताए । पुर्व पश्चिम राजमार्गमा पनि विभिन्न स्थानहरुमा रहेका चेकपोष्टहरुमा रडार गनको प्रयोग गर्दै ट्राफिक सचेतना अभियान संचालन गर्ने साथै आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने उनले बताए । ‘सवारी चालकको आफ्नै लापारबाहीले गर्दा धेरै भन्दा धेरै दुर्घटना हुने गरेको पाइएको छ । बरु सवारी दुर्घटना हुनुभन्दा अगाडी नै सवारी चालकहरु सचेत गराउन यो उपकरण प्रयोगमा ल्याएको हो,’ उनले भने । दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले मोरङको पुर्व–पश्चिम राजमार्गसहित, विराटनगर र हुलाकी सडकहरुमा अभियान केन्द्रित हुनेछ । ‘ हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउनेछ,’ प्रहरी निरीक्षक न्यौपनेले भने, ‘कुन गाडी कति गतिमा गुडेको छ । त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज हुने छ ।’ राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ ।
विराटनगर । मोरङमा १२ औं चरणको हात्तीपाइले विरुद्धको औषधी सुवाउने कार्यक्रम फागुनको दोस्रोसाताबाट सुरु हुने भएको छ । फागुन ११ गतेबाट मोरङमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु गरिने जनवास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश...
विराटनगर, भदौ १९–शहर तथा गाउँ क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ । शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात...
विराटनगर, १८ भदौ–सुनसरीमा बिहीबार११ सैनिकसहित थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका १९ जना, बर्जु गाउँपालिकामा २ जना, इटहरी उपमहानगरपालिकामा २ जना र भोक्राहा गाउँपालिकामा १ जनामा कोरोना देखिएको जिल्ला...
एजेन्सी, असार ११-कोरोना भाइरसको महामारीको उपचार र त्यससँग सम्बन्धित तयारीबारे नजिकबाट नियालिरहेको एक प्रभावशाली संगठनले कोरोना भाइरसविरुद्धको चार अर्ब खोप उत्पादनको क्षमता रहेको बताएको छ । कोरोनाविरुद्धको खोपका ९ परियोजनामा यो संगठनले काम गरिरहेको छ...
सप्तरी, ३० असार । एक सातायता बढेको तापक्रमले सप्तरीको जनजीवन निकै प्रभावित भएको छ। दिनभर चर्को घाम लाग्ने, हावा नचल्ने भएपछि सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । यहाँको तापक्रम लगातार तीन दिनदेखि ३६ डिग्री सेन्टिग्रेट...
विराटनगर । १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सवैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ । मोरङ स्टे«न्थलिपिटङले गोल्ड मेडल जित्ने...
विराटनगर । विराटनगरमा दोस्रो संस्करणको एसईइ अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा विराटनगरमा असार ३० गतेदेखि उक्त प्रतियोगिता सुरु हुने भएको...
विराटनगर । विराटनगर ३ मा रहेको मानगढ खानेपानीको विषयमा नेकपा एमालेका विराटनगर महानगरपालिकाका अध्यक्षसहित तीन जना गरेको कारवाही फिर्ता लिन माग गरिएको छ ।एमाले विराटनगर महानगरका १९ वटै कमिटीका अध्यक्ष, सचिव तथा इन्चार्जहरुले जिल्ला अध्यक्ष...