विराटनगरको लर्डबुद्ध र विराट क्षितिज कलेज मर्ज

 न्यूज विराट
विराटनगरको लर्डबुद्ध र विराट क्षितिज कलेज मर्ज

विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रमा अब्बल सावित भएको विराटनगरको दुई कलेज मर्ज भएको छ ।विराटनगरस्थित लर्डबुद्ध कलेज र विराट क्षितिज कलेज मंगलबार बाट मर्ज भएको कलेजले जनाएको छ ।

शैक्षिक क्षेत्रमा इतिहास बोकेको दुई कलेजहरुले मर्ज गरी बिद्यार्थीहरुलाई समय सापेक्ष एवम् प्रविधिमैत्रि वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले मर्ज गरिएको लर्ड बुद्ध कलेजका प्रबन्ध निर्देशक राजेश भट्टराईले जानकारी दिए । मर्जर पछिको यस कलेजले प्रदेश तथा राष्ट्रिय स्तरमा अब्बल शैक्षिक संस्थाको रुपमा आफुलाई स्थापित गर्दै अगाडी बढने उनले बताए । २१ आंै शताब्दी सुहाउदो अन्तराष्ट्रिय स्तरको मापदण्डलाई पूरा गर्ने शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा अबका दिनमा अवलम्वन गर्ने कार्यक्रम रहेको उनले सुनाए ।

‘कलेजले राष्ट्रिय तथा प्रादेशिक रुपमा प्राप्त गरेको सफलता चाहे त्यो शैक्षिक वा अतिरिक्त क्रियाकलापको नतिजा नै किन नहोस् त्यसको पछाडिको महत्वपूर्ण कडी भनेको हाम्रो आदरणीय अभिभावकवर्गले हामिप्रति अहिलेसम्म गर्नुभएको बिश्वास तथा प्रगाढ स्नेहले गर्दा नै हो,’ प्रबन्ध निर्देशक भट्टराईले भने, ‘अगामी दिनमा परिवर्तित शैक्षिक परिवेशलाई मध्यनजर गर्दै लैजाने नीति तथा कार्यक्रमहरुलाई यहाँहरुले हार्दिकताका साथ ग्रहण गरी कलेजको शैक्षिक उन्नयनमा सहयोग गरिदिनु हुन्छ भन्ने अपेक्षा गर्दछौं ।’

यो मर्जर प्रक्रिया शैक्षिक उन्नति, प्रगति तथा शिक्षण सिकाइका लागि एउटा सकारात्मक कदम हुने बताइएको छ । दुई शैक्षिक संस्था मर्जपछि शैक्षिक संस्थाबाट अझ उत्कृष्ट, गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्दै असल, चरित्रवान, नैतिकवान नागरिक उत्पादन गर्ने जनाएको छ ।

मर्जबाट दुवै संस्थाहरुले संचालन गर्दै आएको त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सम्पूर्ण कार्यक्रमहरु एक आपसमा समाहित भई संचालन हुने कलेजले जनाएको छ ।

व्यवस्थापन, कानुन, शिक्षा संकाय अध्यापन हुँदै आएको कलेजमा मर्ज पछि यस कलेजमा बिशेष गरि सुचना प्रविधी सम्बन्धी कोर्सहरुको पनि पढाई हुनेछ । ‘हाम्रो उद्देश्य आजको बजार सुहाउदो व्यबहारिक शिक्षा प्रदान गर्नु रहेको छ । हामी विधार्थीलाई व्यवहारिक शिक्षाको साथै रोजगारीको अवसर पनि प्रदान गर्नेछौ । हामी यस कलेजको नयाँ भविष्यको बारेमा अत्यन्त संवेदनसिल एवम् उत्साहित छौ । हामी विश्वास गर्दर्छाै कि यो मर्जर कार्यक्रमले बिधार्थीहरुको सिकाई उपलब्धीमा बृद्दि भई उनीहरुको शैक्षिक, शारीरिक, मानसिक एवम् चरित्र निर्माणमा कोसेढुङ्गा सावित हुनेछ । प्रविधिमैत्रि वातावरण र अहिलेको समय सापेक्ष अनुसार सिक्ने सिकाउने अभियानमा हामी सदैव सचेत रहिरहने छौ,’ दुवै कलेजले संयुक्त रुपमा जारी गरेको विज्ञाप्तीमा उल्लेखछ ।

लर्डबुद्धको तर्फबाट प्रबन्धक निर्देशक राजेश भट्टराई र विराट क्षितिज कलेजको तर्फबाट प्रबन्ध निर्देशक निरिश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
यसअघि पनि लर्डबुद्ध कलेजले कोशी कलेजसँग मर्ज गरी सकेको छ ।

सम्बन्धित समाचार

डाक्टर केसीलाई स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उपचार खर्च सरकारले ब्यहोर्छ’

काठमाडौं, कात्तिक २९-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणपछि आइसोलेसनमा रहेका डा. गोविन्द केसीलाई स्वास्थ्यलाभकाेे कामना कामना गरेका छन्। शनिबार एक ट्विटमार्फत स्वास्थ्यलाभकाे कामना गर्दै ओलीले  डा. केसीकाे उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने जानकारी पनि दिएका...

भीम पराजुली संसदको ढोका खोल्न सफल

विराटनगर । मोरङको क्षेत्र ४(२) बाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रदेशसभा सदस्यमा विजयी भएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पराजुलीले १ हजार ७८८ मतका साथ बाजी मारेका छन् । उनका...

शिपमुलक तालिममा प्रदेश १ सरकारले एकरुपता ल्याउने

विराटनगर, ११ मंसिर–प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीप मुलक तालिमलाई एकरुपता दिईने भएको छ । सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल शुरु भएको छ । सामाजिक...

विराटनगरमा विराट एक्स्पो सुरू

विराटनगर । विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा शनिबारदेखि विराट एक्स्पो सुरू भएको हो ।माघ २० गतेसम्म चल्ने विराट एक्स्पोको संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री...

सुनसरीमा भोलिदेखि ६ मंसिरसम्म निषेधाज्ञा, तिहारमा देउसी-भैलोसमेत रोक

विराटनगर, ३० असोज-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो...

७ वर्षे प्रावधानसहित नागरिकता विधेयक समितिवाट पारित

काठमाडौं, ७ असार-संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित भएको छ । समितिमा आज भएको छलफलपछि समितिका बहुमत सदस्यले वैवाहिक अंगिकृतलाई सातवर्षपछि नागरिकता दिने प्रावधानसहित विधेयक पारित गरेको हो ।...

काममा जान्छु भनेर घरबाट हिडेका युवाको मोरङको रंगेलीमा शव भेटियो, हत्याको आशंका

विराटनगर । मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । मोरङ सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोक कुमार यादव धामीको शव भुटिएको छ । घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान...

ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप

काठमाडौं, २० असार-ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ । आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच झडप भएको हो । अवस्था नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्