सिरहाको मिर्चैयामा बस दुर्घटना : दुईको मृत्यु, २३ जना घाइते

 न्यूज विराट
सिरहाको मिर्चैयामा बस दुर्घटना :  दुईको मृत्यु, २३ जना घाइते

विराटनगर । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्। आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा धनुषाको जनकपुर उपमहानगरपालिका २० का ५३ वर्षीय अनिलकुमार झा र मिर्चैया २ का ४३ वर्षीय राजकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। बसको स्प्रिङ पट्टा भाँचिएर बस दुर्घटनामा परेको चालकले बताएका छन् । दुईजनाको घटनास्थलमै मृत्यु भएको हो। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

विराटनगरकी ७९ वर्षीया वृद्धा चन्द्रकुमारीको उद्धार

विराटनगर, माघ १६–विराटनगरमा एक बिरामी वृद्धाको उद्धार गरिएको छ । विराटनगर– ११, पिचरामा जाडोले कठ्याङग्रिएर बिरामी भई थला परेकी वृद्धा चन्द्रकुमारी ठकुरीको उद्धार गरिएको हो । वृद्धा चन्द्रकुमारीलाई । विराटनगर– ११ का वडा अध्यक्ष तिर्थेन्द्र...

बाजुरामा जनप्रतिनिधिकै कारण कोरोनाको जोखिम

बाजुरा, १८ वैशाख-बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको अवधिमा पनि बाजुरामा बाहिर जिल्लाबाट भित्रिने नागरिकको संख्या ह्वात्तै बढेको हो । जिल्ला स्तरीय कोभिड–१९...

सेल्फ मेकअप तालिम सकियो

विराटनगर । १२ दिने सेल्फ मेकअप तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिका ५ नम्बर वडाको सहयोग र मिनाज ब्यूटि केयर एण्ड पार्लरको आयोजनामा उक्त तालिम आइतबार सम्पन्न भएको हो ।विराटनगर ५ नम्बर वडा भित्रका...

सिटिभिटीले लिएको लेभल टूको परीक्षा विवादमा, केन्द्र सारेर पुनः परीक्षा लिन माग

विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) ले सौन्दर्यकर्मीहरुको लागि सुरू भएको लेभल टूको प्रयोगत्मक परीक्षा विवादमा परेको छ । ३ फागुनदेखि विराटनगरमा सुरु भएको प्रयोगत्मक परीक्षा विवादमा परेको हो । परीक्षा निष्पक्ष हुन...

पूर्वराजा ज्ञानेन्द्र सपरिवार झापाबाट फर्किए 

झापा, २ जेठ-पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानस्थित निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडौं फिर्ता भएका छन् । कोभिड –१९ को रोकथामका लागि सरकारले ११ चैतदेखि लागू हुने गरी लकडाउन...

नेपालले सहुलितय दरमा २० प्रतिशत नागरिकलाई पुग्ने कोभिड खोप ल्याउने

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप  कूल जनसंख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि...

संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस

काठमाडौं, ५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।

गाँजासहित कटहरीबाट २ युवा पक्राउ

विराटनगर, १९ साउन-मोरङको कटहरी गाउँपालिकामा २ जना युवालाई ३ केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ सिङगिया खोला नजिक वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले आइतबार जाँचको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्