विराटनगर । विराटनगर ३ पिपल चौकस्थित हाउस लाउन्ज एण्ड बार संचालनमा आएको छ । महिला उद्यमी श्रुती शर्माले करिब १ करोड रुपैयाँ लागतमा हाउस लाउन्ज एण्ड बार शुक्रबारदेखि संचालनमा ल्याएकी हुन् ।
पारिवारिक, खुल्ला र रमणीय वातावरणमा रमाउँदै सबै किसिमका खानाका साथै पेयपदार्थहरुको आनन्द लिन चाहने पारखीहरुका लागि विराटनगरमा ओपन हाउस लाउन्ज एण्ड बार खुलेको छ । शिक्षाको क्षेत्रमा लागेर काम गरिरहेकी शर्माले आजको समयमा एउटा व्यापार व्यवसाय, पेशामा मात्र लागेर जिविका चलाउन नसकिने भन्दै यो व्यवसायमा आफ्नो रुचि रहेकाले सुरु गरेको बताएकी छिन् ।
यस रेस्टुरेन्टमा थकाली खानादेखि लिएर इन्डियन, चाईनिज र विभिन्न महादेशीय खानाका परिकारहरुका साथै बारको पनि व्यवस्था गरिएकाले सबै किसिमका खाना र पेय पदार्थका पारखीहरुका लागि एकै छाना मुनि सबै पाइने उनले जानकारी दिइन् । पहिले काठमाडौँमा फ्लेम्स् रेस्ट्रो क्याफेको रुपमा सुरु गरेको व्यापारलाई टिमसहित विराटनगरमा सारिएको उनले बताइन् ।
रेस्टुरेन्टले करिब १६ जनालाई रोजगारी पनि दिने उनले बताइन् । रेस्टुरेन्ट हरेक दिन दिउँसो १२ बजेबाट बेलुका १० बजेसम्म खुला रहनेछ । साथै यहाँ अनलाइन अडर र डेलिभरीको पनि व्यवस्था गरिएकोले घरमा बसीबसी खाना अर्डर गर्न सकिनेछ ।
यस्तै बुधबार ‘वेडनस्डे वुमेन नाइट्स’ मा महिलाहरुका लागि विभिन्न अफर, शुक्रबार ‘फ्राइडे नाइट्स’मा संगीतिक कार्यक्रमको पनि आनन्द लिन सकिनेछ ।
पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...
काठमाडौं, २७ मंसिर । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावका लागि...
विराटनगर, १० भदौ–प्रदेश १ मा बुधबार १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक...
उत्तर कोरियाली नेता किम जोङ अनको स्वास्थ्यसम्बन्धी गम्भीर सूचनाहरू सार्वजनिक भएको करिब ३ हप्तापछि शनिबार उनको तस्बिर नै सार्वजनिक भएको छ । शनिबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले उनले कुनै एक सार्वजनिक समारोहमा सहभागी भएको तस्बिर सार्वजनिक...
विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सुरु भएको छ । विराटनगर जुटमिल खेलमैदानमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुल विजय भएको छ । उद्घाटन खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित जेभियर स्कुललाई टाईब्रेकरमा ५–४...
काठमाडौं, २२ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मन्त्रालयका...
इलाम, २५ असार । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका- ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।...
काठमाडौं, १ कात्तिक-प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश...