इलाममा कोरोना संक्रमणका कारण एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु

 न्यूज विराट
इलाममा कोरोना संक्रमणका कारण एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु

इलाम, २५ असार । कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका- ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो ।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको निधन भएको हो ।

एकै परिवारका दुईको निधन भएसँगै गाउँमा त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होमआइसोलेसनमा छन् ।

छ दिनअघि उनीहरूलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सङ्क्रमित सबै होमआइसोलेसनमा थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ । स्थानीय राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य छ ।

इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ । सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

१० स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ सङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना मात्र सङ्क्रमित छन् । हाल गाउँगाउँमा सङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । सवारी सञ्चालन र लकडाउन खुकुलो भएसँगै आवतजावत वृद्धि भएपछि सङ्क्रमण बढ्न थालेको हो ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ज्ञापनपत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना...

एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार

काठमाडौं, जेठ १९ । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन...

प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा कोष’ मा सहकारीको साढे ५ लाख योगदान

विराटनगर, चैत २६–विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा मोरङका विभिन्न सहकारी संघ÷संस्थाको तर्फबाट साढे ५ लाख रुपैयाँ योगदान गरिएको छ ।...

आज ३०५१ संक्रमित थपिए, ३४३० जना डिस्चार्ज

काठमाडौं, २० कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष रहेका छन् ।  योसँगै संक्रमितको...

विप्लवले गरे सरकारकाे प्रशंसा

काठमाडाैं, ३२ जेठ-नेत्रविक्रम चन्द 'विप्लव'ले नेतृत्व गरेको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले केन्द्र सरकारकाे प्रशंसा गरेकाे छ । दबाबका बीच भारतबाट अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको...

कृषि एक्स्पोको तयारी पुरा, पाँच ब्लकमा १३० वटा स्टल रहने

विराटनगर । प्रदेशमै पहिलो पटक कृषि एक्स्पो २०८१ हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भदौ २७ देखि ३० गते सम्म कटहरी कृषि थोक बजारमा एक्स्पो हुने भएको हो ।एक्स्पोको सम्पूर्ण...

समय तालिकाअनुसार सबै व्यवसाय खुलाउन माग

पोखरा, १७ जेठ-लकडाउनका कारण अर्थतन्त्र सिथिल भएको भन्दै पोखरा क्षेत्रका व्यावसायिक प्रतिष्ठानका प्रतिनिधिले समय तालिका मिलाएर सबै व्यापार/व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरूले प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन पालना गर्दै व्यवसाय गर्न तयार...

राष्ट्रियसभामा एमालेले गर्‍याे अर्थमन्त्रीलाई बहिष्कार

  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रियसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरू सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर, प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्