लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

 न्यूज विराट
लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सोमबार विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेकामेचीनगरनगरपालिका(६का २० वर्षीय सुजनबिश्वकर्माको साथबाट एक ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

यसैगरी सोमबार साँझ सवा ५ बजे ईलाका प्रहरी कार्यालय झिलझिले झापाको प्रहरी टोलीलेझापाको शिवसताक्षी नगरपालिका(११ दुधे स्थित बस काउन्टरबाट प्र १ – ०१- ०१३ प ६५८१ नम्बरको स्कुटरमा चामलको बोरा भित्र प्लास्टिकले पोको पारी लुकाई छिपाई ल्याएको ९ ग्राम ७ सय ७० मिलिग्राम लागुऔषध ब्राउनसुगर र स्कुटर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाकोशिवसताक्षीनगरपालिका(१ धरमपुरका २९ वर्षिय साजन राई र ३५ वर्षिय सुन्दर लावती रहेका छन । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइ रहेको छ ।

यसैगरी मोरङको बिराटनगर महानगरपालिका १५ स्थितबाट प्रहरीले ठुलो परीणाममा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । सोमबार दिउँसो साढे १ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप(महानगरपालिका(१२ का ४० बर्षीय शुसिल कुमार साह र चितवनजिल्लाको भरतपुर महानगरपालिका(१ का ३२ बर्षीय राजकुमार श्रेष्ठको साथबाट ५८ ग्राम ७८ मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद रूपैया १० हजार बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

कांग्रेसले प्रस्ताव गर्यो नेतादेखि समर्थकसम्मको बरियता

काठमाडौं, असार २८ । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा मात्रै पर्ने देखिनुभएको छ । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय...

विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ

विराटनगर, ९ जेठ । विराटनगर मटेरुवा चोकबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–१ कि ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् । उनलाई विराटनगर– १७ मटेरुवा चौकबाट प्रहरीले पक्राउ गरेको...

आयल निगमले पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं, चैत ३–नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य घटेपछि नेपाल आयल निगमले मूल्य समायोजन गर्दै प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको हो । मूल्य घटाएसँगै उपत्यकामा पेट्रोलको मूल्य...

संवैधानिक नियुक्ति विवादः सभामुख सापकाेटाकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध सभामुख अग्नि सापकाेटाले दिएकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलासले संवैधानिक आयोगको नियुक्तिबारे परेको मुद्दामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयसहित विपक्षीका...

पशुपतिनाथको मन्दिर २८ माघदेखि खुल्ने

काठमाडौं, २६ माघ । कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर २८ माघदेखि खुल्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज जारी गरेको सूचनाअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ...

युवा उद्यम विकास र प्रवद्र्धनमा सहकार्य

विराटनगर । ओबी मिडिया प्रालि र नेपाली उद्यमी युवा मञ्च विराटनगर च्याप्टरबीच दुई पक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न दुई संस्थाबीच सम्झौता भएको हो । मञ्चका अध्यक्ष राघव कोइराला...

संकटको बेला उदयपुरका राजनीतिक दल एक ठाँउमा

उदयपुर, बैशाख १०-विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्ध अहिले विश्वनै लडि रहेको छ । यो महामारीले नेपाललाई पनि छोएको छ । कोरोनाबाट नेपालको सबै भन्दा प्रभावित जिल्ला उदयपुर भाको छ । उदयपुरमा संक्रमितको संख्या...

उत्तरी सिक्किमस्थित दुई देशीय सीमानामा भारत र चीनका सैनिकबीच झडप

काठमाडौं, २८ वैशाख-भारत र चीनका सैनिकबीच झडप भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी सिक्किमकाे नाकु ला क्षेत्रस्थित दुई देशीय सीमाना खटिएका २ देशका सैनिकबीच झडप भएकाे हाे ।  झडपमा ७ चिनियाँसहित ४ भारतीय सैनिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्