पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

 न्यूज विराट
पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् ।

गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने काम केही राजनीतिक दलको केन्द्रीय नेतृत्वबाटै भएको आरोप लगाएका हुन् ।

प्रदेशसभाले राखेको नामको विपक्षमा केन्द्र सरकारका मन्त्री र सत्तारुढ दलका नेताहरुले अभिव्यक्ति दिएको र त्यसले आन्दोलनमा आगोमा घिउ थप्ने काम गरेको उनको भनाइ छ ।

उनले नेकपा माओवादी केन्द्रप्रति लक्षित गर्दै नामकरणमा मतदान गर्दा गल्ती भयो भन्ने लागे पनि बाहिर भन्न नमिल्ने बताए । ‘तर सम्माननीय व्यक्तिबाट भनिएको छ, राष्ट्रिय राजनीतिक पार्टीका, नेपालको सत्तारुढको नेतृत्व गरेको पार्टीले भनिरहेको छ’, मुख्यमन्त्री कार्कीले भने, ‘मन्त्रीहरु बोलेर हिँडरहनुभएको छ, उहाँहरुलाई अधिकार छ कि छैन प्रदेशले गरेको निर्णयमा तिमीले गरेको नामकरण गलत भयो भन्ने ?’

पहिचानको आन्दोलनको नाममा नेकपा एमालेलप्रति मात्र लक्षित गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

सम्बन्धित समाचार

सवारी लाइसेन्स परीक्षा खुला गरिँदै

कोरोना संक्रमणपछि बन्द भएको यातायात सवारी लाइसेन्सको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले परीक्षाको व्यवस्था गर्ने जनाएको हो । विभागले परीक्षाका लागि...

सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

विराटनगर, ९ मंसिर–सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने दावी गरेका छन् । विराटनगरमा मंगलबार साँझ सञ्चारकर्मीहरुसँग कुुरागर्दै उनले नेपाली जनताले पाँचवर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो...

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर नष्ट

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । मंगलबार बिहान ९ बजेदेखि सुरु भएको आगलागी दिउँसो मात्रै नियन्त्रणमा आएको हो । ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले दमकल, स्थानीयबासी र...

कालापानी हाम्रै होः सभापति देउवा

काठमाडौं, ३१ वैशाख-बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सिमाविवादमा सरकारले पहल गर्न सुझाव दिएका छन् । उनले आज भएको छलफलमा सुगौली सन्धिमा जुन कुरा प्रष्ट छ त्यहि हुनुपर्ने...

घरमा प्रयोग गरिएको काठको बिलबिजक खोज्नुपर्ने वन पैदावार व्यवसायीको माग

बेलबारी । काठ सहितको वन पैदावारको व्यवसाय गर्दै आएका व्यवसायीहरूले अवैध रूपमा हुने काठको कारोबार नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ कोशी प्रदेशमा आबद्ध व्यवसायीहरूले यस्तो माग गरेका हुन्। महासंघले सो...

अध्यक्षद्वयकाे प्रस्तावमाथि छलफल जारी

काठमाडौं, २६ भदौ-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा केहीबेर बसेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली बाहिरिएका छन् । झण्डै डेढ महिनाअघि स्थगित बैठक अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा बिहिबार...

८ कोरोना संक्रमित गर्भवतीको सुरक्षित प्रसूति

चितवन,  २८ भदौ-भरतपुर अस्पतालले कोरोना संक्रमित ८ जना गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल २ गर्भवती उपचाररत छन् । अस्पतालले संक्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको...

सर्वाेच्चमा एमालेको पुनरावेदन निवेदन, केन्द्रीय कमिटी नै महाधिवेशन आयोजक कमिटी

काठमाडौं, असार ७ । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई अकैध घोषणा र कारवाही गरेका कर्णाली प्रदेशका ४ जना सांसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध पुनरावेदन निवेदन (भ्याकेट) दर्ता गरेको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्