अतिरिक्त क्रियाकलापमा  पनि शिक्षादीप अब्बल : एन्जल र सुगम भए मावि स्तरीय निबन्ध प्रतियोगितामा प्रथम 

 न्यूज विराट
अतिरिक्त क्रियाकलापमा  पनि शिक्षादीप अब्बल : एन्जल र सुगम भए मावि स्तरीय निबन्ध प्रतियोगितामा प्रथम 

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज गुणस्तरीय शिक्षामा मात्र नभएर अतिरिक्त क्रियाकलापमा  समेत अब्बल साबित भएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी र अभिभावको मन जितेको शिक्षादीपले अतिरिक्त क्रियाकलापहरूमा पनि आफूलाई अब्बल साबित गर्न सफल भएको हो । यसको पुष्टि मङ्गलवार भएको छ ।

कोशी प्रदेश सरकारले संविधान दिवसको अवसर पारेर आयोजना गरिएको ‘संविधान कार्यान्वयन : चुनौती र समाधान’ विषयक अन्तर माध्यमिक विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगितामा शिक्षादीप कलेजका छात्र र छात्रा दुवै विधामा प्रथम स्थान हासिल गर्न सफल भएको हो । 

एक दर्जन विद्यालयलाई पछि पार्दै छात्रातर्फको प्रथम शिक्षादीप कलेजकी कक्षा १२ मा  विज्ञान सङ्कायमा अध्ययनरत एन्जल राई भइन् । छात्रतर्फको प्रथम पनि शिक्षादीप कलेजकै कक्षा ११ मा अध्ययनरत सुगम ढकाल घोषित भए । 

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा  मिहेनती प्राध्यापक, शिक्षक शिक्षिकाहरूबाट अध्यापन भएपछि शिक्षादीपका विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुने गरेका छन् ।  स्थापनाकाल देखिनै सधैँ टप टेनमा पर्न सफल शिक्षादीपमा पढाई बाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट रहँदै आएको छ । विज्ञान र व्यवस्थापन सङ्काय पढाई हुने शिक्षादीपमा अत्याधुनिक सुविधा सम्पन्न भवनमा भयरहित वातावरणमा पढाइ हुने गरेको छ ।

उत्कृष्ट हुने विद्यार्थीहरूलाई कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्ग र मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त पुरस्कार वितरण कार्यक्रममा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, निर्देशक भूपेन्द्र दाहाल र कार्यक्रम संयोजक नविन कुमार रोय को पनि उपस्थिति रहेको थियो । 

यसै गरी छात्रातर्फको द्वितीय बिकेभिएम स्कुलकी स्वीकृति अधिकारी र तृतीय सेन्ट म्यारिज स्कुलकी उषासिंह कार्की घोषित भइन् । छात्रतर्फको द्वितीय बिकेभिएका सफल तिम्सिना र तृतीय अरनिको कलेजका अनुक्रम काफ्ले भए । 

सम्बन्धित समाचार

वाइवाइ यु– १९ राष्ट्रिय क्रिकेट मधेश र कर्णाली विजयी, सूदुर र लुम्विनीविच फाइनल खेल बुधबार

विराटनगर । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कर्णाली प्रदेशले विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले वागमती प्रदेशलाई...

ह्वात्तै घट्यो आज सुनको मूल्य

बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । आज एकै दिन सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँ घटेको हो । मंगलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९५ हजार...

प्रदेश १ सरकार मन्त्रिपरिषद् बैठकः स्वयंसेवी अभियान कार्यविधि स्वीकृत

विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको...

नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झर्‍यो

काठमडौं, १३ वैशाख-नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६३ संक्रमित थपिए, १७९ डिस्चार्ज

विराटनगर, १८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा एक र प्रदेश बाहिरका ४ काजना रहेको सामाजिक विकास...

बजेट यथार्थपरक छ, कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

विराटनगर, २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको दाबी गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको भेटमा मन्त्री आङ्बुहाङले...

जनकपुर एयरपोर्टबाट ३ लाख रुपैयाँसहित १ भारतीय नागरिक पक्राउ

३ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई जनकपुरधाम एयरपोर्टबाट प्रहरीले पक्राउ गरेको छ । श्री एयरलाइन्सबाट काठमाडौं जान लागेको यात्रुलाई चेक जाँच गर्ने क्रममा भारतको मुजफ्फपुर थाना काँटी ग्राम पञ्चायत काँटी वडा नं. ९ बस्ने २०...

थम रविदानन्द चौधरी कप : राइजिङ भेट्रान सेमिफाइनलमा

विराटनगर । सुनसरी इटहरीको राइजिङ भेट्रान्स क्लब प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा बिहीबार भएको खेलमा ढल्केजोवन भेट्रान प्रकाशपुरलाई ४–३गोलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्