विराटनगर । मोरङ र सुनसरीमा हातहतियार देखाउँदै श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२० दिनमा ११ ठाउँमा श्रृंखलाबद्ध लुटपाट गर्दै हिड्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये एक जना नावलक रहेका छन् । उनीहरुलाई मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।
यसरी पक्राउ पर्नेहरूमा सुनसरी दुहवी नगरपालिका ४ का बर्ष ३२ का नसुदिन मियाँ, सोही ठाउँका ३० वर्षे मो.अलिम मुर्तुजा, मोरङ बुढिगंगा गाउँपालिका ४ बस्ने बर्ष ४० का रिजवन मिया, भारत घर भई हाल दुहवी नगरपालिका ६ का बर्ष ४० का मो.आलम, बुढिगंगा गाउँपालिका ५ बस्ने बर्ष २१ का मो. नजरूल मिया र सोही ठाउँका बर्ष २५ का सिजाम आलम रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनक कुमार दाहालले बताए ।
पक्राउ परेका रिजवान लुटपाटको मुख्य नाइेके रहेको प्रहरीले जनाएको छ । उनको योजना अनुसार लुटपाट हुने गरेको डिएसपी दाहालले बताए । रिजवान २०६४ देखी २०७९ सम्म गरी जम्मा १० वटा अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनी विरुद्ध डाका ज्यान, चोरी, हात हतियार खर खजाना, ज्यान मार्ने उद्योग लगायतका मुद्धामा अनुसन्धान भई २०७० मा हात हतियार मुद्धामा पुर्पक्षको लागि कारागार चलान भए । रिजवान २०६४ सालको डाँका मुद्दा र २०६५ सालको डाँका ज्यान मुद्दाको फरार प्रतिवादी समेत हुन् ।
अपराधिक घटनामा संलग्न भइ कैद भुक्तान गरी निस्किएपछि ७ जनाको समूहले मोरङ र सुनसरीको विभिन्न स्थानमा श्रृंखलावद्ध लुटपाट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने समूह पनि यही रहेको एसपी पोखरेलले बताए । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल ६ जनाको समूहले लुटपाट गरेका थिए । लुटेरा समूहले प्रहरीको चाइनिज पेस्तोल म्यागेजिनबाट फाइरिङ नभएपछि उनीहरूलाई आक्रमण गरेर हतियार लुटेर लगेका थिए । सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना सङ्कलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो ।
प्रहरीको लुटेर लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ । प्रहरीले उनीहरुलाई शनिबार पक्राउ गरेको हो । भदौ २२ गते राती ११ः३० बजेको समयमा बुढिगंगा गाउँपालिका ५ कोयलपुर क्षेत्रमा पैदल हिंडिरहेका ३ जना व्यक्तिहरुलाई लुटपाट गर्न खोजेका थिए । ‘लुटपाट गर्ने सूचना प्रहरी कन्ट्रोलमा सुचना प्राप्त भई तत्काल त्यस तर्फ प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन भएको थियो । कोयलपुर क्षेत्रको नहर सडकमा शंकास्पद रुपमा हिंडिरहेका ६ जना व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो,’ एसपी पोखरेलले भने ।
पक्राउ परेपछि अनुसन्धानको क्रममा मोरङ प्रहरीका डिएसपीको कमाण्डमा खटिएको टोलीले बुढिगंगा – ५ स्थित मुस्लिम टोलबाट लुटपाटमा प्रयोग भएका हातहतियार र सवाधारी साधान बरामद भएको थियो । प्रहारीले हातहतियार रिजवान मियाको घरबाट बरामद गरेको हो ।
‘लुटपाटमा संलगन गिरोहाले राती र एकान्त स्थानको फाईदा उठाउँंदै बाटो ढुकेर योजनावद्ध तरिकाले लुटपाट गरेको देखिएको छ,’ एसपी पोखरेलले भने, ‘उनीहरुले लुटपाटमा डर त्रास देखाउन कटुवा पेस्तोल, रड, लाठी लगायतका घरेलु हातहतियार प्रयोग गरेको देखिएको छ । लुटपाट गरेपछि पीडितलाई आक्रमण पनि गरेको पाइएको छ ।’ पक्राउ परेका लुटेराको समूहले २० दिनमा मोरङ र सुनसरीको विभिन्न थानमा ११ वटा लुटपाट गरेको पाइएको छ । उनीहरुले भदौ २ देखि २२ गतेसम्म दैनिकजसो मोरङ र सुनसरीको विभिन्न स्थानमा लुटपाट गरेको देखिएको छ । एक दिनमा फरक फरक स्थानमा दुई पटकसम्म चोरी गरेको पाइएको छ । प्रहरीले उनीहरुको साथबाट चाईनिज पेस्तोल, कटुवा पेस्तोल, तीन थान रड, धारिलो हतियार चक्कु २ थान बरामद गरेको छ । यस्तै दुई थान मोटसाइकल, नेपाली नगद १ लाख ७५ हजार २७५, भारतीय नगद ११ हजार ६ सय बरामद गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...
झापा, ४ मङ्सिर-नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित हुनुभएको छ । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन...
जनकपुर, माघ २४–अभिव्यक्तिका कारण पटकपटक विवादमा पर्दै आएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केटीले केटाको मुखमा एसिड फाल्ने कुरो गरेर फेरि विवादमा आएका छन् । मुख्यमन्त्रीको एसिडसम्बन्धी वक्तव्य सामाजिक सञ्जलमा भाइरल भइरहेको छ ।...
काठमाडौं, २५ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो पार्टीका ६१ जना सांसदले आफुहरु कुनै गुटमा नलाग्ने घोषणा गरेका छन् । आज नेकपा संसदीय दलको कार्यालय सिंहदरवारमा भेला भएर उनीहरुले...
विराटनगर, जेठ १४-पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले जहदा गाउँपालिकालाई राहत हस्तान्तरण गरेका छन् । बन्दाबन्दीका कारण रोजगारी गुमेर हातमुख जोर्न समस्यामा पर्दै आएका परिवारलाई वितरण गर्न गाउँपालिकालाई ५ हजार...
विराटनगर । विराटनगर – ७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा अध्ययरत २० जना जेहन्दार छात्रछात्रालाई छात्रवृत्ती प्रदान गरिएको छ ।स्वर्गीय श्रीमती सुमनदेवी गोयलको नाममा स्थापना भएको १४ लाखको छात्रवृत्ति कोषबाट बिहीबार स्कुल परिसरमा एक कार्यक्रमको बीच...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सरकारले आफ्नो अधिनायकवादी चरित्र उदाङ्गो पारेको आरोप लगाएका छन् । बिहीबार नेकपाकी नेतृ झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेपछि वरिष्ठ नेता पौडेलले सरकारले...
विराटनगर, वैशाख २–प्रदेश १ का स्वास्थ्यकर्मीका लागि नि ः शुल्क सिम कार्ड वितरण गरिने भएको छ । एनसेल विराटनगर शाखाले प्रदेश १ का स्वास्थ्यकर्मीका लागि पुग्ने गरि मंगलबार सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सिमकार्ड उपलब्ध...