उद्धव थापालाई सर्वोच्चको दोस्रो झड्‍का, पहिलोपटक १९ र दोस्रोपटक ३५ दिनमा गुमाए पद

 न्यूज विराट
उद्धव थापालाई सर्वोच्चको दोस्रो झड्‍का, पहिलोपटक १९ र दोस्रोपटक ३५ दिनमा गुमाए पद

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई दोस्रोपटक पदमुक्त गरेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार विश्वासको मत लिने प्रक्रियामा संविधान मिचिएको ठहर गर्दै थापाको नियुक्ति बदर गरेको हो।

पहिलो पटक सभामुखसहितको हस्ताक्षरमा दाबी गरेर मुख्यमन्त्री भएको अभियोगमा सर्वोच्चले साउन ११ गते नियुक्ति बदर गरेको थियो। दोस्रो पटक विश्वासको मत लिदाँ जेष्ठ सदस्यको रुपमा सभा सञ्चालन गरिरहेका इस्राइल मन्सुरले विवादास्पद मत दिएपछि पदमुक्त हुनुपरेको हो।

पहिलो पटक थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले असार २१ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ अनुसार थापा मुख्यमन्त्री भएका थिए ।

असार २२ गते शपथ लिएका थापाले आफ्नो मन्त्रिपरिषद्‌मा ६ जना मन्त्री नियुक्त गरेका थिए। माओवादी केन्द्रका जीवन आचार्यलाई आर्थिक योजना मन्त्रीको जिम्मेवारी तोक्नुबाहेक अन्य मन्त्री बिनाविभागिय थिए ।

थापाले संविधान अनुसार साउन २० सम्ममा विश्वासको मत लिन पाउँथे तर सर्वोच्चको फैसलाले उनी आफूलाई संसद्‌मा परीक्षण गर्नै नपाई ‘आउट’ भएका थिए।

९३ सदस्यीय सभा रहेको यो प्रदेशमा बहुमतका लागि ४७ सांसद आवश्यक पर्दथ्यो। तर नपुग्ने भएपछि थापाले माओवादी केन्द्रबाट सभामुख बनेका बाबुराम गौतमको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउनू : सर्वोच्च

काठमाडाैं, १४ वैशाख-आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई थुनामा राख्नुको कारण पेस गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ। सर्वाेच्चले शाहीलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन पनि भनेको छ। केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, १४ जेठ-बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको छ । कोभिड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशभित्र...

८२ लाख ठगी गरेको आरोपमा सुन्दरहरैँचाबाट ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...

सुनवर्षी–२ मा तीन दिने उद्घोषण तालिम सम्पन्न

विराटनगर, १८ फागुन । मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ मा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । सुनवर्षी–२ वडा कार्यालयको आयोजना तथा सञ्चारकर्मी मिडिया प्रालिको समन्वयमा तीन दिने उद्घोषण तालिम बुधबार सम्पन्न भएको...

शहीद स्मारक पुगे प्रधानमन्त्री

काठमाडौं, माघ १६–प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री ओलीले शहीदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । देश र जनताका लागि आफ्नो जीवनको आहुति...

पत्रकार आचारसंहिता पालना गर्नुपर्नेमा जोड

मोरङ ,१० साउन । पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने छापा, विद्युतीय तथा अनलाईलन सञ्चार माध्यमको आवश्यक अनुगमन एवं कारवाही फितलो भएको सहभागीहरुले गुनासो व्यक्त गरेका छन् । तुलसादेवी हरिहर फाउण्डेशन ललितपुरद्वारा आज यहाँ आयोजित एक दिने...

१ नं. प्रदेश सरकारले स्थापना गर्यो ‘कोरोना जनसुरक्षा कोष’, सवै मन्त्रीद्धारा १ महिनाको तलब जम्मागर्ने निर्णय

विराटनगर, चैत ११–प्रदेश नं १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त...

खुकुलो बनाउदै मोरंगमा फेरी थपियो एक हप्ता निषेधाज्ञाा

विराटनगर, २१ असार । अझ खुकुलो प्रावधानसहित मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यस अघि भन्दा अझ खुकुलो बनाउदै निषेधाज्ञाको समयावधि एक साता थप गरेको हो । जिल्ला प्रशासन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्