भव्य भयो विराटनगरमा रथयात्रा (फोटो फिचर)

 न्यूज विराट
भव्य भयो विराटनगरमा रथयात्रा (फोटो फिचर)

विराटनगर । कृष्ण जन्माष्टमीको अवसरमा विराटनगरमा बिहीबार ५५ औं धार्मिक तथा ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिएको छ । कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा भव्य निकालिएको हो । खटयात्रालाई २०२५ सालबाट भगवान राधाकृष्ण रथयात्रा महोत्सवको रुपमा महानगरवासीले मनाउँदै आएका हुन् ।

सुनौलो रंगमा पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो फलामको रथको अगाडिको भागको दायाँ र बायाँ दुवैतिर ५०र५० फिट लामो लट्ठा तान्दै रथयात्रा निकालिएको हो । रथको दायाँ लट्ठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ । रथयात्रामा सहभागी भएर रथ तान्दा मनोकांक्षा पूर्ण हुनुका साथै पुण्य प्राप्ती हुने जनविश्वास छ ।

विराटनगर–१ स्थित राधाकृष्ण मन्दिर परिसरमा भगवान राधा र कृष्णको प्रतिमालाई रथमा आरुढ गराएर विशेष पूजा र दर्शन गरेपछि रथयात्रा ३स्३० बजे सुरु भएको थियो । विशेष पूजा र दर्शन समारोहमा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनलगायत १४ नगर प्रमुख र दुई जना उपप्रमुखको विशेष उपस्थिति रहेको थियो ।

दक्षिण एसियाको दोस्रो ठूलो मानिने रथयात्रा राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै ट्राफिकचोकबाट रोडशेषचोक र त्यहाँबाट महेन्द्र चोकदेखि, बरगाछीसम्म र त्यहाँबाट पुनः मन्दिर परिसरसम्म ९ किलोमिटर दुरी करिब ६ घण्टामा तय गरेर आइपुग्ने आयोजक समितिका संयोजक कैलाश रेग्मीले बताएका छन् । ‘भक्तजनहरूका लागि रथयात्राको दर्शन र वैदिक मन्त्रसहितको पूजाका लागि ४३ ठाउँमा विश्राम दिने व्यवस्था छ,’ उनले भने, ‘रथयात्रामा नेपाल र भारतका गरी ५ लाखभन्दा बढी भक्तजन सहभागी भएर प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गरेका हुन् ।’

रथको अगाडि विभिन्न जातजाति, सम्प्रदाय, धर्म संस्कृति झल्किने ६० वटा झाँकी, भजन मण्डलीहरु र प्रदेश १ प्रहरीको ब्यान्डले रथयात्राको रौनक बढाइदिएको थियो । रथयात्रामा जनकपुरबाट आएका हनुमान नृत्य आकर्षणको केन्द्र बनेको थियो । रथयात्राका सहभागी श्रद्धालु भक्तजनहरुको स्वास्थ्यमा कुनै किसिमको समस्या आएको अवस्थामा स्वास्थ्य जाँचका साथै प्राथमिक उपचारका लागि रथयात्रा मार्गमा ७ ठाउँमा चिकित्सक टोली र रथको अगाडि र पछाडि १० वटा एम्बुलेन्सको व्यवस्था गरिएको थियो । रथयात्रामा सहभागी भक्तजनहरुका लागि आयोजकका साथै स्थानीय विभिन्न संघ संस्थाहरुले निःशुल्क खानेपानी र सवर्तलगायत खानेकुराको व्यवस्था गरेका थिए ।

सम्बन्धित समाचार

ग्रिन सिटी भलुन्टियर कार्यक्रमको अभिमुखीकरण सहित सुरुवात

विराटनगर । विराटनगर महानगरपालिका र दिगो विकास इन्स्टिच्युटको सह–आयोजनमा सहरलाई थप स्वच्छ र हरित बनाउन जलवायु परिवर्तन, वातावरण र दिगो विकास सम्बन्धी एक वर्षे युवा तथा बालबालिका संलग्नता कार्यक्रम ग्रिन सिटी भलुन्टियरको सुरुवात भएकोे छ...

सप्तरीमा द्रुत परीक्षण सुरु, ३८ जनाको नेगेटिभ

सप्तरी, १ बैशाख-सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला...

पोखरा महानगरले बनायो कृषि बजारमा स्यानिटाइजर टनेल

पोखरा, १४ वैशाख-पोखरा महानगरपालिकाले शान्ति वनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइजर टनेल जडान गरेको छ ।कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वचालित सेनिटाइजर टनेल बनाएर महानगरले...

२४ घण्टामा थप ५२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार ९५७ पुग्यो

काठमाडौं, २९ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ५२५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने

काठमाडौं, २ कात्तिक-अब कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । आर्थिक रूपमा विपन्न, असहाय, अशक्त, अति अपाङ्ग, ज्येष्ठ नागरिक, कोरोनाविरुद्ध अग्रपङ्क्तिमा काम गर्ने, सरसफाइकर्मी र सुरक्षाकर्मीमा लक्षण देखिएमा परीक्षण र उपचार निःशुल्क...

तेली समाजको संगठन विस्तार, विराटनगरमा युवा कमिटि र बेलबारीमा समाज गठन

विराटनगर । तेली समुदायका युवाहरुले तेली युवा कल्याण समाज मोरङ गठन गरेका छन् । विराटनगरमा शनिबार बसेको तेली युवाहरुको भेलाले समाज गठन गरेको हो । यसअघि तेली कल्याण समाज रहेको थियो । उक्त समाज अन्र्तगत...

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनीत

काठमाडौं, १५ साउन-राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जना मनोनीत भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रका विभिन्न सङ्गठनमा रहेर काम गरिसकेका ६ जनालाई बोर्डमा नियुक्त गरेका हुन् । रिम रानाभाट,...

गाँउपालिकाले काटिदियो किसानको गहुँ

सप्तरी, २९ चैत-लकडाउनका कारण पाकेको गहुँबाली काट्न किसानलाई समस्या भइरहँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले सबैको गहुँबाली काट्ने जिम्मा लिएको छ । झण्डै १ हजार विघामा किसानद्वारा लगाइएको गहुँबाली पाक्न थालेपछि कृषि मजदुरको अभावमा समस्यामा परेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्