भैरव अर्यालको आत्मालाई ४७ वर्षपछि शिल्पी थिएटरको मञ्चमा उतार्दै बारत लिम्बू

 न्यूज विराट
भैरव अर्यालको आत्मालाई ४७ वर्षपछि शिल्पी थिएटरको मञ्चमा उतार्दै बारत लिम्बू

विराटनगर । नाटय आलेख तथा निर्देशन बारत लिम्बूको नाटक ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । दैलो प्रोडक्सनको प्रस्तुती र श्री भैरव अर्याल पुरस्करा गुठीको सहकार्यमा तयार भएको उक्त नाटक आउँदो भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा मन्चन हुने भएको हो ।

कलाकारहरुमा श्रवण राना मगर, बिकाश जोशि, सविर चुराउटे, सविन कट्टेल, मिल्सन राई, रोशन, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्वल राई, सम्झना राई, छितिज सन्तोष माझीलगायतले अभियन गरेका छन् ।

हास्यव्यंगका बादशाह मानिनुहुने स्व. भैरव अर्यालले लेखेको काउकुती, जय भुडी, इतिश्री निबन्ध संग्रह भित्रको निबन्धकै आधारमा रहेर यो नाटक तयार पारिएको निर्देशक लिम्बूले बताए । मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नरकमा स्थायी रुपले जानुपर्ने कुरा हिन्दू धर्ममा आधारित लोक विश्वासमा आधरती नाटक रहेको छ । ‘मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, कस कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रुपमा जे जस्ता झञ्झट झमेलाको सामना गर्छ यीनै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ,’ निर्देशक लिम्बुले भने ।

विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरुबाट साना तिना कुरामा पनि ठूला समस्या र झन्झट व्यहोर्छन् । नजराना, घुस, रिसवत जस्ता चिज नदिए सम्म कुनै काम बन्दैन, कर्मचारीहरुको हप्काइ खानुपर्छ । त्यसैगरी चित्रगुप्तको कार्यालयमा पुगेको मृतकले पनि चित्रगुप्त कार्यालयको कारिन्दालाई क्राइभेन कोसेली दिन नसक्दा उसको नामको तहकिकात नहुनु र धर्म र पाप कुनै नगरी मरेको आरोपमा उ पृथ्वीमै फर्कनु परेको रोचक तथ्य यस नाटकले उजागर गर्छ । नाटक नेपाली भाषामा तयार भएको छ ।

सम्बन्धित समाचार

स्थायी कमिटीमा कोरम नपुगेपछि प्रचण्ड–खनाल पुगे ओली भेट्न

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता झलनाथ खनाल अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । मंगलबार बिहान अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थायी कमिटीको बैठक...

स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोला : मन्त्रालय

काठमाडौं, ७ भदौ-पीसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टाइनमा अनिवार्य बस्न अनुरोध गरेका...

१४ औं प्याब्सन स्पोर्ट्स मिट हुने, तीन हजार बढी विद्यार्थीले भाग लिने

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो । प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी...

सीमा नाका बन्द गर्ने निर्णय रोक्न सर्वोच्चद्वारा अस्वीकार

नेपाली नागरिकलाई समेत स्वदेश फर्कन नमिल्ने गरी सीमा नाका बन्द तथा अन्तर्राष्ट्रिय उडान रोक्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको...

मोरङको जहदामा रक्सीले मातेका व्यक्तिले गरे श्रीमतीको हत्या

विराटनगर, २ वैशाख । माेरङमा रक्सी खाएर मातेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका-७ का ३३ वर्षे नारायण साेरेनले श्रीमती ३२ वर्षीया पानाे टुडुलाई कुटपिट गरी हत्या गरेकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए...

कोरोनाविरुद्धको लडाईमा प्रतिपक्षी कांग्रेसका सुझाव उपयोगी : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोना भाइरसविरुद्धको लडाईमा ऊर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले सरकारलाई बुझाएको १७ बुँदे सुझाव...

खतरानाक लागुऔषधसहित एक पक्राउ

विराटनगर, साउन १४–मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल पक्राउ परेको...

नेकपा सचिवालय बैठक फेरि स्थगित

काठमाडौं, २७ जेठ -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने भनेको सचिवालयको बैठक पुनः स्थगित गरिएको  छ । आज संविधान संशोधनको प्रस्ताव संसदमा पेस हुने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्