पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई पिपिपि मोडलमा लग्ने तयारी

 न्यूज विराट
पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई पिपिपि मोडलमा लग्ने तयारी

विराटनगर । सरकारले अरबौंको लगानीमा निर्माण गरिएको लुम्बिनीस्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पिपिपि मोडलमा संचालन गर्ने तयारी गरेको छ ।

संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँतीले दुई विमानस्थलको व्यवसायीक संचालन गर्नका लागि पिपिपि मोडलमा जानुपर्ने आफ्नो धारणा रहेको पनि सुनाए । त्यसका लागि नागरिक उड्डययन प्राधीकरणबाट निर्णय गरेर मन्त्रालयमा पठाउने तयारी भएको पनि उनले खुलाए । विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यि दुई विमानस्थललाई व्यवसायीक प्रयोजनमा ल्याउनका लागि पिपिपि मोडलमा जानुपर्छ भन्ने मेरो विचार छ । हामी छिट्टै नागरिक उड्डयन प्राधिकरणबाट निर्णय गरेर मन्त्रालय हुँदै क्याबिनेटमा लाने हाम्रो तयारी भइरहेको छ ।’

उनले अरबौंको लगानीमा बनेका अन्तराष्ट्रिय विमानस्थलहरु संचालन गर्न सुरु भइसकेको जनाउँदै जहाज उडाएर प्रमाणित भइसकेको पनि बताए । ‘भुटानबाट पोखरा, नेपाल एयरलाइन्सबाट क्वालालम्पुरबाट भैरहवा, भैरहवाबाट काठमाडौं, काठमाडौंबाट हङ्कङ्, फेरि क्वालालम्पुरबाट काठमाडौं, काडमाडौंबाट दिल्ली, कोलम्बो ट्रान्जिट फ्लाइट बनाउन सुरु गरेका छौं,’ उनले भने, ‘गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल अरबौं लगानी गरेर बनाएको हो । यसलाई संचालन गर्नुपर्ने दायित्व छ । हाम्रो लेबलमा कुटनीतिक पहल भइरहेको छ र भारत भ्रमणमा जाँदा पनि प्रधानमन्त्रीज्यूले हवाइ रुटको विषयमा कुरा गर्नुभएको छ र चाइना भ्रमणमा जाँदा पनि त्यो स्तरको छलफल हुन्छ ।’

किराँतीले अन्तरप्रदेश उडान नहुनुको कारण सरकारी जहाज नहुनु रहेको बताए । ‘सरकारी जहाज नभएको हुनाले बजारमा हामीले हस्तक्षेप बढाउन सकिएको छैन । नीजि क्षेत्रका जहाजहरुलाई घोक्रेठ्याक लगाएर लान पनि हुँदैन । उहाँहरु घाटा पर्नुभयो होला जान मान्नुभएन । तर, अब अन्तरप्रादेशिक उडान गर्ने हो,’ किराँतीले भने ।

यस्तै देशभरका २२ वटा विमानस्थलहरु खाली रहेको बताउँदै त्यस्ता एयरपोर्टलाई व्यवसायीक ढंगले संचालन गर्न सरकारले जहाज किन्ने उनले बताए । ‘यहाँ नाफा चाहिं हुँदैन । राष्ट्रिय ध्वजाबहाहकको उत्तरदायीत्व मात्रै हो । घाटा हुन्छ । घाटा भएपनि राज्यले जनतालाई सुविधा दिनुपर्छ,’ किराँतीले भने, ‘वर्षौं अगाडिदेखि ग्राउण्डेड भएको एउटा जहाज रहेछ । त्यो अब एक डेढ महिनाभित्र बन्दैछ । त्यसपछि हामीसँग तीनवटा हुन्छ । दुर्गम जाने गरी थप ३ वटा जाहाजहरु किन्ने अन्तिम तयारीमा हामी पुगेका छौं । त्यसपछि पहाडी जिल्लामा व्यवसायीक उडान गर्छौं ।’

तीनवटा जहाल प्राधिकरणले आफ्नै पैसाले किन्ने पनि उनले बताए । ‘हामी मन्त्रालयमा आएपछि अपरेसनल कस्टमा नाफामा गयौं । एकातिर पौने ४ अरब ऋण तिर्यौं । अर्कोतिर ३ वटा जहाज किन्न सक्ने भएका छौं,’ किराँतीले भने ।
उनले हिंजो राजनीतिक प्रेसरको कारणले एउटा जिल्लामा ३ वटासम्म बिमानस्थल बनेको भन्दै अब आवश्यकताका आधारमा मात्रै विमानस्थल बन्ने बताए । ‘भन्दा मान्छेलाई रिस उठ्छ । तर, विराटनगरमा यत्रो एयरपोर्ट छ, धरानमा अर्को एयरपोर्ट चल्छजस्तो मलाई लाग्दैन । यति नजिक–नजिक एयरपोर्ट बनाएर हामी के गर्न खोज्दैछौं । यो बसस्टेण्ड हो र ? यो त जहाज उड्ने हो नि । अरबौं खर्च गरेर एयरपोर्ट बनाउने अनि गाइ चराउने त हुनसक्दैन,’ उनले भने, ‘बरु ८ लेनको रोड बनाए आधा घण्टामा धरानबाट विराटनगर आउने वातावरण बनाउनु पर्छ । बरु विराटनगरको विमानस्थल विस्तार गर्ने तिर लाग्नुपर्छ ।’
उनले विराटनगरबाट क्षेत्रीय उडानका लागि टर्मिनल भवन नयाँ बनेको उनले बताए । त्यसपछि न्यारोबडी जहाजहरु उडाउन सकिने उनको दाबी छ । ‘अहिलेलाई यति नै काफी छ । सरकार आर्थिक हिसावले समस्यामा परेको छ । बनाउने फेरि नचलाउनु भन्दा भएकोलाई उपयोग गर्ने हो । त्यसलाई व्यवसायीक रुपमा संचालन गर्न नसक्दा राष्ट्रलाई घाटा हुन्छ । केही वर्ष यही क्षमताको विमानस्थलबाट क्षेत्रीय उडान गर्न सकिन्छ,’ किरातीले भने ।

उनले काठमाडौंको सिण्डिकेटलाई तोड्नकै लागि विराटनगर, पोखरामा जहाज बास बस्नुपर्ने भनेर निर्णय गरिएको स्मरण गरे ।
अर्को प्रसगंमा उनले ४६ सालपछि यति राम्रो काम गर्ने यो पहिलो सरकार भएको दाबी गरे । यही गठबन्धनको सरकार ५ वर्ष टिक्ने बताउँदे सहमतिलाई अक्षरस पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए । आफू मन्त्रीभएपछि अघिल्लो मन्त्रीहरुले नियुक्ति गर्न नसकेकाहरु नियुक्ति गरेको र अहिले विवाद तथा झैझमेला, मुद्दा मामिला पनि नपरेको उनले बताए ।
लाक्र्याल लामा राष्ट्रिय सहमतिको मान्छे भएको उनको भनाइ छ । काँग्रेसको पालामा गुम्बा विकास समितिको अध्यक्ष बनेको, एमालेको पालामा संविधानसभा सदस्य र अर्थराज्यमन्त्री बनेको भएपनि संवैधानिक निकायहरुले दोषि नभनेको उनले बताए । ‘बुद्धिजममा पिएचडि गरेको, संविधानसभामा दुईपटक सदस्य बनेको, माओवादीको केन्द्रीय सदस्यलाई नियुक्ति गर्नु जायज काम हो । मान्छे विवादित होइन बनाइएको हो,’ किराँतीले भने । विरोध गरेर मात्रै आफू राम्रो भइन्छ भन्ने नेपाली संस्कृति रहेको उनले दाबी गरे ।

पृथ्वीनारायण साहले भ्रष्टाचारी देशका सत्रु हुन् भनेको भएपनि अहिले सरकारले कारबाहीको दायरामा ल्याएकाहरु उच्च तहका रहेको उनले बताए । पर्यटनको क्षेत्रमा नेपालको प्रकृति र संस्कृतिलाई ब्राण्डिङ गर्नुपर्नेमा उनले जोड दिए । ‘हामीले देखाइने जात्रालाई विश्वमा ब्राण्डिङ गर्न सकियो भने वा एक दिने जात्रालाई ५ दिने बनाएर लाखौं मानिस उतार्न सकियो भने, रैथाने फुड फेष्टीबलहरु गर्न सक्यौं भने हामीलाई फाइदा हुन्छ । हामीले त्यसखालका नयाँ कार्यक्रम बनाउन खोजिरहेका छौं,’ किराँतीको भनाइ छ ।

सम्बन्धित समाचार

२५ हजार धरौटि बुझाउन नसक्दा कारागार चलान भएका थुनुवाको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका एक थुनुवाको शनिबार दिउँसो उपचारको क्रममा मृत्यु भएको छ। धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका मोरङको पथरीशनिश्चरे नगरपालिका(४ का ३८ वर्षीय जितबहादुर देवान ९जेठा० को कोशी अस्पतालमा उपचार...

भोलिदेखि १ साता भारत र चीनतर्फका नाका बन्द गर्ने सरकारको निर्णय

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका १ साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज आइतबारको बैठकले यो निर्णय गरेको हो । भोलि बिहान १० बजेबाट १ साताका लागि दुवै देशतर्फका नाका...

ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं, २५ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब...

दसबुँदे घोषणापत्र जारी गर्दै सकियो साहित्य महोत्सव

विराटनगर । विराटनगरमा सुरू भएको तीन दिने नेपाल –भारत साहित्य महोत्सव सकिएको छ । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव आइतबार सम्पन्न भएको हो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी...

रतुवामाइ समाजले मनायो स्थापना दिवस

विराटनगर । रतुवामाइ समाज विराटनगरको पाँचौ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।विराटनगरस्थित आर्दश स्कुलमा शनिबार एक कार्यक्रम आयोजना गरी पाँचौ स्थापना दिवस मनाएको हो । समाजको अध्यक्ष विष्णुराज लामिछानेको सभापतित्वमा भएको उक्त...

ओलीकाे प्रतिवेदन समस्या बल्झाउने खालको छैन : विष्णु पौडेल

काठमाडौं, १३ मंसिर-नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य विष्णु पौडेलले अध्यक्ष केपी शर्मा  ओलीबाट सचिवालय बैठकमा पेस हुने प्रतिवेदन समस्या बल्झाउने किसिमको नहुने बताएका छन् । उनले पार्टीको अभिभावकको हैसियतमा अध्यक्ष ओलीले सम्हालिएको प्रतिवदेन...

जुत्ता चप्पल व्यापार मेला : २० दिनमै डेढ करोडको कारोबार, अब पुस २९ गते सम्म मात्र

विराटनगर, पुस २१–विराटनगरमा जारी १ महिने जुत्ता चप्पल व्यापार मेलामा ग्राहाकको उल्लेख्य भिड बढेको छ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नारा सहित विराटनगर स्थित जैन भवनमा पुस १ गतेदेखी सुरु भएको सो मेलामा...

मानवअधिकार रक्षकले खोजे पहिचान

विराटनगर, १५ भदौ । मानव अधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानवअधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्नेवेला आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्