कविता प्रतियोगितामा शिक्षादीपकी सिम्रिका प्रथम

 न्यूज विराट
कविता प्रतियोगितामा शिक्षादीपकी सिम्रिका प्रथम

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा सिम्रिका तिमसिना प्रथम भएकी छन् । शान्तिका लागि निःशस्त्रीकरण विषयक कविता प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै सिम्रिका प्रथम भएकी हुन् ।

त्यस्तै प्रतियोगितामा एञ्जल राई द्वितीय र रितेश भट्टराई तृतीय भए । प्रतियोगितामा संस्कृति कर्ण, अनिशाकुमारी मण्डल, आयुशा खातुन र टोपनाथकुमार साहले सान्त्वना स्थान प्राप्त गरे ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र क्याम्पसका प्राध्यापक डा. विमलकिशोर श्रीवास्तवको निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको हो । प्रतियोगितामा वाचन गरेका अधिकांश कविताले विश्वशान्ति र मानवताका विषयलाई उठान गरेका थिए । प्रतियोगिताका प्रमुख निर्णायकसमेत रहेका नवोदितसहित कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का (ज्ञानु) सञ्चालक सदस्य भूपेन्द्र दाहाल (भूपी), रामचन्द्र अधिकारी, कार्यक्रम संयोजक नविनकुमार राय, विमकिशोर श्रीवास्तवलगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदितले पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले साहित्य, कला र संगीत कहिल्यै पूर्व नहुने बताए । “राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधी, मुख्यसचिव र सचिव जुनसुकै उच्च पदमा पुगे पनि निश्चित समयपछि पूर्व हुन्छ,” कार्यक्रममा नवोदितले भने, “तर साहित्य अर्थात् सिर्जना यस्तो क्षेत्र हो जुन कहिल्यै पूर्व हुँदैन ।”
कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीपले स्थापनाकालदेखि नै विद्यार्थीको सर्वागिण विकासमा ध्यान दिएको सुनाए । खड्काका अनुसार शिक्षादीपले समय–समयमा कविता, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, खेलकुदसहित विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै आएको छ ।

सम्बन्धित समाचार

पुष्पलालको स्मृतिमा आयोजित कविता प्रतियोगितामा रायमाझी प्रथम

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसका अवसरमा विराटनगरमा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।विराटनगरस्थित पुष्पलाल स्मारक समितिले आयोजना गरेको प्रतियोगितामा ‘आरोहण’ शीर्षकको कविता वाचन गरेर मोरङकी कवि...

आर्थिक ऐन २०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजश्व कार्यालय विराटनगरको आग्रह

विराटनगर, १५ फागुन । उद्योगी, व्यापारी एवं करदाताहरुले आर्थिक ऐन–२०७७ ले दिएको छुट सुविधा उपयोग गर्न आन्तरिक राजस्व कार्यालय विराटनगरले अपिल गरेको छ । यो सुविधा फागुन मसान्तसम्म मात्र लागू हुने भएकोले सेवाग्राहीहरु समयमै आआफ्ना...

तेली समाजको महिला कमिटि मोरङमा गठन, अध्यक्षमा अम्बिका साह

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ जिल्ला महिला कार्यसमिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको प्रथम महिला भेलाबाट विराटनगर ८ की अम्बिका साहलाई अध्यक्षमा चयन गरिएको हो । साहको अध्यक्षतामा १५ सदस्यिय समिति...

गोल्डेन हस्पिटलमा अमानवीय व्यवहार, बन्धक बनाएको शव कागज गराएर दियोे

विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भन्दै एक दुर्घटना पीडितलाई एक महिना भित्रमा तिनुपर्ने कागज गराएर मात्रै शव परिवारलाई दिएको छ । विराटनगर–११ नयाँ गुद्रीमा फागुन २८ गते राति भएको मोटरसाइकल दुर्घटनामा परी...

कोशी कोभिड अस्पतालमा धनपालथानका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर, २० भदौ–विराटनगरस्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेशनबाट रिफर गरिएका मोरङको धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरूषको शनिबार विहान ११ बजे मृत्यु भएको हो...

विराटनगरमा ‘तमु ल्होसार’ पर्व मनाइयो

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । विराटनगरमा भव्य कार्यक्रमसहित यो पर्व मनाइएको हो। विराटनगरस्थित होटल कन्जनजंगामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम गरी मनाइयो...

मुख्यमन्त्री राईद्धारा गणतन्त्र दिवसको शुभकामना

विराटनगर, जेठ १५–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

उपत्यका भित्रिने नाकामा थप कडाइ

काठमाडौं २४ वैशाख-जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले काठमाडौं उपत्यका भित्रिने मुड्खु, नागढुङ्गा, साँखु,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्