विराटनगर । वर्षासँगै विराटनगर जलमग्न हुन थालेको छ । केही दिनयतादेखि बर्षा सुरु भएपछि विराटनगरको दक्षिण क्षेत्र अधिकांश भागहरु जलमग्न भएका छन् ।
विराटनगर १५ र १६ नम्बर वडाका सडक र घरहरु जलमग्न भएका छन् । कतै नाली पुरिएका कारण सडकमा पानी जमेको छ भने कतै खाल्डाखुल्डीमा पानी जमेको छ ।
विराटनगरको सडक पानी परेपछि भने हिलाम्य भएको छ । सडकमा कालोपत्रे भत्किएर बनेका ठूला खाल्डोमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा समेत समस्या परेको छ ।
सडकका ठूला खाल्डामा पानी जम्दा मोटरसाइकल, कारलगायत साना सवारी साधनहरु गुडाउनसमेत समस्या भएको छ । सडक किनार र पेटीबाट हिँड्ने पैदलयात्रीसमेत गाडीले हिलो छेप्ने डरले जोगिएर हिँड्नुपरेको छ ।
विराटनगर महानगर क्षेत्र ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा वर्षाको पानीले निकास नपाउँदा विराटनगरका अधिकाश स्थान जलमग्न हुने गरेको छ ।
धेरै स्थनमा सडक,नाला भत्काइएकाले पानीले निकास नपाउँदा सडक जलमग्न हुँदा आसपासका स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी प्रवेश गरेको छ ।
विराटनगरको १५ नं. वडा कार्यालय अगाडिको घर भित्र पानी बसरे अहिले जलमग्न बनेको छ । सामान्य वर्षा हुँदा घरभित्र पानी पस्ने गरेको विराटनगर १५ की धनु श्रेष्ठले बताइ् । घर अगडि महानगरपालिकाले सडकको नाला सरसफाइमा ध्यान नदिदा सामान्य वर्षा पर्दा घरभित्र पानी पस्ने गरेको उनले बताइन् । यस्तै विराटनगर १६, १८ दक्षिणी क्षेत्रका मुख्य सडक क्षेत्र र भित्री सडकहरु पानीका कारण जलमग्न बनेका छन् ।
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर ६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको चौथोँ संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ । बिहिबार भएको फाइनल खेलमा सप्तरीलाई ८...
काठमाडौं, २२ पुस-प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आजदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर बहस हुँदैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, अधिवक्ता दिनेश...
काठमाडौं, ९ भदौ-विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा संक्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रेसित गरेको अन्तरवार्ता उनले अहिले नेपालमा...
विराटनगर, जेठ १५–प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
विराटनगर, बैशाख २२–विराटनगरका व्यवसायीहरुले ६ हप्तादेखि जारी बन्दा बन्दीको बिकल्प खोज्न सरकारसँग माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दा बन्दीका...
काठमाडौं, ३१ वैशाख-काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ मच्छेनारायानकी कोरोना संक्रमित महिलालाई जिल्ला प्रशासन कार्यालय बाँकेले नै पास दिएर काठमाडौं पठाएको खुलेको छ । भारत घुमेर नेपालगन्ज हुँदै उपत्यका छिरेकी ति महिलालाई प्रशासनले नै पास दिएर पठाएको खुलेको...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २ पिडारमुनीमा सवारी दुर्घटनामा परी तीन जना घाइते भएका छन् । आज दिउँसो दुर्घटनामा परी कारमा सवार तीन जना घाइते भएका हुन् । ग्रामथान २ मा को १ त ६६६६...
विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने भएको छ । चैत १३ गते पर्ने ‘वर्ल्ड पर्पल डे’ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ‘वर्ल्ड पर्पल डे’...