एसविएससि सिङ्गिङ स्टारको छनोट चरण सकियो, सेमिफाइनलमा १ सय १६ जना छनौट
शनिबार, ०९ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टार छनोट चरण सम्पन्न भएको छ । मोरङको चार ठाउँमा भएको छनोट चरणको अडिसन शुक्रबार सम्पन्न भएको हो । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना भएको सिङ्गङ स्टारको छनोट चरणको अडिसन उर्लाबारी, रंगेली, विराटचोक र विराटनगरमा भएको थियो । ‘ आवाज तपाईको, गौरभ राष्ट्रको, देन निजी स्कुलहरु’ को भन्ने मुल नाराका साथ भएको चार ठाउमा भएको अडिसनबाट १ सय १६ जना छनौट भएको कार्यक्रम संयोजक हिरा थापाले जानकारी दिए । चार चरणको अडिसनमा १ सय ६४ जना विद्यार्थीहरुबाट १ सय १६ जना विद्यार्थीहरु अडिसन राउण्डमा छनोट भएका छन् । उर्लाबारिमा ४८ जना भाग लिएका विद्यार्थीहरु मध्ये २६ जना छनोट भए । रंगेली अडिसनमा ३६ जना सहभागि मध्ये २४ जना, विराटचोक २६ जना सहभागि मध्ये १७ जना र विराटनगरमा भएको अडिसनमा ५४ जना सहभागि विद्यार्थीहरुमा ४९ जना विद्यार्थीहरु छनोट भएको कार्यक्रम संयोजक थापाले बताए । प्रतियोगिताको समेफिाइनल असोज ३ गते विराटनगरमा हुने भएको छ । सेमिफाइनलबाट फाइनलमा १० जना छनोट गर्ने तयारी गरिएको छ । प्रतियोगिताको बिजेताले २५ हजार, द्धितीयले १५ हजार, तृतीयले १० हजार सान्तवनाले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छनोट चरणको निर्णायकहरूमा सुमन श्रेष्ठ, दिपेन थापा, जेवी थुलुङ र दुर्गा पराजुली रहेका छन् । छनोट चरणको कार्यक्रमको प्रमुख अतिथि प्याब्सन मोरङका प्रेमलालसिंह सुवाल रहेका थिए । कार्यक्रम प्याब्सन विराटनगरका पुर्व अध्यक्ष इन्द्र राई, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष मोहन बुढाथोकीलगायतले बोलेका थिए ।
काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले निकालेको विज्ञप्तिको प्रभाव बुधबारको बजारमा देखिएको छ । आज एकैदिन कारोबार खुलेको अढाई घण्टा नबित्दै चारवटा कम्पनीमा नेगेटिभ सर्किट लागिसकेको छ भने २५ कम्पनी सर्किट लाग्ने तरखरमा छन्...
काठमाडौं, २४ जेठ-नेपाल प्रहरीका ७३ प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक पदमा बढुवा भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७३ जनलाई प्रहरी निरीक्षकमा बढुवा गरेको हो । बढुवा सूचीको पहिलो स्थानमा...
गोरखा, ११ वैशाख-गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग (अजिङ्गरजस्तै किरा) ले टोकेर ६ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम...
फिदिम, पुस ८–पाँचथर सदरमुकाममा केन्द्रीय सडक सञ्जालले जोडिएपछि सदरमुकामदेखि गाउँ–गाउँसम्म सडक सञ्जाल विस्तार गर्ने क्रम द्रुत गतिमा अगाडि बढेको छ । फिदिम–फालोट सडकको अवस्था दशकौँपछि अहिले फेरिएको छ । पानी पर्दा हिलाम्य र घाम लाग्दा...
विराटनगर, १८ माघ । झापाको कचनकवल गाउँपालिका–४ खुट्टामुनीस्थित नवनिर्मित सशस्त्रप्रहरी बल नेपालको बोर्डर आउट पोष्ट उद्घाटन भएको । एक कार्यक्रमकाबीच प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईल नवनिर्मित बिओपीको उद्घाटन गनुभएको छ । कार्यक्रममा प्रदेश...
काठमाडौं, २ असार-श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा गरेका छन् । सरकारले नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७/०७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना...
इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिङ्गो सहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् । शनिवार हसिना सिमसार परिसरमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जलाधार र जङ्गल क्षेत्रको विनासका...
विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा दशैंको अवसर पारेर सांगीतिक कार्यक्रम हुने भएको छ ।कलेज परिसरमा विद्यार्थीहरुले मंगलबार सांगीतिक कार्यक्रम आयोजना गरेको हो । सांगीतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य र गायन प्रस्तुत गरी रमाइलो प्रदान गरेका...