विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन

 न्यूज विराट
विराटनगरमा भदौ ११ गतेदेखि दादुरा–रुवेलाको खोप अभियान सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकामा यही भदौ ११ गतेदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गरिने भएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र डब्लूएचओ विराटनगरको समन्वयमा विराटनगर महानगरपालिकाले आयोजना गरेको सरोकारलावासितको अन्तरक्रियामा महानगरका सबै वडामा खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिइएको थियो । निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशको मोरङ र सुनसरीमा खोप अभियान सञ्चालन गरिने बताउनुभयो ।

उहाँले कोशी प्रदेशको मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिका दादुरा–रुवेलाको उच्च जोखिम रहेको बताउनुभयो । हाल रतुवामाईमा ४१ जना र बर्जुमा ३२ जना दादुरा–रुवेलाका बिरामी भेटिएको उहाँको भनाइ थियो । विद्यालय केन्द्रित खोप केन्द्र राखेर अभियानलाई सफल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रुबेलाको खोप लगाइने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो । त्यसका लागि एउटा खोप केन्द्रमा दुईजना स्वास्थ्यकर्मी र दुईजना स्वयम्सेवक परिचालन गरिनेछ । कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीले सबैको साथ र सहयोगले खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । खोपका विषयमा हरेक व्यक्तिले टोल–टोलमा पुगेर प्रचारप्रसार र सचेतना फैल्याउनुपर्नेमा कार्कीले जोड दिनुभयो । ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत अनिल देवले बताउनुभयो । उहाँले खोप लगाएका १० हजारमध्ये एकजना बालबालिकामा असर देखिन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो ।

सरकारले सन् २०२३ भित्र नेपालबाट दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको थियो । तर, त्यो सम्भव नभएपछि आगामी २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतसहित विभिन्न वडाका अध्यक्ष, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, डब्लूएचओ विराटनगरकी डा. करिष्मा गुरुङ,लगायतको उपस्थिति रहेको थियो । महानगर क्षेत्रभित्र अझै पनि ४ प्रतिशत बालबालिकाले कुनै खोप नलगाएको भेटिएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

सम्बन्धित समाचार

सेन्ट्रल मलले मनायो चौथो वार्षिकोत्सव

विराटनगर । विराटनगरस्थित सेन्ट्रल मल चौथो वार्षिकोत्सव भव्य कार्यक्रम आयोजना गरी मनाएको छ । सेन्ट्रल मलले शनिबार विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सव अवसर पारेर शनिबार विहान रक्तदान कार्यक्रम आयोजना गरेको...

पर्यटन प्रवद्र्धनका लागि विराटनगरबाट मोटर र्याली निकालिने

विराटनगर, ६ चैत । प्रदेश १ को आन्तरिक पर्यटन प्रवर्धनका लागि आठ सय किलोमिटरको मोटर ¥याली निकालिने भएको छ। नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा चैत १२ गते विराटनगरबाट सुरु हुने मोटर¥याली चैत १४...

मोरङको केराबारीमा आफ्नै घरभित्र भेटियो युवकको शव

विराटनगर । मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीमा सोमबार दिउँसो आफ्नै घरभित्र युवकको शव फेला परेको छ । ३० वर्षीय राम ऋषिदेवको शव घरको माथिल्लो तलाको कोठाभित्र फेला परेको हो । सिरक ओढेको र शरीर सुन्निएको...

मुख्यमन्त्री राई राहत सामाग्रीका साथ सङखुवासभाको चित्रेडाँडा पुगे

विराटनगर, २९ असार–प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको– १ को सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्फ गएका छन् । मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामाग्री...

मुटु दिवसमा न्यूरो हस्पिटलको सचेतना कार्यक्रम

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतना मूलक कार्यक्रम आयोजना गरेको छ । न्यूरो हस्पिटलले प्रत्येक वर्ष सचेतना मूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको छ । बिहिबा रविराटनगरमा गु्रप...

चर्चित र्‍यापर क्रिसमाथि याैन अपराधकाे आरोप, ११ कम्पनीले रद्द गरे सम्झाैता

चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्‍यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् । यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक...

भारतको आसाम र मेघालयमा बाढीको वितण्डा, ३२ जनाको मृत्यु

भारतको आसाम र मेघालयमा आएको बाढीमा परेर कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्