५ लाखमा शिशु किनबेच गर्ने डाक्टर कर्णसहित ६ जनालाई तीनवटा मुद्दा चलाउने तयारी

 न्यूज विराट
५ लाखमा शिशु किनबेच गर्ने डाक्टर कर्णसहित ६ जनालाई तीनवटा मुद्दा चलाउने तयारी

विराटनगर । पाँच लाख रूपैयाँ लिएर नवजात शिशु बेचेको आरोपमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने भएको छ।

कोशी अस्पतालका पूर्वप्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डा। कर्णसहित ६ जनालाई प्रहरीले तीनवटा मुद्दा चलाउने तयारीअनुरूप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

पक्राउ परेका ६ जनालाई प्रहरीले संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार र ुव्यक्ति बेपत्ता पारेको कसुरु मा मुद्दा चलाउने तयारी गरेको हो।

सरकारी वकिलसँग राय लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए।

ुकुन ऐन आकर्षित हुन्छ, हामी सबैतिरबाट फराकिलो बनाएर अनुसन्धान र प्रमाण ९दसी० जुटाउने काम पनि अगाडि बढाएका छौं,ु एसपी पोखरेलले भने, ुअनुसन्धान पूरा गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालयले अभियोजन तयार गरी अदालतमा मुद्दा दायर गर्नेछौं।ु

प्रहरीले यस घटनामा सुरूमा दुई जना र मंगलबार थप चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी, पाँच लाख रूपैयाँमा शिशु बेच्ने डाक्टर तपेश्वरलाल कर्णका सहयोगी नर्स छन्।

थप पक्राउ पर्नेमा ग्रीनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका(२ की ४६ वर्षीया दिलमाया राजवंशी र ३० वर्षीय सूर्यनारायण राजवंशी, सिरहाको कल्याणपुर नगरपालिका(१२ की ३८ वर्षीया नर्स निर्मला यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

पक्राउ पर्नेमध्ये डा। कर्णसँग उक्त शिशु खरिद गर्ने दिलमाया र उनका छोरा सूर्यनारायण, दिदी सुधा राजवंशी र चिकित्सकका सहयोगी निर्मलालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।

डा। कर्णले ग्रीनक्रस अस्पतालको अपरेसन थिएटर ९ओटी० विभागमा कार्यरत सुधामार्फत शिशु बिक्री गरेको खुलेको छ। शिशु खरिद गर्ने निःसन्तान राजवंशी दम्पती सुधाका नातेदार हुन्।

विवाह भएको एक दशक बितिसक्दा पनि दिलमायाका छोरा–बुहारीको सन्तान नभएकाले शिशु खरिद गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ। शिशुलाई प्रहरीले मंगलबार भेटेर उद्धार गरेको हो।

प्रहरीले डा। कर्ण र शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई ुव्यक्ति बेपत्ता पारेको कसुरमाु आइतबारबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

गएको असार १३ मा अविवाहित युवती फूलकुमारी नाम परिवर्तनले छोरी जन्माएपछि शिशु अस्पतालबाटै गायब पारिएको थियो। पछि युवतीले बच्चा खोजेपछि यो प्रकरण बाहिर आएको थियो।

सम्बन्धित समाचार

साझा प्रस्तावका लागि भोलि १ बजेसम्म नेकपा बैठक लम्ब्याइयो

काठमाडौं, १६ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठक भोलि १ बजे बस्ने गरी सकिको छ । मंगलबारको बेठकमा पनि अध्यक्षद्वयबाट साझा प्रस्ताव ल्याउनेबारे सहमति जुट्न सकेन । आजको बैठकमा अध्यक्षद्वयले आ-आफ्नो धारणा...

अन्य प्रदेशमा पनि विराटनगरले अक्सिजन धान्दै

विराटनगर, २ जेठ । देशभर अक्सिजनको समस्या भएपछि विराटनगरले सो आवश्यकता धानीरहेको छ । अक्सिजनको अभावका कारण कोरोना संक्रमितहरुको मृत्यु हुन थालेपछि सुदुरपश्चिम, लुम्बिनी प्रदेश र बाग्मती प्रदेशले पनि विराटनगरबाट अक्सिजन लैजान थालेका हुन् ।...

प्रधानमन्त्रीलाई सुझाव, ‘अडान नछाड्नुस्, नडगमगाउनुस्’

काठमाडाैं, १७ असार-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति, मन्त्री र आफूनिकट स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन् । मंगलवारको स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता...

हिसान खेल : विराटनगरका ८ स्कुल विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा सगरमाथा र कान्तिपुर, क्रिकेटमा विभिएम र अरनिको तथा कवडीमा अर्किड, मोडर्न एरा, कान्तिपुर र ग्रिनल्याण्ड कलेज विजयी भएका छन् । शनिबार...

एनसीडिए कोशीको निर्वाचन : अध्यक्षसहित पाँच उम्मेदवारलाई जिताउन मोरङ एनसीडिए एकढिक्का

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) कोशी प्रदेशको माघ २६ र २७ गते हुने निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेका छन् । औषधी व्यवसायीहरुले चुनावी गतिविधि बढाएपछि चुनावी सरगर्मी बढेको हो । संघको निर्वाचनमा दुई समूह चुनावी...

विराटनगर गोल्डकप फुटबल प्रतियोगिता भोलीदेखि सुरु हुँदै, उद्घाटन खेलमा भूटान र नेपाल पुलिस क्लब भिड्दै

विराटनगर । विराटनगरको गौरवका रुपमा हेरिँदै आएको विराट गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । बिहीबार देखी  विराटनगरको शहिद मैदानमा विराट गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । यस अघि समिति मार्फत हुँदै आएको...

रुसले दियो कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती

एजेन्सी, जेठ २०–रुसले कोरोना भाइरसविरुद्धको औषधी प्रयोगमा स्वीकृती दिएको छ । परिक्षणका क्रममा कोरोना संक्रमितहरुलाई ४ दिनमै निको पारेपछि रुस सरकारले कोरोना भाइरसविरुद्धको औषधि प्रयोगमा स्वीकृति दिएको हो । योसँगै अब रुसका अस्पतालहरुमा आगामी सातादेखि...

काेराेना संक्रमणबाट प्रदेश २ मा ५२ जनाको मृत्यु

जनकपुर, ५ भदौ-मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा ८ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ । यस प्रदेशअन्तर्गतका ८ वटै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्