शिशु बेपत्ता पर्ने डाक्टर कर्णलाई हस्पिटलले दियो डिस्चार्ज, अनुसन्धान सुरु
मङ्गलबार, ०५ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलबाट एक दिनको नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ६८ वर्षीय तपेश्वरलाल कर्णलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले उनलाई पक्राउ गरेपछि गत शुक्रवारदेखि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका थिए । अस्पतालले मङ्गलवार दिउँसो डिस्चार्ज दिएपछि प्रहरीले न्यायिक हिरासतमा राखेर मङ्गलवार वाट अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए । डाक्टर कर्णलाई लिन मोरङ प्रहरीका सईको नेतृत्वको प्रहरी टोली हस्पिटल पुगेको थियो ।
अनुसन्धान पछि पुनः हस्पिटल आउने भनेपछि मात्र उनी मोरङ प्रहरी जान राजि भएका थिए । उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै कर्ण कोशी अस्पतालको जेनरल वार्डको सिङ्गल क्याबिन २१२ नम्बरमा बसेका थिए । पक्राउ परेका कर्ण र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका प्रतिवादीले अविवाहित किशोरीबाट जन्मिएको शिशु कता लगे अहिलेसम्म खुलेको छैन ।
कोशी अस्पतालका पूर्व मेसु समेत रहेका कर्णले अविवाहित जोडीबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराएको हुनसक्ने भएकोले त्यसतर्फ प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । ‘हस्पिटलबाट बेपत्ता पारिएको शिशुलाई चिकित्सक कर्णले मोटो रकम लिएर बचेको हनु सक्ने भएकोले सबै तिरबाट गहन अनुसन्धान सुरु गरिएको छ,’ उनले भने । पक्राउ परेका राई २६ वर्षीय किशोरीका प्रेमी हुन् । १३ असारमा ती किशोरीको ग्रीनक्रस हस्पिटलमा प्रसूति भएको थियो । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिइन् । दुई जनाबिचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डाक्टर कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रीनक्रस ५० मिटर पश्चिममा रहेको छ । डा कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए ।
उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधी खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असार दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ । कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले यसतर्फ पनि अनुसन्धान अगाडी बढाएको छ । कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ ।
अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेम जोडीसँग डा। कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । नर्स स्तरका केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर डा। कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।
भोजपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।पौवादुङ्मा गाउँपालिका –४ वास्तिमको कात्तिकेका ५४ वर्षीय बलबहादुर कार्कीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । शनिबार बेलुका ८ बजे खेतबाट पराल बोकेर घरतर्फ...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हाल जारी गठबन्धनलाई अप्राकृतिक भन्दै एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो मन्तव्य राख्दै उनले एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका...
विराटनगर भृकुटी चोकमा सञ्चालित रुबी इन्टरप्राइजेजले बिजुलीको आपूर्तीबाट सञ्चालन हुने समानहरू तथा घरायसी प्रयोगका विभिन्न सामानमा शंकास्पद कारोबार गरिरहेको स्थानीयले आरोप लगाएका छन् । सामानको रकम दिएको १८ दिनमा ५० प्रतिशत छुटमा विभिन्न सामान उपलब्ध...
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । बैठकमा ७७ सांसद उपस्थित थिए । मुख्यमन्त्री थापाले ४७ मत पाए । विपक्षमा...
विराटनगर, १ फागुन । झापाको भद्रपुर नगरपालिका-६ नँया बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-६ का २४ बर्षीय मुगालाल माझी रहेका छन । आज बिहान साढे ६...
विराटनगर, ८ भदौ-विराटनगर महानगरले बनाएको आइसोलेशनमा बसेका १९ जनाले कोरोना जितेर घर फर्किएका छन् । विराटनगरको बैझनाथपुर स्वास्थ्य चौकीमा बसेका ४ र मारबाडी सेवा सदनमा बसेका १४ जना कोरोना जितेर घर फर्किएका हुन् । सोमबार...
हेटौंडा, १५ असार-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै दुर्घटनामा परेको छ । स्कर्पियोमा कृष्णसहित पत्नी...
गत २४ घण्टामा नेपालमा १ हजार ४ सय ९० जना संक्रमित थपिएका छन् । ८ हजार ३ सयको पीसीआर गर्दा आज १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल संख्या...