कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

 न्यूज विराट
कोशी प्रदेशका मुख्यमन्त्री थापाले आजै विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने गठबन्धन दलले निर्णाय गरेको छ । गठबन्धन दल माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने निर्णय भएको जानकारी दिए ।

मुख्यमन्त्री थापाले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।

मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले सोमबार १ बजे समय तोकिदिइन् । तर प्रदेशसभाको बैठक बस्ने दिन बिहान उनी उपचारका लागि भन्दै काठमाडौं हिँडेपछि सत्ता गठबन्धन अलमलमा परेको थियो ।

एमालेका ७ र राप्रपाका एक जेष्ठ सदस्यले बैठकमा अनुपस्थित हुन सूचना दिएका छन् भने काठमाडौं उड्नुअघि उपसभामुख दनुवारले अध्यक्ष मण्डलमा रहेकी कांग्रेस प्रदेशसभा सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएकी थिइन् ।

मन्सुरीले बैठकको अध्यक्षता गरेर मतदान नगर्दा मुख्यमन्त्री थापाले विश्वासको मत नपाउने भएकाले सत्ता गठबन्धन अलमलमा परेको थियो । सत्ता गठबन्धनसँग ४७ प्रदेशसभा सदस्य छन् ।

सम्बन्धित समाचार

लकडाउन खुलेको ३ महिनापछि मात्रै कर तिर्न सक्छौँ : चेम्बर

काठमाडौं, २० जेठ-नेपाल चेम्बर अफ कर्मशले तत्तकाल सरकारलाई कर तिर्न असमर्थ भएको जनाएको छ । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र सबै किसिमका कर बुझाउनको लागि मंगलबार सूचना जारी गरेपछि चेम्बर असमर्थ रहेको जनाएको हो...

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

विराटनगर, १ असोज । विराटनगर महानगरपालिकामा आकाशेपुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोडको योजना अलपत्र परेको हो ।...

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका(१ बुधवारे बजार स्थितमा करुवा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ बर्षीय रघुनाथ मारुती गोरड रहेका छन । आज बिहान ३ बजे गोरडले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २५ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बृक्षारोपण गरेको छ । विराटनगर–१ बेलगछीयास्थित शिव आधारभूत विद्यालयमा क्लबले बृक्षारोपण गरेको हो ।  रोटरी क्लब अफ विराटनगर डाउनटाउन वर्ष २०२३–२४ की अध्यक्ष कुसुम अग्रवाल नेतृत्वको...

श्रममन्त्री यादवद्धारा ३ महिने कार्ययोजना सार्बजनिक

काठमाडौं, पुुस २२–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनामा आफूले गर्ने कामको विवरण सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी प्रदान...

प्रचण्डलाई ओलीको जवाफ : सीमाहीन प्रतिवेदन खारेजयोग्य छ

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका...

स्वास्थ्य संकटकालको स्थिति आउनसक्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले आवश्यक परे स्वास्थ्य संकटकाल लगाएर भए पनि कोभिड महामारी नियन्त्रण गर्ने बताएका छन् । त्यसका लागि कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमार्फत कानूनी व्यवस्था गरिएको उनले जनाए । 'गतवर्ष कोभिड नियन्त्रणमा आएको...

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन निजामति कर्मचारी संगठनको माग

विराटनगर, साउन २–नेपाल निजामति कर्मचारी संगठनले कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्