कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित, १ बजे बोलाएको प्रदेश सभा अनिश्चित

 न्यूज विराट
कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित, १ बजे बोलाएको प्रदेश सभा अनिश्चित

विराटनगर । कोशी प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ । आज विहान आठ बजेको लागि बोलाएको कार्यव्यवस्थापन समितिको बैठक स्थगित भएको हो ।
परामर्श समितिका सदस्यहरु बैठकमा सहभागी हुन बैठकस्थलमा पुगेपनि उपसभामुखले अनुपस्थित रहने सूचना दिइसकेका कारण बैठक अगाडि नबढी स्थगित भएको छ।

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा बैठक आज बस्ने – नबस्ने अनिश्चित भएको छ।

उपसभामुख सिर्जना दनुवार सोमबार बिहान काठमाडौं उडेपछि दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्ने – नबस्ने अनिश्चित भएको हो।

‘प्रदेश सभा बैठक के गर्ने भन्नेबारे हामीले कुनै निष्कर्ष निकाल्न सकेनौं। १ बजेअघि फेरि बस्नेगरी बैठकबाट उठेका छौं,’ कोशीमा कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले भने।

मुख्यमन्त्री थापाका पक्षमा बहुमत पुर्‍याउन सत्ता गठबन्धनका दलले यसअघि नै सभामुखलाई राजीनामा दिन लगाएका छन्। सभामुखले राजीनामा दिएपछि उपसभामुख दनुवारले सभामुखको जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ।

दनुवारले बैठक चलाउँदा थापाका पक्षमा विश्वासको मत सजिलै पुग्ने भएकाले उनी सोमबार बिहान काठमाडौं उडेकी हुन्।

उनले बैठक चलाउने जिम्मेवारी कांग्रेसका सांसद इस्राइल मन्सुरीलाई दिएकी छन्।

मन्सुरीले बैठक चलाउँदा थापाका पक्षमा बहुमत पुग्दैन। सत्ता गठबन्धनका नेताहरूले भने आजको बैठक नै नबस्ने बताएका छन्। ‘परिस्थिति हेर्दा अब आज बैठक बस्दैन,’ माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बोले भने।

मुख्यमन्त्री थापाले भदौ १३ गतेसम्म प्रदेश सभाबाट विश्वासको मत लिइसक्नु पर्नेछ।

सम्बन्धित समाचार

जांतेमा रोकिएन खोला दोहन

मोहन भट्टराई पथरी । १ नम्बर प्रदेशका सांसद् उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध खोला उत्खनन् भैरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएको छ । लेटाङ नगरपालिकाभित्र पर्ने तेलीखोला र मोरङ्गी खोलाबाट ढुङ्गा, गिट्टी,...

लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन पार्टी सक्षम छः कोइराला

मोरङ, पस १९–नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको जनाएका छन्। नेपाल तरुण दल क्षेत्र नं ६ मोरङद्वारा शनिवार आयोजित तरुण भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै...

तातोपानी नाकाबाट एकै दिन ४ कन्टेनर स्वास्थ्य सामग्री भित्रियो

स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ । गत साताबाट पुनः सञ्चालनमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै ४ कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ...

प्याब्सन विराट कप, डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा दुई वटा स्कुल सेमिफाइनलमा पुगेका छन् । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा डनबस्को र अर्पण स्कुल सेमिफाइनलमा...

मोरङमा ९५ जनासहित प्रदेश १ मा आज २५५ कोरोना संक्रमित थपिए

विराटनगर, ६ असार । प्रदेश १ मा आज २५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९५, झापामा ७१, सुनसरीमा ४५, संखुवासभामा १३, इलाममा १०, उदयपुरमा ५, ते¥हथुममा ४, खोटाङमा २, पाँचथर र धनकुटामा १–१...

मोरङ प्रहरीलाई सफलता, चोरीको ३६ केजी चाँदी भारत बेच्न लैजादा तीन जना प्रहरीको फन्दामा

विराटनगर । मोरङ प्रहरीले ३६ केजी चाँदी सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ...

रतुवामाईमा जुवा खालबाट कांग्रेस नेता दिपक श्रेष्ठसहित एक दर्जन जुवाडे पक्राउ

विराटनगर, ८ कात्तिक । मोरङको रतुवामाई नगरपालिकाबाट नेपाली कांग्रेसका स्थानीय नेतासहित एक दर्जन जुवाडे पक्राउ परेका छन् । गत कात्तिक ४ गते सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै जुवा खालमा जुवा खेलीरहेको अवस्थामा...

पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा ४५५ महिलाको स्क्रिनिङ

दुहबी । दुहबी नगरपालिका र करुणा फाउन्डेसन नेपालको संयुक्त आयोजनामा दुहबी वडा नं. १२ मा सम्पन्न पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार शिविरमा कुल १४२ जना महिलाको स्क्रिनिङ गरिएको छ। जसमध्ये २ जना महिलामा भिआए...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्