
भारत लैजान लागेको तीन जना किशोरीको उद्धार
विराटनगर । आकर्षक तलब र सेवा सुविधा दिने भन्दै दलालको फन्दामा परी भारत लैजान लागेको तीन जना किशोरीको उद्धार गरिएको छ । प्रहरी र साना हात नामक संस्थाले नेपाल –भारत सीमा क्षेत्रबाट तीन जना किशोरीको...
विराटनगर । व्यवस्थापन शिक्षामा राष्ट्रिय पहिचान बनाएर देशभरीमै सधै टप १० मा पर्दै आएको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको परीक्षामा मेरील्याण्ड कलेजका विद्यार्थीले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ९५.३७ प्रतिशत ल्याउन सफल भएको कलेजले जनाएको छ ।
१२ को परीक्षामा ए प्लस (३.६१–४ ) जीपीए ५६ जना, ए (३.२१–३.६०) जीपीए ल्याउने ३२१ जना, बी प्लस (२.८१–३.२०) जीपीए २३२ जना र बी (२.४१–२.८०) जीपीए ल्याएर उत्तिर्ण भएका १८७ जना विद्यार्थी रहेको मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
राष्ट्रिय परिक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा जम्मा देशभरिमै ५१ प्रतिशत विद्यार्थी मात्र उतिर्ण भएका थिए। काठमाण्डौ भ्याली बाहिर सम्भवत मेरिल्याण्डको रिजल्ट मात्रै उत्कृष्ट आएको मेरिल्याण्डका प्रिन्सीपल लक्ष्मण ढकाल दाबी गर्छन। यो परिणाम विद्यार्थीको मेहनत, शिक्षक को लगनशीलता, अभिभावको आफ्नो छोरा छोरी प्रतिको चासो र ब्यवस्थापनको अथक मेहनतबाट संभव भएको कलेजका अध्यक्ष गुणराज ढुंगेल बताए । मेरिल्याण्ड कलेज विगत २० वर्ष देखि देश भरिका आठ हजार भन्दा बढी कलेजहरूमध्ये सधैँ टप टेन मा पर्दै आएको छ ।
खोटाङबाट मेरिल्याण्ड पढन आएका प्रजुल आचार्य ३.६७ जीपी ए प्लस ल्याएकोमा निकै खुशी भए । ‘खोटाङको एउटा सानो गाउँबाट बिराटनगर पढन आए । यहाँ आएपछि मेरिल्याण्ड पढे । मेरो गुणस्तर एकदमै माथि उठाउन गरेको योगदान प्रति जिन्दगीभर मेरिल्याण्ड प्रति आभारी छु,’ उनले भने, ‘अब म संसारको कुनै पनि कुनामा गएर आफ्नो बाँकी अध्ययन र रोजगारी पाउन सक्षम छु । त्यो मलाई मेरिल्याण्डले बनाएको हो । यहाँ सरहरूले पढाउने मात्र नभई दैनिक नैतिक शिक्षा पनि दिनुहुन्छ । त्यसैले हामी विद्यार्थीलाई जिवन भोगाइमा ठुलो परिवर्तन ल्याएको छ ।’
त्यस्तै राष्ट्रिय वाणिज्य वैक रानी साखा बिराटनगरमा कार्यरत अभिभावक लिना यादवले आफ्नो छोरी दिक्षा यादवले छात्रा मध्येबाट सर्बाधिक ३.७९ जीपीए ल्याउन सफल भएकोमा आफु धेरै खुशी भएको बताइन् । मेरिल्याण्ड कलेजका छात्रा दिया अग्रवालले गत बर्ष ३. ९६ जीपीए ल्याई नेपाल प्रथम हुन सफल भएकी थिइन । मेरिल्याण्डको प्लस टुको अलावा बिबिएस तहमा पनि उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । किन्जल पोख्रेल, सिम्रन अग्रवाल, रोहीत कार्की आदि मेरिल्याण्डका उत्कृष्ट रिजल्ट ल्याउने नेपाल टपर विद्यार्थीहरु हुन् ।
मेरिल्याण्डको राम्रो रिजल्ट आउनुमा विद्यार्थीहरुलाई वर्षभरिनै निः शुल्क कोचिंगको ब्यबस्था, क्लोज सुपरभीजन, वार्षिक शैक्षिक क्यालेण्डर, स्टुडेन्ट फ्रेन्डली कक्षाकोठा , आदि रहेको कलेजका डाईरेक्टर तथा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेल बताए । व्यवस्थापन संकायमात्र पठनपाठन गरी अब्बल शैक्षिक संस्थाको रुपमा देशभरीमै मेरील्याण्डले छुट्टै पहिचान बनाउन सफल भएको छ ।
विराटनगर । आकर्षक तलब र सेवा सुविधा दिने भन्दै दलालको फन्दामा परी भारत लैजान लागेको तीन जना किशोरीको उद्धार गरिएको छ । प्रहरी र साना हात नामक संस्थाले नेपाल –भारत सीमा क्षेत्रबाट तीन जना किशोरीको...
विराटनगर, असार १-प्रदेश १ ले ४० अर्ब ८० करोडको बजेट विनियोजन गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङबोले सोमबार प्रदेशसभामा चालू वर्षको तुलनामा करिब २ अर्ब बजेट घटाएर प्रस्तुत गरेका हुन् ।...
विराटनगर, ५ वैशाख-प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा समाभुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाएको हिउँदे अधिवेशन अन्त्यको पत्र पढेर सुनाएसँगै हिउँदे अधिवेशन अन्त्यको भएको...
विराटनगर, १५ असार-मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका...
विराटनगर । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् । मंगलबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व नेपाली र पोर्तेललाई पुरस्कृत गरेको...
एजेन्सी, २८ माघ । कोरोना भाइरसबाट विश्वभरी संक्रमित भएकाहरूको संख्यामा १७ प्रतिशतले कमी आएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिएको जानकारीअनुसार पछिल्लो हप्ताको विवरणमा संक्रमितको संख्या घट्दै गएको देखिएको हो । पछिल्लो हप्तामा ३१...
विराटनगर । कटहरी गाउँपालिकाले शिक्षा, कृषि, उद्योग र पूर्वाधारलाई मुख्य प्राथामिकतामा राखेर आगमी आर्थिक वर्ष २०८१÷०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले ७२ बुद्धे आगमी आर्थिक वर्षको नीति...
गण्डकी प्रदेशसभा बैठक एमालेले अवरोध गरेको छ । मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो । `बैठकमा मन्त्री आउनुपर्ने थियो । तर, एक जना पनि हुनुभएन । त्यसैले...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.