ओलम्पिक डेमा एभरेष्टमा पौडी प्रतियोगिता, दावालाई तीन विधामा मेडल
शनिबार, ०२ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । मोरङ जिल्ला पौडी संघले आयोजना गरेको स्वीमिङ प्रतियोगितामा दावा तामाङले तीन विधामा मेडल जितेका छन् ।
ओलम्पिक डे को अवसरमा संघले एभरेष्ट स्कुल विराटनगरमा– १५ मिटरदेखि आठ सय मिटरसम्मको विभिन्न स्पर्धा गराएको हो । प्रतियोगितामा एभरेष्ट स्कुलको कक्षा– ७ मा अध्ययनरत दावाले ५० मिटर ब्याक स्टोकमा प्रथम, ५० मिटरको बे्रष्ट स्टोकमा दोस्रो र १०० मिटर फ्रि स्टाइलमा तेस्रो मेडल जितेका हुन् ।
८०० मिटर पुरुष फ्रि स्टाइल प्रतियोगितामा साइरस मिश्रले प्रथम मेडल जित्दा इमोन लामाले दोस्रो, क्षितिज चौधरीले तेस्रो स्थानको मेडल प्राप्त गरे । ५० मिटर पुरुष ब्रेष्ट स्टोकमा हर्सित सिंह प्रथम, दावा तामाङ दोस्रो, सुज्ञान कोइराला तेस्रो भए । ५० मिटर कै ब्याक स्टोकमा दावा तामाङ प्रथम हर्सिभ राठी दोस्रो र सुज्ञान कोइराला तेस्रो भए ।
१०० मिटर फ्रि स्टाइलमा रोजित श्रेष्ठ प्रथम, पर्शु श्रेष्ठ दोस्रो र दावा तामाङ तेस्रो भए । ५० मिटर फ्रि स्टाइलमा इमोन लामा प्रथम, पर्शु श्रेष्ठ दोस्रो, क्षितिज चौधरी तेस्रो भए । २५ मिटर पुरुष फ्रि स्टाइलमा आरध्य पाण्डे प्रथम, आरभ थापा दोस्रो र आरोग्य श्रेष्ठ तेस्रो भए । महिला तर्फको २५ मिटर फ्रि स्टाइलमा युदेन लामा प्रथम, श्रीयंशी गिरी दोस्रो र आरुसी बाराकोटी तेस्रो भए । पुरुष तर्फ जुनियर ५० मिटर फ्रि स्टाइल सिद्धार्थ तामाङ प्रथम, अजित चौधरी दोस्रो, पवन भट्टराई तेस्रो भए । १५ मिटर फ्रि स्टाइल आश्रय भण्डारी प्रथम, आरभ घिमिरे दोस्रो, अनुभव दाहाल तेस्रो भए ।
प्रतियोगिताका बिजेतालाई एभरेष्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरीले प्रमाणपत्र तथा मेडल प्रदान गरे । प्रतियोगिताका प्रमुख अतिथि समेत रहेका पुरीले पौडी खेलको विकासका लागि एभरेष्ट स्कुलले स्वीमिङ पुल निर्माण गरी विद्यालय तहदेखि खेलाडी उत्पादनको प्रयत्न गरिरहेको बताए । ‘विराटनगरको मात्र नभई कोशी प्रदेशमा स्वीमिङ खेलको विकासका लागि अन्तर्राष्ट्रिय मापदण्डको स्वीमिङ पुल निर्माण गरेका छौं,’ उनले भने, ‘विद्यालय तहबाट खेलाडी उत्पादनमा योगदान गरेका छौं, केही वर्ष भित्र विराटनगरले राष्ट्रियस्तरमा गोल्ड मेडल ल्याउन सक्छन् ।’ २०२३ को ओलम्पिक डे को अवसरमा आयोजित प्रतियोगितामा एभरेष्ट स्कुल–कलेजका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रम संयोजक कोशी प्रदेश पौडी प्रमुख प्रशिक्षक इन्द्रजित राजभण्डारीले जानकारी दिए ।
चितवन, १ चैत-लकडाउनसँगै बजार नपाएपछि त्यहाँ लगाइएका ग्याडुलस र गोदावरी फूल सुकेर जान थालेका छन् ।लकडाउनका कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभासमारोह पनि भएका छैनन् । फूलको मुख्य बजार राजधानी काठमाडौँ हो । त्यहाँ...
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिनियरका आधारमा प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन डा. दीपक सिग्देलसहित पाँच जनालाई ११ तह अर्थात सह सचिवमा बढुुवा गर्ने भएको छ । ११ तहका चिकित्सक स्वास्थ्यका प्रमुख खम्बा हुन् ।...
पथरी, जेठ २०–‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनौँ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’ यस्तो समस्या एकजना एम्बुलेन्स...
काठमाडौं, ३ असोज-संविधान दिवसका उपलक्ष्यमा विश्वका २९ मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश दिएका छन् । अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा,...
काठमाडौं, माघ २३। प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आईतबार साँझ सत्ता गठबन्धनका नेता पुष्पकमल दाहालसहित...
वीरगञ्ज, १७ वैशाख-नेपालमा बुधबार थप ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका २ र पर्साका १ जनामा नतिजा पोजिटिभ देखिएको हो । आज कोरोना पोजिटिभ देखिएका संक्रमित भारतको दिल्लीमा...
विराटनगर । हाम्रो संयुक्त निजि चालक संघ मोरङ्गको बार्षिक उत्सवको अवसर पारेर विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चालक संघले विराटनगर महानगरपालिका अगाडि आज विहान खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । संघले...
काठमाडौं, २४ कात्तिक-कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा सुरु गरेको छ ।मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी सो सेवा सुरु गरेको मन्त्रालयका...