विश्वासको मत पाउँछु : मुख्यमन्त्री थापा

 न्यूज विराट
विश्वासको मत पाउँछु : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउने दाबी गरेका छन् । प्रदेशसभाको बैठक पछि शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ सङ्ख्या छ । बहुमत ४७ नै हो मैले विश्वासको मत पाउँछु,’ उनले भने, ‘मैले मागेको समयमा एक दिन पछि सारिएको विषय सल्लाहमै भएको हो ।’

प्रतिपक्षी दलहरूले सरकारले विश्वासको वातावरण बनाएन भनेर भनिरहेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने विश्वासको मत लिने दिनसम्ममा आफूले छलफल गर्ने बताए । ‘विश्वासको मत लिने वातावरण बनाउन कै लागि भदौ ४ गतेसम्मको समय लिएको हुँ,’ थापाले भने ।

उनले उपसभामुखले राजीनामा दिएर अप्ठ्यारो परिस्थिति सिर्जना हुने अवस्था भए त्यसबेला अर्को विकल्पमा जाने पनि बताए । यद्यपि त्यस्तो अवस्था सिर्जना नहुने उनले बताए । ‘उहाँहरूबाट पनि स्पष्ट कुरा आएको छ । प्रदेशमा गठबन्धनको सरकार भन्दा पनि सहमतीय सरकार बनाएर जानुपर्छ भन्ने उहाँहरूको कुरा हो । प्रदेशभित्रको राजनीतिलाई स्थिरता बनाएर जाने भन्ने हाम्रो कुरा हो । यदि त्यो गर्न सकेनौँ भने प्रदेशका माननीयहरूको आयु घट्ने देखिन्छ । त्यसकारण प्रदेशको स्थिरता र विकासका लागि सहमति, सहकार्य गरेर नै अगाडि बढ्नुपर्छ । दलहरुबीचको एकता नै अहिलेको आवश्यकता हो,’ थापाले भने ।

अर्को प्रसङ्गमा उनले प्रदेशमा बजेट शून्यतामा नजाने बताए । ‘बजेट होलिडे हुने अवस्थाबारे सांसदले चिन्ता गर्नु स्वाभाविक हो । १० गतेभित्र हामीले प्रतिस्थापन विधेयक ल्याउनु पर्नेछ । हामी दलहरुबीचमा छलफल छ । प्रतिपक्षी दलहरूसहित छलफल गरेर हामी अगाडि बढ्छौँ । त्यो अवस्था आउन हामी दिँदैनौँ,’ थापाले भने ।

सम्बन्धित समाचार

बङ्गलादेशमा डुङ्गा दुर्घटना हुँदा २३ जनाको मृत्यु

एजेन्सी, असार १५-बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान  भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ...

इटहरी उपमहानगरपालिका क्षेत्र सिल

विराटनगर, ६ जेठ-इटहरी उपमहानगरपालिका-२ मा १८ वर्षीय १ युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि इटहरी उपमहानगरले ५ दिन उपमहानगरक्षेत्र सिल गर्ने निर्णय गरेको छ । इटहरीमा संक्रमण पुष्टि भएलगत्तै सुरक्षा अधिकारीसहितको विपद् व्यवस्थापन समितिको आकस्मिक...

नेपालमै कोरोनाको औषधि बनाइएको डा. दासको दाबी

हेटाैँडा, १७ वैशाख-कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवर्द्धक जडीबुटीको...

टिभिएसको एक्सचेन्ज मेलामा दश लाख जित्ने पाण्डेलाई नगर परिक्रमा

विराटनगर । विराटनगर मुनाल पथ स्थित पन्जाबी पेट्रोल पम्प अगाडी भएको टिभिएसको ग्राण्ड एक्सचेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दश लाख नगद जितेका पाण्डेलाई नगर परिक्रमा गराएको छ । टिभिएसको मोटरसाइकलमा राखेर पाण्डेलाई नगर...

तेली कल्याण समाजद्धारा रक्तदान, ५१ पिन्ट रगत संकलन

विराटनगर । तेली कल्याण समाज नेपालले विराटनगरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान सहित विराटनगरस्थित सेन्टर मल अगाडी खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।दुई चरणमा गरिएको सो कार्यक्रमको पहिलो...

सबै सुरक्षा अंग ‘हाई अलर्ट’मा

कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ...

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना पक्राउ

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला...

आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

विराटनगर । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो । बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्