काेशी नाम सच्याएर बहुपहिचानसहितकाे नाम राख्न माओवादीकाे माग
बिहिबार, ३२ साउन, २०८०,
न्यूज विराट
विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश समितिकाे पाँचौं बैठकले प्रदेशकाे नाम खारेज गर्दै बहुपहिचानकाे आधारमा राख्न माग गरेकाे छ । साउन ३१ गते विराटनगरमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
निर्णय सार्वजनिक गर्दै प्रदेश समितिका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्साेले पार्टी र संसदीय दलले गरेको कमजोरी प्रति गम्भीर समीक्षा र आलोचना सहित १. नं. प्रदेशको नाम वहुपहिचानको आधारमा पुनः नामाङ्कन गर्न माओवादी पार्टी प्रतिबद्ध रहेकाे बताए ।
उनले पार्टी संगठनलाई थप सुदृढ गर्न केन्द्रीय योजनामा ३ महिने अभियान अन्तर्गत भाद्र १६ गते एकै दिन प्रदेशका ११५७ वटै वडामा अभियान उद्घाटन गर्ने गरि कार्यविभाजन गरिएको बताए ।
माओवादीले प्रदेशकम विभिन्न स्थानमा गएकाे बाढी पहिरो र उदयपुरको बेलकामा कोशी कटानले जनधनको ठुलो क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरूलाई आवश्यक उध्दार, राहत र पुनस्थापना गर्न नेपाल सर सरकारलाई अनुराेध गरेकाे छ । माओवादीले सुनसरीको धरान, इटहरी र झापाको दमक, बिर्तामोड नगरपालिका लगायत विभिन्न सहरहरूमा फैलिरहेको डेंगी रोगकाे नियन्त्रणकाे लागि प्रभावकारी कदम चाल्न पनि माग गरेकाे छ । यस्तै पशु चौपयामा देखा परिरहेको लम्पी स्किन रोगको कारण पशुपालक किसानहरूले ठूलो क्षति व्यहोर्नु परिरहेको र क्षतिपूर्तिकाे दिन पनि माग गरेकाे छ ।
विराटनगर । प्रेस युनियन मोरङका सचिव तथा नेपाल पत्रकार महासंघ मोरङका जिल्ला कार्यसमिति सदस्य गोपाल पोखरेल सम्मानित भएका छन् । लिवर्टी नेपालको सातौं वार्षीक सधारणसभा तथा दशैंको सुभकामना आदानप्रदान कार्यक्रमका पोखरेले सम्मानित भएका हुन् ।सम्मानित...
विराटनगर । मोरङ क्षेत्र नं. ४(१) प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका गुरुप्रसाद घिमिरेले सुरुवाती अग्रगता कायम गरेका छन् । प्रदेशतर्फ २ हजार १ सय ३९ मत गणना हुँदा घिमिरेले ९ सय ७ मत ल्याएका छन् ।...
एजेन्सी, जेठ ६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै कोरोना भाइरसबाट जोगिनका लागि भन्दै हाइड्रोक्लोरोक्विन औषधि सेवन गर्न थालेका छन् । हालसम्म वैज्ञानिकहरुले यो औषधि कोरोना भाइरसका लागि प्रभावकारी नहुने र गम्भीर साइड इफेक्ट हुनसक्ने बताइरहेका बेला...
काठमाडौं, २३ जेठ-लकडाउनको समयमा अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ । मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्रीवितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसकेको अवस्थामा त्यसलाई अवरोध गर्नेलाई...
विराटनगर । बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा भएको कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । मोरङले आइतबार भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै...
बाँके, २८ जेठ-बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा भर्ना भएकी अछामकी कोरोना संक्रमित महिलाको शल्यक्रिया सफल भएको छ । अछामको बयलपाटा अस्पतालमा उपचार असम्भव भएपछि सोमबार हेलिकोप्टरमार्फत कोहलपुरस्थित शिक्षण अस्पतालमा ल्याएर भर्ना गरिएकी २५ वर्षीया गर्भवती महिलाको...
बुटवल, १ वैशाख-भारतसँग सिमाना जोडिएको रुपन्देही जिल्लामा लुकीछिपी आवतजावत रोक्ने सीमा क्षेत्रमा उच्च निगरानी बढाइएको छ ।पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला सिमाबाट हुन सक्ने लुकिछिपी आवतजावतलाई कम गर्न उच्च निगरानी राखिएको...
झापा, जेठ ७-सांसद राजेन्द्र लिङ्देलले गृहजिल्ला झापाको कचनवलमा कोरोना संक्रमित पुष्टि भएपछि सावधानी अपनाउन आग्रह गरेका छन् । झापा–३ बाट निर्वाचित लिङ्देलले संक्रमित बढे पनि नआत्तिन र सावधानी अपनाउन आग्रह गरेका हुन् । ‘ज्यालामजदुरीका सन्दर्भमा...