विराटनगरमा दिनदहाडै युवामाथि तरबार प्रहार गर्ने दुई जना पक्राउ, ६ जना अझै फरार

 न्यूज विराट
विराटनगरमा दिनदहाडै युवामाथि तरबार प्रहार गर्ने दुई जना पक्राउ, ६ जना अझै फरार

विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – ८ का २२ वर्षीय समीर हुसेन र विराटनगर – ६ का २४ वर्षीय अशोक अन्सारी रहेका छन् ।

प्रहरीले उनीहरुलाई भारतबाट पक्राउ गरेर ल्याएको हो । उनीहरुलाई प्रहरीले बुधबार बिहानका राति २ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । पक्राउ परेका मध्ये समिर घटनका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो रातो पल्सर मोटरसाइकलमा तीन जना चढेर विराटनगर–८ का २२ वर्षीय महमद हलिमलाई तरबार प्रहार गरेका थिए । समिरले बोकेको तरबारले हलिमलाई प्रहार गरेका थिए । तरबार प्रहारबाट हलिम गम्भीर घाइते भएका थिए । दुवै हातमा गहिरो चोट लागेका उनको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा आठजनाको संलग्नता देखिएको छ । फरार रहेका छजनाको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका छन् । घटनामा संलग्नको खोजीमा कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि टोली खटाएको छ ।

घटनामा प्रयोग गरिएको तरबार भने प्रहरीले यसअघि नै बरामद गरिसकेको छ । हलिममाथि आक्रमण गरेपछि तरबार झाडीमा फालेर घटनामा संलग्नहरु भागेका थिए । पुरानै रिसईबीका कारण हलिममाथि तरबार हानिएको हुनसक्ने प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

माधव नेपालको बेहाल, नवौं महाधिवेशनबाट निर्वाचित सवै पदाधिकारीले छाडे साथ

काठमाडौं, भदौ २ । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका हस्तीहरुले आजबाट औपचारिक रुपमा साथ छाडेका छन । नवौं महाधिवेशनदेखि नेकपाकाल हुँदै आजसम्म माधव नेपाललाई साथ दिँदै आउनु भएका एमालेका पदाधिकारी तथा स्थायी कमिटी...

विराटनगरमा ३३ सहित प्रदेश १ मा ९५ संक्रमित थपिए

विराटनगर, १८ भदौ-प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २÷२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक...

प्रधानमन्त्री ओली फेरि शीतल निवासमा

काठमाडौं, ३ मंसिर-प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नेकपा सचिवालय बैठक बस्नु केही समयअघि प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । प्रधानमन्त्रीले मंगलबार साँझ पनि राष्ट्रपतिलाई भेटेका थिए...

भारतको औद्योगिक उत्पादनमा व्यापक गिरावट

एजेन्सी, बैशाख २२-कोरोना भाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ । लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठान बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो...

निजी पेट्रोल पम्पलाई हप्तामा १ पटक मात्र आपूर्ति

काठमाडौं, ४ वैशाख-लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा १ पटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ । पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट...

धानपालथान–५ का ३०२ परिवारलाई ‘ब्ल्यांकेट’ वितरण

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ का तीय सय बढी परिवारलाई बढ्दो चिसोबाट बच्नका लागि ‘ब्ल्यांकेट’ वितरण गरिएको छ । धनपालथान गाउँपालिकाको ५ नम्बर वडा कार्यालयले ३०२ जना अपाङता भएका व्यक्ती, सुत्केरी, ज्येष्ठ नागरीक एवम् अतिविपन्न...

संवैधानिक नियुक्ति विवादः सभामुख सापकाेटाकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

संवैधानिक निकायमा पदाधिकारी नियुक्तिविरुद्ध सभामुख अग्नि सापकाेटाले दिएकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलासले संवैधानिक आयोगको नियुक्तिबारे परेको मुद्दामा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयसहित विपक्षीका...

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा, २३ भदौ-वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।  वीरगञ्ज हेल्थकेयर अस्पतालका अनुसार महागढीमाई नगरपालिका- १० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । गत १४ साउनमा स्वाब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्